१९ वर्षीय म्यादी प्रहरी पूजा धामीले गरिन् आत्महत्या

कञ्‍चनपुर । मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अस्थायी सुरक्षाकर्मीको भूमिका खेलेकी एक जना म्यादी प्रहरीले सोमबार आत्महत्या गरेकी छन् । कञ्‍चनपुर झलारी-१० घर भएकी १९ वर्षीय युवती पूजा धामीले सोमबार घरमै विष सेवन गरेर आत्महत्या गरेकी छन्। पूजाले घरमा कोही नभएको मौका छोपी विष सेवन गरेको बताइएको छ । उनले विष सेवन गरेको […]

नेपालको २ करोड ६० लाख रोपनी जमिन बाँझो

काठमाडाैं, ८ पुस । दुई करोड ६० लाख रोपनी जमिन बाँझो रहेकाे पाइएकाे छ । सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमा सीमिति भएको देखिन्छ । सामूहिक, करार र सहकारी खेतीसम्बन्धी ऐन नभएका कारण घोषित अवधारणा लिखितमा मात्रै सीमित हुन गएको हो । भूमिहीन किसानलाई जमिन उपभोग गर्ने दिएर आगामी तीन वर्षभित्र मुलुकलाई […]

तीन करोड रकम पचाउन लुटपाटको नाटक गर्ने यसरी परे प्रहरीको फन्दामा

इलाम, ८ पुस । सदरमुकामको तिल्केनीस्थित सडकमा मंसिर २५ गते राति १० बजेतिर हतियारसहितका युवाले गाडी लुटपाट गरेको सूचना जिल्ला प्रहरी कार्यालयमा पुग्यो। सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले घटनास्थलबाट राति सवा १२ बजेतिर ५ युवालाई पक्राउ गर्‍यो। गाडी लुटिएको पर्सिपल्ट (मंसिर २८ गते) लुटपाट भएको स्थानछेऊमा प्रहरीले तीन तथा पेस्तोलसहित त्यसमा प्रयोग हुने ८ राउन्ड […]

कालिकोटमा झडप, प्रहरीले चलाएको गोली लागेर प्रहरीकै ज्यान गयो, थुप्रै घाइते

कालिकाेट, ७ पुस । कालिकाेटमा प्रहरीले चलाएकाे गाेली लागेर एक जना प्रहरीकै ज्यान गएकाे छ । मृत्यु हुने प्रहरी नेपाल प्रहरीका जागिरे नभइ चुनावका लागि परिचालन गरिएका म्यादी प्रहरी हुन् । सदरमुकाम मान्ममा प्रहरी र प्रतिनिधि सभा र प्रदेश सभाका लागि परिचालन गरिएका म्यादी प्रहरीबीच भएकाे भिडन्तमा परी एक जना म्याद प्रहरीकाे ज्यान गएकाे हाे […]

पूर्वडिआइजी सिलवालविरुद्ध प्रहरीमा जाहेरी दर्ता, सिलवाल भन्छन छिटो छानविन होस्

काठमाडाैं, ६ पुस । ललितपुर १ का नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन विवरण सम्बन्धमा छानबिन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी पेस भएको छ । उनको कार्यसम्पादन मूल्यांकन कागजात किर्ते भएको घटना सम्बन्धमा अनुसन्धान गर्न सर्वोच्चले सरकारको नाममा आदेश दिएपछि बुधबार त्यससम्बन्धी जाहेरी परेको हो । […]

सुपर ग्यास प्लान्टमा भीषण अागलागी, ६ कामदार घाइते, आगो निभाउन गएको बारुण यन्त्र पनि जलेर खरानी

काठमाडौं, ५ पुस । वीरगञ्जस्थित सुपर ग्यासको प्लान्टमा भीषण आगलागी भएको छ। वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्यासको प्लान्टमा बुधबार बिहानदेखि सुरु भएको आगलागीमा कम्तीमा ६ कामदार घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय गण्डक अस्पताल लगिएको छ। आगो नियन्त्रणको प्रयास जारी रहे पनि ग्यास प्लान्टमा ट्यांकरहरू पड्किएको आवाज आएकोले प्रभावकारी बन्न नसकेको वीरगञ्ज […]

जानै लाग्दा कार्यकर्तालार्इ राज्यकोषबाट ८ करोड बाँड्दै देउवा सरकार

Sher Bahadur Deuba

काठमाडाैं, ५ पुस । सरकारले मापदण्डबिनै आर्थिक सहायता वितरण क्रमलाई जारी राख्दै ५ सय २ जनालाई झन्डै ८ करोड रुपैयाँ वितरण गर्न प्रक्रिया अघि बढाएको छ । वाम गठबन्धन नयाँ सरकार गठनको संघारमा पुगेकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यति ठूलो परिमाणमा रकम बाँड्ने तयारी गरेको हो । गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाको निर्देशनमा […]

काठमाडौं महानगरपालिकाले जिल्ला शिक्षालार्इ दियाे यस्तो चेतावनी

काठमाडाैं, ५ पुस । काठमाडौं महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन कार्यान्वयनमा आइसकेकाले आफूखुसी नगर्न जिल्ला शिक्षा कार्यालय काठमाडौंलाई चेतावनी दिएको छ । जिल्ला शिक्षा कार्यालय काठमाडौंले यही पुष १ गते संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनसम्बन्धी सूचना पकाशित गरेपछि महानगरले सो चेतावनी दिएको हो । महानगरले जारी गरेको विज्ञप्तिमा ऐनबमोजिम कामपाभित्रका माध्यमिक तहसम्मका विद्यालयहरुसँग […]

१५ दिनमा इन्धनको मुल्य दुर्इ पटक मुल्य गर्यो निगमले

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले मंसिर २२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएपछि १५ दिनकै अन्तरालमा यो दोस्रोपटक बृद्धि गरेको हो । पेट्रोल, डिजेल र मट्टितेलमा साविक मूल्यमा एक – एक रुपैंयाले बृद्धि गरेको आयल निगमले जनाएको छ । निगमले मंगलबार राती १२ बजेबाट लागू हुने गरी बृद्धि भएको […]

चुनावमा जुटेका नेताहरु राजधानी छिरेपछि गाउँका युवाहरु काम खोज्न भारत लाग्दै

अछाम, ४ पुस । अछामको रामारोशन गाउँपालिकाका सर्पसिंह विक शनिबार पश्चिमी नाका गड्डाचौकी भएर भारत पसे । दसैं–तिहारसँगै खेतीको काम कात्तिकमै सकिए पनि यस पटक चुनावका कारण ढिलोसम्मै घर बसे । नयाँ जनप्रतिनिधि चुनेपछि उनी छिमेकी युवासहित काम खोज्दै फेरि भारत पसेका हुन् । ‘भोट हालेर काम खोज्न हिँड्यौं,’ दिल्ली जान लागेका विकले भने, ‘गहुँ […]