एकै जिल्लाका २४ सडकमा बाढीले पुर्यायो नराम्रो क्षति

बर्दिवास, २ साउन । एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । जिल्लाका मुख्य ४२ सडकमध्ये २४ मा व्यापक क्षति भएको हुँदा यातायात सञ्चालनमा कठिनाइ परेको छ । […]

मसी होइन, गोली लाग्ने पेनसहित पोखराबाट २४ वर्षिय युवक पक्राउ

कास्की, १ साउन । पेनले लेख्ने कुरा त सबैलाई थाँहा नै छ । तर, हामीले लेख्न प्रयोग गर्ने कलमबाट गोली चलाई अपराध गर्न मिल्छ भन्ने थाँहा नहुन पनि सक्छ । प्रहरीले यस्तै पेन गन सहित १ जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पेनजस्तो देखिने तर बन्दुकको काम गर्न सक्ने पेन […]

तिलोत्तमा नगरपालिका प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा

रुपन्देहीको, १ साउन । तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा गरिएको छ । नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यावसायिक तथा सामाजिक सङ्घ–संस्था, आमा समूह, युवा क्लब, टोल विकास संस्था, सहकारी, वन, विद्यालयका प्रतिनिधिका साथै सरोकारवाला सहभागी कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले आज नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरेका हुन् । उनले सहभागीलाई प्लाष्टिक […]

​बलात्कार नै नहुने बस्ती

जुआ मा र ला त्सुओ जुम्ल्याहा दिदीबहिनी । तिब्बत र सिचुवाँसँग जोडिएको युन्नानको गाउँ काओहाइ । नजिकै लुगु ताल । त्यस भेगमा मोसुओ जातिका करिब ४० हजार चिनियाँ बस्छन् । जुआ मा र ला त्सुओको परिवार ठूलो छ । आह मी ९बज्यै० परिवारकी हर्ताकर्ता हुन् । जुआ र त्सुओलाई आफ्नो बाबुको पत्तो छैन । बज्यै, […]

“खै असार सकियोे, बीउ पनि डढिसकेको छ, पानी भने आउँदैन ।”

काठमाडौं १ साउन । तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन् । ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ । नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन् । कास्की जिल्लासहित समग्र गण्डकी प्रदेशमा पानी पर्याप्त नपर्दा साउन लागिसक्दा हालसम्म जम्मा ६५ प्रतिशत […]

पशुपतिमा भक्तजनको भीड व्यवस्थापनका लागि विशेष तयारी

काठमाडौँ, १ साउन । साउन महीनामा पशुपति आउने भक्तजनको भीड व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले तयारी थालेको छ । साउन महीना शुरु भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड बढ्न थालेकाले लाम व्यवस्थापन, सुरक्षा, जुत्ता तथा चप्पल कक्ष थप गर्नेलगायत तयारी शुरु गरिएको कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । साउनमा भगवान् शिवको महिमाबारे वर्णन […]

प्रेमीकै घरमा गएर युवतीले गरिन आत्महत्या

काठमाडाैं । प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङ असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरको जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् । तर, उनले प्रेमीकै घरको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छन् । प्रहरीले प्रेमी मगरसँगै प्रमिन नगरकोटीलाई नियन्त्रणमा लिएको छ । जेनीलाई आत्महत्या गराउन बाध्य […]

बाढी, पहिरो र डुबान क्षेत्रमा सम्भावित महामारी नियन्त्रण गर्न ध्यानाकर्षण

काठमाडौं १ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले आज जारी एक विज्ञप्तिमार्फत बाढी, पहिरो र डुबान क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई सशक्त एवं गतिशील रुपमा कार्य गर्न […]

पर्यटक लोभ्याउँदै ‘रिमिघा लेक’

पाल्पा , १ साउन । प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको ‘रिमिघा लेक’मा पुगेपछि प्रकृतिसँग नरमाउने सायद कमै होलान् । यसको सुन्दरताले यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याइरहेको हुन्छ । हिमाल र पहाडको मनोरम दृश्य अवलोकन गर्न पाइने र प्राकृतिक सुन्दरताले भरिपूर्ण रिमिघा लेक पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिन थालेको छ । लेकको फेदीसम्म पुग्ने सडक […]

बाढीले व्यस्त रहने त्रियुगा नदीको पुल नै भत्कन थाल्यो

गाईघाट, १ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट– कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन थालेको छ । चार दिन लगातारको वर्षा तथा बाढीका कारण त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर र पिलरसँगै निर्माण भएका पर्खाल भत्कन […]