बाढीको कारण त्रियुगा नदीको पुल भत्कियो

गाईघाट, १ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट– कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन थालेको छ । चार दिन लगातारको वर्षा तथा बाढीका कारण त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर र पिलरसँगै निर्माण भएका पर्खाल भत्कन […]

वनमा काम गर्नेलाई एक लाखको राष्ट्रिय पुरस्कार

विराटनगर, १ साउन । मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले देशकै उत्कृष्ट गणेशमान सिंह राष्ट्रिय प्रथम पुरस्कार प्राप्त गरेको छ । पथरी शनिश्चरे नगरपालिका–३ स्थित सो समूह देशभरिकै दुई हजार २०० सामुदायिक वन समूहबाट छनोट भई उत्कृष्ट हुन पुगेको डिभिज वन कार्यालय विराटनगरका प्रमुख विशाल घिमिरेले जानकारी दिए । पुरस्कारको राशि रु एक लाख र […]

अवैध चोरी शिकार गर्ने तीन शिकारी बन्दुकसहित पक्राउ

धम्बोझी, १ साउन ।अवैध चोरी शिकारको आरोपमा तीन पक्राउ परेका छन् । जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको अवस्थामा एकनाले बन्दुकसहित श्यामलाल थारूलाई पक्राउ गरिएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–१० लम्कीफाँटा बस्ने थारूले जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको भन्ने सूचना प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारा […]

अनुगमन गर्दा खानेपानी प्रदूषित भेटियो

चितवन, १ साउन । जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ मा गरेको अनुगमनका क्रममा खानेपानी आयोजनाबाट वितरित पानी प्रदूषित पाइएको हो । कार्यालयले मङ्गलबार यहाँ आयोजना गरेको ‘मेरो वर्ष २०७६ स्वास्थ्य प्रवद्र्धन’ अभियानको सरोकारवालाबीचको अन्तक्र्रिया तथा खानेपानी गुणस्तर सार्वजनिक कार्यक्रममा सो कुराको […]

विपी राजमार्गमा शव बरामद

बर्दिवास, १ साउन । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् । रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले शव बरामद गरेको हो । घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट […]

काठमाडौं महानगरले अब निजी संस्था बनाएर राजधानीको फोहर सङ्कलन गर्ने

काठमाडौँ, १ साउन । काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरूलाई दर्ता गर्ने भएको छ । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो । अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा विसर्जन गर्दै आएका […]

बर्दिवासमा एक व्यक्ति मृत फेला

महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् । रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले शव बरामद गरेको हो । घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट देखिएको छ […]

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएका दुई लाख युवा बेरोजगार

काठमाडौ, १ साउन । सरकारी तथा निजी क्षेत्रबाट मुलुकमा रोजगारी नपाउँदा तालिमप्राप्त जनशक्ति पनि रोजगारीका लागि विदेशिन बाध्य भएका हुन् । तालिम प्राप्त जनशक्ति विदेशिने क्रम बढेपछि सरकारले लिएको समृद्धिको लक्ष्यमा समेत गम्भीर चुनौती सिर्जना हुने देखिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएकामध्ये झण्डै दुई लाख युवा बेरोजगार रहेका छन् । आफ्नो देशमा […]

पौडी खेल्ने क्रममा डुबेर २ को मृत्यु

भोजपुर, १ साउन । भोजपुरमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र २० वर्षीय गेल्बु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिएका छन्। आमचोक गाउँपालिका– २ रहेको पोखरीमा मंगलबार बेलुका पौडी खेल्ने क्रममा डुब्दा उनीहरुको मृत्यु भएको प्रहरीले […]

साउने संक्रान्तिः चाडपर्वको लहर सुरु, आजबाट दक्षिणको यात्रामा सुर्य

काठमाडौँ, १ साउन । नेपाली संस्कृतिमा विशेषगरी दुईवटा संक्रान्तिको विशेष महत्त्व छ, माघे र साउने। साउने संक्रान्तिसँगै नेपालीहरूका अधिकांश चाडपर्व आउने भएकाले पनि नेपाली संस्कृतिमा यसको विशेष महत्त्व छ । निरयण मानअनुसार सूर्य कर्कट राशिमा पुग्ने र दक्षिणायन हुने कारण ज्योतिष तथा धर्मशास्त्रमा यो दिनको विशेष महत्त्व छ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश […]