काठमाडौँ, ५ साउन । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । अस्पतालका प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो । “कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य रहेको […]
समाज
जंगली च्याउ खाँदा तीन परिवारका १२ जना बिरामी
उदयपुर, ५ साउन । जंगली च्याउ खाँदा उदयपुरमा १२ जना विरामी भएका छन् । उदयपुरका २ छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका हुन् । त्रियुगा नगरपालिका–९ राजावासमा १ परिवारका ५ जना र कटारी नगरपालिका–४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । शनिबार दिउँसो १ बजेको समयमा जंगली विषालु […]
भूकम्पबाट क्षति भएका तेह्र हजार घर निर्माण
हेटौँडा, ५ साउन । मकवानपुर जिल्लामा महाभूकम्पबाट क्षति भएका भवन संरचनामध्ये १३ हजार ७० वटा घरको पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माण प्राधिकरणका अनुसार मकवानपुरमा हालसम्म पहिचान भएका ३४ हजार ३०० लाभग्राहीमध्ये १३ हजार ७० वटा घर पुनःनिर्माण भइसकेको छ । भूकम्पपछिको पुनःनिर्माणको अवस्थाबारे पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइद्वारा उपलब्ध तथ्याङ्कमा सो उल्लेख गरिएको छ । […]
दुई गाउँ जोड्ने पुल बनेपछि छोटियो यात्रा
बलेवा, ५ साउन । चिप्लेटी खोलाले बनाएको गल्छीमा उकालीओराली गर्दै वषौंँदेखि यात्रा गर्दै आएका बागलुङको गल्कोट नगरपालिका र बडीगाड गाउँपालिकाका दुई गाउँका स्थानीयवासीलाई झोलुङ्गे पुल बनेपछि सहज भएको छ । दुई गाउँबीच आउजाउ गर्न कठिनाइ भएपछि स्थानीयवासीको सक्रियतामा चिप्लेटी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको हो । गलकोट नगरपालिका–१० पाण्डवखानीको चिप्लेटीदेखि बडीगाड गाउँपालिका–३ सिसाखानी जोड्ने ठूलो […]
पर्यटकीय सिक्लेससम्मको सडक स्तरोन्नति शुरु
कास्की, ५ साउन । नेपालको शान्ति प्रक्रियाको प्रस्थान विन्दुको रूपमा परिचित कास्कीको मादी गाउँपालिकामा अवस्थित पर्यटकीय सिक्लेस गाउँसम्म पुग्ने सडक स्तरोन्नति शुरु भएको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालयमातहतको पूर्वाधार विकास कार्यालय कास्कीले पोखरा महानगरपालिका–१३ विजयपुर खोलादेखि मादी गाउँपालिका– १ सिक्लेससम्मको सडक स्तरोन्नति गरेर कालोपत्रे गर्ने कार्य अघि बढाएको हो । विसं २०६० मा सडकको ट्र्याक […]
हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने
काठमाडौँ, ५ साउन । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्ष गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने जनाएको हो । काठमाडौँ–ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले राससलाई जानकारी दिए । […]
वडाध्यक्षको तलब ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई
भीमदत्तनगर, ५ साउन । स्थानीय तहको निर्वाचनका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर भुन्टुले आफूलाई आएको तलब भत्ता वडामै वितरण गरेका छन् । आइतबार बिहान वडा नं। १ को वडा कार्यालयमा गाउँका ज्येष्ठ नागरिक ७० वर्ष माथिका र अपाङ्गता भएका व्यक्तिलाई अध्यक्ष कुँवरले आफूलाई आएको रकम हस्तान्तरण गरेका […]
मकवानपुरको मनहरीमा गोली हानाहान
मकवानपुर,५ साउन। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयामा राप्तिखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गाेली हानाहान भएको छ । शनिबार राति गाँजा बोकेको ५/६ जनाको समूह र प्रहरीबीच फायरिङ भएको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ शुरु गरेको थियो । प्रहरीबाट पनि जवाफी फायरिङ भए […]
हेटौँडा–काठमाडौँ सडक पुन: सञ्चालनमा
हेटौँडा, ५ साउन । भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । दश दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो । इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन […]
दोस्रो झमक बन्ने बाटोमा याम खाम्चा
बेझाड, ५ साउन । बोल्न नसक्ने, दुबै हात चलाउन नमिल्ने तर सुन्न र देख्न राम्रो सँगसक्ने याम खाम्चा खुट्टाले लेखेर ठूलो मान्छे बन्ने सपना बोकेका छन् । पाल्पाको रामपुर नगरपालिका– १ स्थित बार्दाकोट बस्ने २१ वर्षीय खाम्चा खुट्टाले लेखेर अहिले कक्षा १० मा अध्यायनरत छन् । उनको पढ्ने क्षमता अरु विद्यार्थी भन्दा कम छैन । […]










