बर्दिवास, ६ साउन । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते भएका छन् । साउने सोमबारे मेलाको अवसरमा मन्दिरको दर्शन गरेर फर्कने क्रममा उनीहरू महोत्तरीमा सडक दुर्घटनामा घाइते भएका हुन् । टुटेश्वर मन्दिरबाट बर्दिवास आउने क्रममा पूर्व–पश्चिम राजमार्गको वनक्षेत्रमा भारतीय यात्रु चढेको ना ४ च १०९९ […]
समाज
तिलगङ्गा आँखा प्रतिष्ठानको फड्को, डब्लुएचओ समन्वय केन्द्र मान्यता पायो
काठमाडौँ, ६ साउन । नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रले अन्तरराष्ट्रियस्तरमा ऐतिहासिक फड्को मारेको छ । छोटो अवधिमा तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट ‘डब्लुएचओ समन्वय केन्द्र’को मान्यता प्राप्त गरेसँगै नेपालले आँखाका ती क्षेत्रमा ऐतिहासिक उपलब्धि हात पारेको छ । आँखाका क्षेत्रमा यसरी मान्यता पाउने प्रतिष्ठान पहिलो संस्था […]
मुुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण : गृहमन्त्री थापा
काठमाडौँ, ६ साउन । गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जले आज यहाँ आयोजना गरेको ‘तालीम समापन समारोह’मा उहाँले नेपाल प्रहरीको सङ्घीय संरचनामा साङ्गठानिक स्वरूप बन्न गइरहेकाले सङ्घ र प्रदेशको सम्बन्धलाई सुदृढ बनाएर मुलुकको सुरक्षा थप बलियो बनाउन जरुरी रहेको बताए । […]
आफ्नै आमाको सहयोगमा यौन शोषणमा परेकी १२ वर्षीया किशोरीको पीडा
गौशाला, ६ साउन । आफ्नै आमाले एक किशोरीलाई १७ दिनसम्म यौन शोषण गराएको पाइएको छ । महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनको आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आफ्नै आमाको सहयोगमा स्थानीयवासी ४० वर्षीय सीयाराम महतोले […]
बुद्धचित्तको दानासहित सूर्यविनायकबाट ४ जना समातिए
भक्तपुर, ६ साउन । सूर्यविनायकमा अवैध बुद्धचित्तको दानासहित ४ जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-८ मा गाडी चेकजाँच गर्नेक्रममा बा.२ ज ५२२३ नम्बरको ट्याक्सी बाट उक्त अवैध बस्तु फेला परेको हो । ट्याक्सीमा अवैध रुपमा ल्याएको करिब १ सय केजी बुद्धचित्तको दाना फेला परेपछि ट्याक्सी चालक सहित ४ जनालाई आइतबार राति पक्राउ गरिएको प्रहरीले […]
बारामा गोली चल्यो : एक युवकको मृत्यु
बारा, ६ साउन । बारामा दिनदहाडै गोली चलेको छ । सुवर्ण गाउँपालिका- १ बगहीमा गोली चलेको हो । गोली लागेर एक जनाको मृत्यु भएको छ । बाराका प्रहरी प्रवक्ता रञ्जित सिंह राठौरका अनुसार मृतकको सनाखत हुन सकेको छैन । प्रहरीले युवकको कन्चटमा गोली लागि हत्या भएको अवस्थामा शव फेला पारेको बताइएको छ । शव हेर्दा […]
सरकार क्लिन फिडको प्रावधानबाट कुनै हालतमा पछि नहट्ने
६ साउन, काठमाडौं । सरकार विदेशी टिभी च्यानलको विज्ञापनरहित प्रसारण (क्लिन फिड)को नीतिबाट कुनै हालतमा पछि नहट्ने भएको छ संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिड लागू गराउने प्रावधानबाट सरकार पछि नहट्ने स्पष्ट पारेका हुन् । मन्त्री बास्कोटाले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका […]
सिन्धुलीको सुनुवार बस्ती पहिराको जोखिममा
काठमाडौँ, ६ साउन । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ स्थित भालुभञ्ज्याङको सुनुवारबस्ती पहिराको उच्च जोखिममा परेको छ । लगातारको वर्षाका कारण उक्त बस्तीको धेरै ठाउँमा जमीन चिरा (धाँजो) परेपछि त्यहाँको बस्ती जोखिममा परेको अस्थायी प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरीक्षक काजीराम पौडेले जानकारी दिए । भालुभञ्ज्याङमा सुनुवार समुदायको १३ घरपरिवार बस्दै आएको छ । लामो खडेरीका कारण […]
शिक्षक लाईसेन्स : प्राथमिक तहको नमुना वस्तुगत प्रश्नोत्तर संगालो
काठमाडौँ, ६ साउन । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज प्राथमिक तहका लागि उपयोगी हुने बहुवैकल्पिक प्रश्न लिएर आएका छौं । यस खण्डमा ४० अङ्का १ अङ्कभारका दरले ४० वटा प्रश्नहरु सोधिनेछन् । प्राथमिक तहमा सोधिने केही नमुना वस्तुगत सम्भावित प्रश्नहरु तह […]
आठ वर्षीय छोरालाई सिक्रीमा बाँधेर दैनिकी चलाउनु पर्ने बाध्यतामा एक आमा
बेझाड, ६ साउन । आफूले जन्म दिएको बच्चालाई पशुजस्तै सिक्रीले बाँधेर राख्ने मन कुन आमालाई होला र ? तर यहाँका एक आमालाई आफ्नो आठ वर्षीय छोरालाई सिक्रीमा बाँधेर घरमा राख्ने र कामकाजका लागि अन्यन्त्र जानुपर्दा सिक्रीमै बाँधेर डो¥याउँदै लैजानुपर्ने बाध्यता रहेको छ । आफ्नो आठ वर्षीय छोरा शिवलाई विगत चार वर्षदेखि सिक्रीमा बाँधी डो¥याएर लैजाँदै […]










