तलबको निहुँमा शिक्षक टाप कसेपछि पियनले पढाउँदै

सल्यान । तलब नपाएको भन्दै शिक्षक टाप कसेपछि कार्यालय सहयोगीले विद्यार्थी पढाउन बाध्य भएका छन् । वनगाड कुपिण्डे–४ देउलीमा रहेको बाललीला प्राथमिक विद्यालयका प्रकाश बुढासहित अर्का एक शिक्षकले तलब नपाएको भन्दै पढाउन छोडेपछि कार्यालय सहयोगी राधिका परियारले विद्यार्थीहरुलाई पढाउन थालेकी हुन् । विसं २०६६ मा स्थापित उक्त विद्यालयमा दरबन्दी नहुँदा पनि उनीहरुले निजी स्रोतमा पढाउँदै […]

जोखिमपूर्ण अवस्थामा राखिएका नौ बालबालिकाको उद्धार

काठमाडौँ, ६ भदौ । नागार्जुन नगरपालिका–४ सीतापाइला, ख्वपाटोलस्थित एक घरमा अत्यन्त जोखिमपूर्ण अवस्थामा राखिएका चार बालक र पाँच बालिका गरी नौ बालबालिकाको उद्धार गरिएको छ ।राष्ट्रिय बालअधिकार परिषद्को नेतृत्वमा महानगरीय प्रहरी वृत्त स्वयम्भू, बालबालिका खोजतलास केन्द्र, वडा कार्यालय, बालहेल्पलाइन तथा स्थानीय प्रतिनिधिको समन्वय र सहकार्यमा ‘नमूना प्रगतिशील महिला समाज र युवा सामुदायिक सेवा केन्द्र’ द्वारा […]

पत्रकार पुडासैनीका विषयमा ध्यानाकर्षण

चितवन, ६ भदौ । भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।महानगरपालिकाले विज्ञप्ति जारी गरी प्रमुखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचार सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवं गालीगलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुःखद भएको जनाएको छ । […]

मौसम बदलिएसँगै पखालाको सङ्क्रमण

गलेश्वर, ६ भदौ । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता पखालाको सङ्क्रमण फैलिएको छ । मौसम बदलिएसँगै पानीको मुहानमा फोहर मिसिएका कारण पखालाको सङ्क्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ ।वर्षायामको समयमा बढी पानी पर्ने भएकाले पिउने पानीका मुहानमा फोहर मिसिएकाले पखालाको सङ्क्रमण फैलिएकोे बेनी अस्पतालका डाक्टर नवराज बास्ताकोटीले जानकारी दिए। ल्याब परीक्षण गर्दा […]

भक्तपुरमा आफ्नै श्रीमती बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ

भक्तपुर, ६ भदाै । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान मोहन (नाम परिवर्तन)लाई बिहिबार पक्राउ गरेको हो । रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले […]

गैरसैनिकलाई ‘कम्ब्याक्ट’ पोशाक निषेध

काभ्रेपलाञ्चोक, ६ भदौ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गैरसैनिकलाई ‘कम्ब्याक्ट’ पोशाक निषेध गरेको छ ।कार्यालयले गैरसैनिकलाई कम्ब्याक्ट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृतलाई निर्देशनसमेत दिएको छ । नेपाली सेनाका सकल दर्जाले लगाउने कम्ब्याक्ट पोशाक स्थानीय बजारमा सहजरूपमा बिक्री वितरण हुने हुँदा गैरसैनिकले ‘फेशन’का रूपमा प्रयोग गरेकाले यसलाई […]

रेशमखेतीतर्फ आकर्षण घट्दै

चितवन, ६ भदौ । पछिल्लो समय रेशमखेतीतर्फ कृषकको आकर्षण घट्दै गएको छ । केही वर्ष अघिसम्म जिल्लामा ३०० को हाराहारीमा व्यावसायिक रेशमखेती गर्ने कृषक थिए । यो सङ्ख्या घटेर अहिले २५ मा झरेको हो ।किम्बु नर्सरी विकास केन्द्र भण्डाराबाट गत वर्ष चार लाख २६ हजार ७०० किम्बुका बिरुवा बिक्री भएका छन् । तीमध्ये रेशमखेतीको प्रवद्र्धन […]

घडेरीबाट पछि हट्यो सेना

काठमाडौँ, ६ भदौ । नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गरेको छ ।जग्गा किनेर प्लटिङ गरी घडेरी बनाएर सकल दर्जालाई उपलब्ध गराउने नीति परिमार्जन गरी त्यसको साटो सहुलियतपूर्ण ब्याजदरमा घरकर्जा उपलब्ध गराउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए। विगतमा राम्रो उद्देश्य राखेर सकल दर्जालाई आवास उपलब्ध […]

दरसँगै लागुऔषधविरुद्ध सचेतना

बागलुङ, ६ भदौ । सभाकक्ष खचाखच थियो । मञ्चपट्टि थिए सांसददेखि प्रहरी अधिकारीसम्म । भित्तामा दुई ब्यानर देखिन्थे । एउटा दर खानेको, अर्को दुव्र्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’को । आयोजक थिए, क्षेत्री महिला समाज र जिल्ला प्रहरी कार्यालय बागलुङ ।तीजको मुखैमा बिहीबार समाजले महिला दिदीबहिनीलाई दर मात्र खुवाएन, लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना पनि जगायो । दरखाने कार्यक्रमलाई […]

गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने उपराष्ट्रपतिको विश्वास

काठमाडौँ, ६ भदौ । उपराट्रपति नन्दबहादुर पुनले गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।सुदूरपश्चिम प्रदेशलगायत अन्य क्षेत्रमा मनाइने गौरा पर्वको अवसरमा आज शुभकामना दिँदै उनले गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई नेपाल राष्ट्रकै पहिचान भएको बताए। “सुन्दर सुदूरपश्चिम प्रदेशलाई गौरा पर्व र सो अवसरमा नाचिने देउडामा […]