कावासोती, ६ भदौ । सामाजिक सञ्जालको दुरुपयोग गरेर सजाय भोग्नेहरु धेरै छन् । सामाजिक सञ्जालमा असामाजिक विषयवस्तु राखेकै कारण पक्राउ परेका घटनाहरु पनि पछिल्लो क्रममा धेरै सुन्ने गरिएकामा यहाँ भने सामाजिक सञ्जालबाटै दुई विपन्न परिवारको घर निर्माण गरिएको छ । नवलपरासी पूर्व नवलपुरको देवचुलीका केही सामाजिक अगुवा र युवाहरुको सक्रियतामा सामाजिक सञ्जालमार्फत दुई विपन्न परिवारका […]
समाज
खाडीचौर–मुढे सडकखण्डको कालोपत्र शुरु
चौतारा, ६ भदौ । ठेकेदारको ढिलाइ तथा आन्तरिक कारणले रोकिएको लामोसाँघु–जीरी सडकअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखि मुढेसम्मको २५ किलोमिटर सडकखण्डमा कालोपत्रको काम शुरु भएको छ ।विसं २०७४ जेठमा सम्पन्न गरिसक्नुपर्ने उक्त सडकमा ठेकेदारले काम छाडेपछि अलपत्र अवस्थामा रहेकामा ठेकेदारलाई दबाब दिएपछि पुनः काम शुरु भएको हो । केही समयअघि सात किमी सडक कालोपत्र भएपछि रोकिएको उक्त काम […]
कृष्णको जीवनबाट के सिक्ने
भाद्र कृष्ण अस्टमीलाई कृष्ण जन्माष्टमी भनिन्छ । यसलाई साधारण भाषामा जन्माष्टमी मात्र पनि भन्ने गरिन्छ । भगवान श्री कृष्ण जन्मिएको दिनको रुपमा यो दिनलाई उत्सवका साथ् मनाउने परम्परा रहिआएको छ । विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिन यसै दिन भएको धार्मिक विस्वास रही आएको छ । यो हिन्दूहरूले मनाउने वार्षिक पर्व पनि हो । […]
प्लास्टिकको प्रयोग निषेध
नेपालगञ्ज, ६ भदौ । नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जलाई प्लास्टिकमुक्त शहर बनाउने अभियान थालेको छ । उक्त उपमहानगरपालिकाको यो अभियानमा सहयोग पु¥याउने भनी यहाँका राजनीतिक दलहरुले पनि लिखित प्रतिबद्धता जनाएका छन् । अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लास्टिकजन्य फोहरले गरेको असर र यसको निकासका लागि ‘ऐना फोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्रीहरु तयार गरेर नगरका चोकचोकमा झुण्ड्याएको छ […]
मातृ तथा नवजात शिशु मृत्युदर घटाउने सरकारको ध्येय: उपप्रधानमन्त्री यादव
काठमाडौँ, ६ भदौ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन सरकारले उच्च प्राथमिता दिएको बताए ।“स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, आमा सुरक्षा कार्यक्रम सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ”, उनले […]
हजारदेखि करोड रुपैयाँसम्म पर्ने रुद्राक्ष जोगाउनै मुस्किल
खाँदबारी, ६ भदौ । रुद्राक्षबाट सङ्खुवासभाका थुप्रै किसानले हजारदेखि करोड रुपैयाँसम्म आयआर्जन गर्दै आएका छन् । मुखदार र ठूलो आकारको रुद्राक्ष बेचेर यहाँका धेरै नागरिकले आफ्नो जीवनस्तर निकै माथि उकासेका छन् ।पछिल्लो समय भने रुद्राक्षको बोट नै नष्ट गर्ने विकृति बढेपछि कृषक चिन्तित हुने गरेका छन् । राम्रो गुणस्तरको रुद्राक्ष फल्ने बोटमा क्षति पु¥याउने घटना […]
पानी नपरेपछि कृषक निराश
दमौली, ६ भदौ । वर्षा नभएर धान रोप्न नपाएपछि जिल्लाका कृषक निराश भएका छन् । सिँचाइ सुविधा नभएर आकाशे पानीको भर पर्नुपर्ने यहाँका कृषक अहिलेसम्म पनि धान रोप्न नपाएपछि निराश भएका हुन् ।यतिबेला धान गोडेर आराम गर्ने कृषक पानी पर्ला र रोपाइँ गरौँला भन्ने आशामा बसिरहेका छन् । रोपाइँ गर्न नपाउँदा पानी पर्ने आशामा आकाशतिर […]
मौरी पर्यटनको प्रवद्र्वन गरिने
चितवन, ६ भदौ । जिल्लामा आउने पर्यटकलाई मौरी देखाइने र यसको उत्पादन चखाइने भएको छ । मौरीपालनमा अग्रणी मानिएको यो जिल्ला पर्यटकीय दृष्टिले मुलुककै तेस्रो हो ।भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरी पर्यटन कार्यक्रम शुरु गर्न लागेको हो । प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रम शुरु गर्न लागिएको हो । […]
जग्गा हिनामिना सम्बन्धि उजुरी प्रशासन कार्यालयमा दिन सकिने
काठमाडौँ, ६ भदौ । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जग्गा हिनामिनासम्बन्धी उजुरी तथा सूचना जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिने व्यवस्था गर्न लागेको छ ।काठमाडाँैसम्म आएर उजुरी गर्न तथा सूचना दिन सर्वसाधारणलाई असुविधा हुन सक्ने महसुस गरेर आयोगले केही दिनभित्रै सूचनामार्फत जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने व्यवस्था गर्न लागेको आयोगका अध्यक्ष […]
देशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ६ भदौ । आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मध्य र पूर्वीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए […]











