पौडी खेल्ने क्रममा डुबेर २ को मृत्यु

भोजपुर, १ साउन । भोजपुरमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र २० वर्षीय गेल्बु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिएका छन्।

आमचोक गाउँपालिका– २ रहेको पोखरीमा मंगलबार बेलुका पौडी खेल्ने क्रममा डुब्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरुलाई पोखरीमा डुबेको अबस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

मृतक दुबै जनाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक राजवंशीले जानकारी दिएका छन् ।

Loading...