सवारी साधन खरीदमा प्रदेश सरकारको मोह

हेटौँडा, ६ साउन । प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/०७६ मा झण्डै रु २० करोडको सवारी साधन खरीद गरेको छ । महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो । चालू आव २०७५/०७६ मा प्रदेश सरकारले करीब रु १९ करोड ६९ लाख ७७ हजारको सवारी साधन खरीदमा खर्च गरेको तथ्याङ्क छ । प्रदेश ३ का […]

कक्षा १२ को नतिजा श्रावण तेस्रो हप्तामा आउने

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गरेको कक्षा १२ को नतिजा यहि श्रावण तेस्रो सातासम्म सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र चाडै डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिने बताइएकोे छ । “नतिजा श्रावण तेस्रो साता वा नभए अन्तिम साता सम्म […]

मनसुनी न्यूनचापीय रेखा पुनः हुँदा भारी वर्षाको सम्भावना

काठमाडौँ, ६ साउन । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले यो समयमा मनसुनी ‘ट्रफ’ कहीले तल कहिले माथि भइरहने जानकारी दिँदै न्यून चापीय रेखा जहाँ रहन्छ त्यहाँ भारी वर्षा हुने बताए । केही […]

तनहुँमा सडक दुर्घटनामा परी ६१ जनाको मृत्यु

दमौली, ६ साउन । आर्थिक वर्ष ०७५/७६ तनहुँ जिल्लामा ६१ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा भएका १०६ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्ष ११२ दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो । तनहुँ जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सवारी दुर्घटनाको सङ्ख्यामा यसवर्ष केही कमी आए […]

‘सबै दलबीच मेलमिलाप आवश्यक’

दमौली, ६ साउन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको बताएका छन् । “मेलमिलापको नीति अङ्गीकार गर्ने बिपी र उहाँको पार्टी काङ्ग्रेसभित्रै आज मेलमिलाप छैन । नेता र कार्यकर्ताबीच सम्बन्ध बढाउन आजको दिनबाट प्रेरणा लिनुपर्छ ”, उनले भने । जननायक बिपी कोइरालाको […]

वालिङ नगरपालिकामा स्तनपान कक्ष सञ्चालन

वालिङ, ६ साउन । स्मार्ट सिटीको अवधारणा ल्याएको वालिङ नगरपालिकाले कार्यालयभित्र स्तनपान कक्ष सञ्चालन गरेको छ । नगरपालिकामा विभिन्न कामका लागि आउने सेवाग्राही महिला तथा महिला कर्मचारीलाई लक्ष गरी कार्यालयभित्र सो कक्ष सञ्चालन गरिएको हो । कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीले सार्वजनिक स्थलमा शिशुलाई स्तनपान गराउन लाज मान्ने गरेकाले उक्त कार्यालयले स्तनपान कक्ष निर्माण […]

आफ्नै सन्तानको हत्या गर्ने निर्दयी आमाहरु

काठमाडाैं । रुसमा हरेक वर्ष आफ्नै बच्चा मारेको अभियोगमा कैयौँ महिलामाथि मुद्दा चलाइन्छ। आरोपितमध्ये धेरै चाहिँ बच्चा भएका गृहिणीदेखि सफल व्यावसायिक व्यवस्थापकसम्म छन्। यो रुसको मात्रै समस्या भने अवश्य पनि होइन। संयुक्त राज्य अमेरिकामा हरेक चार आमामध्ये एकमा आफ्ना बच्चा मार्ने विचार आउने गरेको अनुमान मनोविद्‌हरूको छ। सन् २०१४ मा गरिएको एक अध्ययनले न्याय मन्त्रालयको […]

साउनको पहिलो सोमबार: देवघाटमा भक्तजनको भीड

चितवन, ६ साउन । पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ बिहान सबेरै स्नान र पूजापाठ गर्ने ठूलो सङ्ख्यामा रहेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार बिहान सबेरैदेखि नदीमा स्नान गर्ने र मन्दिरमा पूजापाठ गर्नेको भीड […]

काभ्रेमा बजेटले अभाबले १४० खानेपानी आयोजना रोकिए

काभ्रेपलाञ्चोक, ६ साउन । आर्थिक वर्ष २०७५/०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् । न्यून बजेटले क्रमागत आयोजनाअन्तर्गत २०७३ सालमा शुरु गरी २०७६ असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोकको ७५ वटा र सिन्धुपाल्चोकको ६५ वटा खानेपानी आयोजनाको काम सम्पन्न गर्न नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन […]

हलेसी मन्दिर परिसरको पदमार्ग गुणस्तरहीन, धर्मावलम्बी प्रभावित

खोटाङ, ६ साउन । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको हो । पर्यटन मन्त्रालयमार्फत प्रदेश नं १ सरकारले विनियोजन गरेको रु ३० लाख बजेटबाट निर्माण शुरु गरिएको पदमार्ग निर्माण सम्पन्न नहुँदै […]