ससुरा र श्रीमानकै अगाडि बुहारीको कुटपिटबाट सासूको मृत्यु

काठमाडौँ, १ श्रावण। बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीको कुटपिटबाट ६३ वर्षीया माइलीमाया तामाङको मृत्यु भएको हो । घरायसी विवादका क्रममा २४ वर्षीया बुहारी सुन्तली तामाङको कुटपिटबाट माइलीमायाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए ।

गएराती १० बजे बुहारीले लतारपछार र भित्तामा टाउको ठोक्काएको कारण गम्भीर चोट लागेकी उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे मृत्यु भएको थियो । माइलीमायाले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

सुन्तलीले ससुरा र श्रीमानकै अगाडि भित्तामा पटक–पटक टाउको ठोक्काएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सासुको हत्या अभियोगमा सुन्तलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...