भाद्र कृष्ण अष्टमीका दिन कृष्ण मन्दिरमा भक्तजनको भीड

ललितपुर, ६ भदौ । भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको […]

अठार हजारभन्दा बढी पर्यटकद्वारा कोशीटप्पुको अवलोकन

इनरुवा, ६ भदौ । अर्नाका लागि प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेका कोशीटप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा १८ हजार ७७३ जना पर्यटकले अवलोकन गरेका छन् ।सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७५÷७६ मा सो सङ्ख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । आर्थिक वर्षमा आरक्षमा १८ हजार ३८५ नेपाली, ३६ […]

सैन्य–सूचना आदानप्रदान सम्झौता खारेज गर्ने दक्षिण कोरियाली निर्णयको जापानद्वारा ‘कडा‘ विरोध

एजेन्सी । सैन्य–सूचना आदानप्रदान सम्झौता खारेज गर्ने दक्षिण कोरियाली निर्णयको जापानको विदेश मन्त्रालयले ‘कडा‘ विरोध गरेको छ । जापानले निर्णयलाई ‘विल्कुल अफसोचजनक’ कदम भनेको छ । “दक्षिण कोरियाली सरकारद्वारा सम्झौता खारेज गर्ने निर्णय वर्तमान क्षेत्रीय सुरक्षा वातावरणमा ‘विल्कुल गलत निर्णय’ हो र यो नितान्त अफसोचपूर्ण छ,” जापानी विदेशमन्त्री तारो कानोद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख छ […]

लागुऔषधको प्रयोग र कारोवारसँगै अपराध बढ्दो

घोराही, ६ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले गत वर्ष लागुऔषधसम्बन्धी ३५ वटा मुद्दा चलाएको छ । तीमध्ये ब्राउनसुगरको प्रयोग र कारोवारमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालयले चलाएको २९ वटा मुद्दामा ३८ पुरुष र चार महिला रहेका छन् । तीमध्ये २६ पुरुष र दुई महिला धरौटीमा छुटेका छन् भने बाँकी छ पुरुष र दुई […]

पोखरामा ब्राउनसुगरका नौ पोकासहित दुई पक्राउ

पोखरा, ६ भदौ । लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२ का २६ वर्षीया रचना गिरी र ३८ वर्षीय विमल लामा रहेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले लागुऔषधका नौ पोकासहित बिहीबार बागलुङ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई वडा प्रहरी […]

युवाहरुमा बढ्दैछ वाटर एटीएमप्रति अचम्मकाे आकर्षण

ललितपुर, ६ भदौ । १९ वर्षीया दीपेश गोपाली ललितपुरको कृष्णगल्ली बस्छन । उनी घरबाट बाहिर अध्ययन गर्न होस् या अन्य जुनैसुकै काम गर्न निस्कँदा पुल्चोक गाःबहाल परिसर भएर आवतजावत गर्छन । दैनिक सडक पार गर्ने क्रममा गर्मीले प्याक–प्याकती हुँदा उनले पँधेरो (वाटर एटीएम) को प्रयोग गर्ने बताए । “दैनिक सडक पार गर्दा साहै्र तिर्खा लाग्ने […]

यसरी मारिएका थिए हिन्दुहरुका भगवान श्रीकृष्ण, यो एक दुर्घटना थियो वा हत्या

हिन्दु धर्मग्रन्ध अनुसार महाभारतको युद्ध पश्चात भगवान कृष्णले द्वापरयगमा पापीहरूको अन्त्य गरेका थिए । जतिबेला यो पृथ्वीमा पापीहरू धेरै हुन्छन् त्यो बेला भगवान विष्णु कुनै न कुनै रुपमा अवतरीत भएर पापको नास गरेर धर्मको उद्धार गर्छन् भन्ने हिन्दू मान्यता रहेको छ । यसरी महाभारतको युद्ध गराएर भगवान कृष्णले संसारका पापीहरूको त नास गरे तर असङ्ख्यको […]

भोलि सार्वजनिक बिदा

काठमाडौं । हिन्दू धर्मावलम्बीको पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले बिहीवार शुभकामना सन्देश जारी गर्दै भोलि शुक्रवार प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएका हुन् । यसैगरी सुदूर पश्चिम प्रदेश सरकारले सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व गौरामा भोलि […]

कर्मचारीको अभाव हुँदा तीन वटा वडामा एउटै सचिव

घोडाघोडी, ५ भदौ । कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले तीन वडामा सेवा दिनुपर्ने बाध्यता छ । एउटा वडा सचिवले फरक फरक वडामा गएर सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने गरेको वडा नं ३ का वडा सचिव होमप्रसाद रिजालको भनाइ थियो । एउटै सचिवले तीन वटा वडामा सेवा दिनु परेका कारण घोडाघोडी नगरपालिकाका […]

अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको महत्वपूर्ण भूमिका

विराटनगर, ५ भदौ । अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको सेवा उल्लेखनीय भएको सरोकारवालाहरूले बताएका छन् । सामाजिक विकास मन्त्रालय, नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय उपचार केन्द्र र विराटनगर आँखा अस्पतालद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘आँखा, कान तथा पुनस्र्थापना ः वर्तमान स्थिति र भविष्यका रणनीति’ सम्बन्धी एकदिने गोष्ठी शुभारम्भका सो कुरा बताइएको हो । प्रदेश […]