सिराहामा स्थानीयले विद्युतको पोलमा बाँधेर कुटेपछि सैनिक जवानको मृत्यु

सिराहा । सिरहामा स्थानीयकाे कुटपिटबाट एक सैनिक जवानको मृत्यु भएको छ। स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहाईको उपचारको क्रममा मृत्यु भएको हो।

नेपाली सेनामा सैनिक जवानको पदमा दरबन्दी रहेका उनी संखुवासभा पोष्टिङमा थिए। एक महिने घरविदामा आएका थिए। वैशाख २८ गते शनिवार राती कुटपिटबाट गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा जेठ १ गते दिउँसो काठमाडौको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

वडाका तेनुवापट्टी गाउँका विरेक्षण यादब घरमा चोरीको आरोपमा उनलाइ बिजुली पोलमा बाँधेर कुटपिट गरेपछि मृत्यु भएको ईलाका प्रहरी कार्यालय पतारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।

प्रहरीलाई खबर गरे पनि प्रहरी समयमा नपुगेको र पुगेपछि पनि मुकदर्शक भएको पीडित पक्षले आरोप लगाएका छन्। उनीहरुले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै बिहीबार सिरहाको सुखीपुर बरियारपट्टी सडक खण्ड बिहान ९ बजे देखि साँझ ७ बजेसम्म अवरुद्ध पारेका थिए।

प्रहरी र स्थानीय बीच ३ बुँदे सहमति भएपछि सडक अवरोध खुला गरिएको छ।

Loading...