लामो समयदेखि प्रतिक्षारत बक्स अफिस अब स्थापना हुने पक्का

काठमाडाैं‌ । अागामी साउन महिनादेखि नेपाली चलचित्र उद्याेग बक्स अफिस प्रणालीमा जाने भएकाे छ । पहिलेदेखि नै बक्स अफिस स्थापनाकाे प्रयास हुँदै अाएकाे भए पनि हलका सञ्चालकहरुले अवराेध पुर्याएका कारण हालसम्म पनि याे काम हुन सकेकाे थिएन । अब भने नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि प्रतीक्षा भइरहेको बक्स अफिस स्थापना हुने पक्का भएकाे छ । […]

क्षमा पुजा गर्दै काष्ठमण्डप पुनःनिर्माण कार्य अगाडी बढ्यो

     वैशाख ३१, काठमाडौँ / विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माण गर्न अगाडी आज काष्ठमण्डपमा क्षमा पुजा गरिएको छ । बाह्रौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गरिएको काष्ठमण्डप भुकम्प गएको तीन बर्ष बितिसक्दापनि विभिन्न कारणले पुनःनिर्माणमा हुनसकेको नसकेको हो । जनस्तर बाटै काष्ठमण्डप निर्माण गर्नुपर्ने जनअपेक्षा अनुशार स्थापित पुनःनिर्माण समितिका अध्यक्ष तथा […]

कुलमानले गरे आजबाट लोडसेडिङ पूर्ण रुपमा अन्त्यको घोषणा

काठमाडाैं, ३१ बैशाख । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अाजबाट लाेडसेडिङ पूर्ण रुपमा अन्त्य हुने जानकारी दिएका छन् । उनले १५ वर्षदेखि लगाइदै अाएकाे लाेडसेडिङ आजबाट अब कहिल्यै नहुने बताएका छन् । घिसिङले औद्योगिक क्षेत्रमा अाजैदेखि पूर्ण रुपमा लोडसेडिङ अन्त्य गरिने र बाँकी क्षेत्रमा पनि छिट्टै पूर्ण रुपमा लाेडसेडिङ अन्त्य गरिने बताए । […]

खुल्यो सगरमाथा आरोहण, पहिलो दिन डोरी टाँग्दै ८ जना शेर्पा पुगे चुचुरोमा

काठमाडौं, ३१ बैशाख । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण सुरु भएको छ । ८ जना शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो । रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक दिनेश […]

निगमले निकै जोड गरेर खरिद गरेका चिनियाँ जहाजको घाटा वार्षिक ३३ करोड ८४ लाख

काठमाडाैं, ३१ बैशाख । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएको जहाज ‘सेतो हात्ती’ सावित हुँदैछ । दुई थान चिनियाँ जहाज (एमए–६० र वाई–१२ई) उडानबाट वार्षिक ३३ करोड ८३ लाख ९५ हजार ३९ रुपैयाँ घाटा भएको छ । निगमको आर्थिक वर्ष २०७३-७४ को लेखा परीक्षणमा उल्लेख भएअनुसार एकथान एमए–६० र एकथान वाई–१२ ई जहाजमात्रैको […]

रक्सौल–अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोल र हवाइ इन्धन ढुवानी गर्न कठिन

काठमाडाैं, ३१ बैशाख । नेपालमा पेट्रोलियम पदार्थ आयातका लागि निर्माण हुन लागेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेलमात्र ढुवानी गर्न सकिने देखिएको छ । प्राविधिक रूपमा अन्य पेट्रोलियम पदार्थ ढुवानी गर्न कठिन भएपछि डिजेलमात्र ढुवानी गर्न लागिएको हो । यसअघि डिजेल, पेट्रोल र हवाई इन्धन पाइपलाइनबाट ढुवानी गर्ने भनिए पनि प्राविधिक रूपमा समस्या देखिएकाले डिजेलमात्र ल्याउन सकिने […]

ठूलो हुरी र बतासमा परी ३९ जनाको मृत्यु

काठमाडाैं, ३१ बैशाख । तीब्र गतिको हुरी बतासका कारण भारतमा कम्तिमा ३९ जनाको ज्यान गएको छ । अाइतबार साँझपख अाएकाे हुरीमा परी ठूलाे जनधनकाे क्षति पुगेकाे बताइएकाे छ । हुरीबतासले सबैभन्दा बढी क्षति भारतकाे उत्तरप्रदेशमा पुर्याएकाे छ । उत्तर प्रदेशमा मात्र १६ जनाको ज्यान गएको छ । त्यस्तै आन्ध्र प्रदेशमा १२ जनाकाे ज्यान गएकाे छ […]

आज भोटो देखाउने जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, ३० बैसाख । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ । आइतबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारी भोटो देखाउने जात्रामा सहभागी हुनेछिन् । गुठी संस्थान ललितपुरका प्रतिनिधिले […]

करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण, बाँकेमा २ वटा टावरमा आगजनी !

कृष्ण ओली, नेपालगन्ज । करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण भएको छ । अज्ञात समुहले बाँकेका विभिन्न २ स्थानमा रहेका टावरमा आगजनी गरेको छ । खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राती आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङले जानकारी दिए । […]

प्यूठानको बडडाँडामा भएको बस दुर्घटनामा परी ५ को घटनास्थलमै मृत्यु, २५ घाइते

प्यूठान, ३० बैशाख । प्यूठानकाे बडडाँडामा भएकाे बस दुर्घटनामा परी मृत्यु हुनेकाे सङ्ख्या ५ पुगेकाे छ । भालुबाङ–प्यूठान सडक अन्तरगत प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना भएकाे हाे । दुर्घटनामा परी २५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको महाकाली यातायातको ना ४ ख ८१७६ नम्बरको बस आइतबार बिहान ३ बजेतिर बडडाँडा नजिक […]