नेपालका विद्यालयमा यसरी लोकप्रिय बन्दैछ चिनियाँ भाषा

काठमाडाैं । काठमाडौं उपत्यका तथा आसपास क्षेत्रका ६० भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाइने गरिएको छ। ती विद्यालयले विद्यार्थीलाई अतिरिक्त भाषाका रूपमा उक्त विषय पढाउने गरेका छन्। काठमाडौंको कलङ्कीमा लर्निङ रियाल्म इन्टरनेशनल (एलआरआई), यूरो स्कुल, अक्षरा स्कुल, वाग्मती स्कुल, जोसेफ स्कुल, वृहस्पति विद्या सदन, त्रियोग हाइस्कुल, ललितपुरस्थित जेम्स स्कुललगायत ६३ विद्यालयमा चिनियाँ भाषा पढाउने […]

मध्यरातमा २ घरमा डकैती गरेर लाखौ लुट्ने तीन पक्राउ, एक घाइते

बर्दिवास, १९ असार । महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले क्रमबद्ध रूपमा दुई घरमा डकैती गरेको छ। गए राति बर्दिवास नगरपालिका वडा न‌ं. ६ र ७ मा पर्ने प्रेमनगरमा सो समूहले १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो। वडा नं. ७ का रामसुनर महतो र वडा नं. ६ को चन्देश्वर महतोको घरमा सो समूहले लुटपाट […]

वडाध्यक्ष जुवाको खालबाट पक्राउ

काठमाडौं । इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। उनीहरुलाई गएराति सुनसरीको दुहवी–१२ बाट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले आज जानकारी दिए। विशेष सुराकीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई आज जिल्ला अदालत इनरुवामा ७ दिनका लागि म्याद थप […]

उडिरहेको विमानबाट एक व्यक्ति अचानक खसेपछि

काठमाडाैं । उडिरहेको विमानबाट खसेर लन्डनमा एक व्यक्तिको मृत्यु भएको छ। ती व्यक्तिको मानव वस्तीमा खसेर मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। लन्डन अवतरण गर्ने अवस्थामा उडिरहेको केन्या एयरवेजको विमानबाट खसेर ती व्यक्तिको मृत्यु भएको जनाइएको छ। केन्याबाट विमानमा लुकेर आएका व्यक्ति विमानबाट खसेको हुनसक्ने आशंका गरिएको छ। अधिकारीहरका अनुसार ती व्यक्ति ल्यान्डिङ पार्ट्समा गएर […]

विद्यार्थी नेता मल्लको मृगौला प्रत्यारोपण सफल

काठमाडौँ । दुबै मृगौला फेल भएर उपचारको प्रक्रियामा रहेका जाजरकोटका युवा नेता कालीबहादुर मल्लको मृगौला प्रत्यरोपण सफल भएको छ । राजधानीको भक्तपुरस्थित मृगौला प्रत्यरोपण केन्द्रमा मल्लको मृगौला प्रत्यारोपण गरिएको हो । डा. पुकार श्रेष्ठसहितको टिमले मल्लको मृगौला प्रत्यारोपण गरेको हो । विद्यार्थी राजनीतिमा स्थापित व्यक्तित्व बनाएका मल्ल एकवर्षदेखि उपचारको क्रममा रहेका थिए । उनकी साहिली […]

दुवइबाट फर्केकै दिन युवति लिएर नयाँ बसपार्कको होटेलमा बसेका युवक मृत फेला

काठमाडौं, १८ असार । काठमाडाैंकाे बालाजुस्थित नयाँ बसपार्क नजिक हाेटेलमा एक युवक मृत फेला परेका छन् । मृत्यु हुने युवक काभ्रेका २६ वर्षीय प्रमाेद गुरुङ हुन । उनी नयाँ बसपार्ककाे शुभकलश गेस्ट हाउसमा बुधबार विहान मृत अवस्थामा फेला परेका हुन् । केही दिन अघि मात्र दुवइबाट नेपाल फर्केका गुरुङ एक युवतीसँगै उक्त हाेटलमा केही दिन […]

दाइजो माग्न ससुराली पुगेका ज्वाइ रुखमा बाँधेर कुटिए

काठमाडाैं । भारत बिहारकाे मुजफ्फरपुर गाउँमा एक ज्वाइलाई दाइजो मागेर सताएको भन्दै ससुराली पक्षले रुखमा बाँधेर कुटपिट गरेका छन् । मुजफ्फरपुरको सुमेरा गाउँमा यो घटना भएको हो । सुमेराका अवधेश कुमारलाई उनको सुसुराली परिवारले गाउँलेको सहयोगमा रुखमा बाँधेर कुटपिट गरेका हुन् । अवधेशले दाइजोको नाममा सधैँ छोरीलाई कुटपिट गर्ने गरेको आरोप उक्त परिवारको छ । […]

बाघको जुँगा उखेलेको आरोपमा एक युवकलाई ५ लाख जरिवाना

बर्दिया, १८ असार । मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन। तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महँगो पर्छ। बर्दिया जिल्ला अदालतले हालै गरेको फैसलामा यसको पुष्टि गरिएको छ । गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ। उनलाई बाघ […]

एसईई ग्रेड सुधारका लागि मौका परीक्षाको तालिका आयो

भक्तपुर, १८ असार । राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसईईकाे पूरक परीक्षाकाे समय तालिका सार्वजनिक गरेको छ। गत साल चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थीका लागि पूरक परीक्षाको समय तालिका सार्वजनिक गरिएको हो। परीक्षा बोर्डले […]

अछाममा सडक भासिएर बस दुर्घटना , १५ जना घाइते

अछाम, १८ असार ।अछाम जिल्लाको साँफेबगर नगरपालिका–२, झकालेमा बुधबार बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परि १५ घाइते भएका छन् । घाइते मध्ये ५ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी अछामले जनाएको छ ।घाइतेहरुको अहिले बयालपाटा अस्पतालमा उपचार भइरहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए। महेन्द्रनगरबाट बाजुराका लागि छुटेको ना७ख २५६४ नम्बरको बस सडकबाट […]