पहिरोले गाउँपालिका कार्यालयसँगै तीन घर र एक महिलालाई पुर्यो

रोल्पा, १९ जेठ । रोल्पाको एक गाउँपालिकाको कार्यालय पहिरोले पुरिनुका साथै एक जनाको ज्यान गएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण रोल्पाको लुग्री गाउँपालिकाको कार्यालय पहिरोले पुरिएको हो । पहिरोले तीन वटा घरमा क्षति पु¥याउनुका साथै २ वटा मोटरसाइकल पनि पुरेको छ । केहीदिन यता दिनमा केही घन्टा ठूलो पानी गरेको छ । […]

७ कक्षा पढिरहेको छोरोलाई अचानक अनौठो रोग लागेपछि सबै गुमाएकी मन्जुको सहयोगका लागि अपील

काठमाडौं । अनौठो रोगबाट पीडित छोराको उपचारका लागि भन्दै एक आमाले आर्थिक सहयोगका लागि अपिल गरेकी छन् । कालिकोटको रास्कोट नगरपालिका वडा नं.८ निवासी मन्जु धमलाले अनौठो रोगबाट पीडित छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग आग्रह गरेको हुन । आर्थिक अवस्था कमजोर भएका कारण १२ वर्षिया छोरा विवेक धमलाको मन्जुले उपचार गर्न सकेकी छैनन […]

प्रदेश नं ५ मा औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक

काठमाडौ १७ जेठ । प्रदेश ५ मा औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक भएको छ। कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी पाइएका हुन्। प्रदेश ५ को सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो रोगसम्बन्धी अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक […]

पथलैयामा यात्रुबाहक बसमा लुटपाट

वीरगञ्ज । बाराको पथलैया निजगढ सडकखण्डमा काठमाडौँ जाँदै गरेको एक यात्रुबाहक बसमा शुक्रबार बिहान लुटपाट भएको छ । जलेश्वरबाट काठमाडौँ गइरहेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बसमा लुटेराहरुको एक समूहले बिहान ३ बजेतिर लुटपाट गरेको हो । पथलैया निजगढ सडकखण्ड अन्तर्गत गढीमाई जानेबाटो नजिकै मोटरसाइकल चढेर आएको ४÷५ जनाको समूहले बसमा लुटपाट गरेको ईलाका […]

गर्मीका कारण घरको छतमा सुतेका डिसीको राति खसेर मृत्यु

दाङ । दाङमा एक जनाको घरको छतबाट खसेर मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुर सञ्चार टोल निवासी ३३ वर्षीय किशोर डिसीको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । अत्याधिक गर्मी भएका कारण डिसी घरको छतमा सुत्दै आएका थिए । बेलुका खाना खाएर छतमा सुत्न गएका […]

धुर्मुस सुन्तलीले बनाउने थालेको रंगशालाको बार डोजर लगाएर भत्काउने १६ पक्राउ

चितवन, १५ जेठ । धुर्मुस सुन्तली फाउन्डेशनकाे पहलमा चितवनमा बन्न लागेकाे गाैतमबुद्ध अन्तरराष्ट्रिय क्रकेट रंगशालाकाे बार भत्काउनेहरु पक्राउ परेका छन् । चितवन प्रहरीले बार भत्काउन सम्लग्न रहेका १६ जनालाइ पक्राउ गरेकाे हाे । रंगशाला निर्माणस्थलमा सुरक्षाका लागि लगाइएको जस्तापाता सहितको बार बुधबार बिहान डाेजर प्रयाेग गरेर भत्काइएकाे थियाे । करिव १ किलाेमिटर बार डाेजर भत्काएपछि […]

यार्सागुम्बा संकलन गर्न डोल्पाका पाटनमा पुगे हजारौ मानिस, प्रवेश शुल्कबाटै उठ्यो २ करोड राजश्व

काठमाडाैँ, १५ जेठ । यस सिजन बहुमुल्य जडिबुटी यार्सागुम्बाकाे संकलन सुरु भएकाे छ । सिजन सुरु भएसँगै डाेल्पासँगै विभिन्न हिमाली जिल्लाका लेकहरुमा मानिसहरु पुगेका छन् । यसैबीच डोल्पाका पाटनमा पनि हजाराै मानिस पुगेका छन् । मंगलबारदेखि यार्सागुम्बा संकलनका लागि खुला गरिएपछि डाेल्पा र छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु त्यस क्षेत्रमा पुगेका हुन् । डाेल्पाकाे प्यारी गुफा, […]

राजधानीभित्रै विद्युत ट्रान्सफरमा अड्किएर पहिलो पटक चितुवा मर्यो

काठमाडौं । काठामाडाैैमै विद्युत ट्रान्सफरमा अड्किएर एक चितुवाकाे मृत्यु भएकाे छ । काठमाडाैकाे कागेश्वरी मनहरा नगरपालिकाकाे वार्ड नं.१ स्थित गागलफेदी गाउँमा रहेकाे विद्युत् ट्रान्सफरमरमा चितुवाको मृत्यु भएको हाे। वन्यजन्तु संरक्षणमा काम गर्ने विज्ञहरुले याे घटना अनौठो र नौलो भएको बताएका छन् । सहरकाे विद्युत ट्रान्सफरमरमै चढेर चितुवा मरेकाे यस्ताे घटना अहिलेसम्म घटेकाे थिएन । यसरी […]

भोजपुरमा घट्यो अर्को क्रूर घटना, अचानोमा राखेर तीन वर्षको छोरालाई खुकुरीले हत्या गर्ने सम्झना पक्राउ

भोजपुर । भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको […]

हरिहरपुरगढीबाट सिन्धुलीगढी जोड्न नयाँ पदमार्ग अभियान

सिन्धुली । तेह्रौं सताब्दीमा बनेको हरिहरपुरगढी ओझेलमा छ । चौधौं शताब्दीमा बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ । अब यी दुई स्थल पदमार्गले जोडिने भएका छन् । यी दुवै स्थललाई जोडेर प्रबर्धन गर्न पहल गरेको छ समृद्ध सिन्धुली अभियानले । अभियानले हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोड्ने पदमार्गको अध्ययन पूरा गरेको […]