डोटी, ८ भदौ । डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करीब ३९ वर्षअघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले वर्षेनी […]
समाज
आत्महत्यालाईकसरी निरुत्साहित गर्ने ?
दाङ, ८ भदौ । गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा र अर्को वडा नं १९ बिजौरीमा थियो । अनि अर्को घटना भएको थियो राजपुर गाउँपालिका–६ गङ्गदीमा ।आत्महत्या गर्ने ती तीनले एकै किसिमको विष सेवन गरेको पत्ता लागेको थियो […]
यसरी गरिदैछ गाउँ गाउँमा निःशुल्क इन्टरनेट विस्तार
काठमाडौं, ८ भदौ । तनहँुको व्यास नगरपालिका–३ मा निःशुल्क इन्टरनेट विस्तार गरिएको छ । वडा कार्यालयको सक्रियतामा वडाका केही टोलमा निःशुल्क इन्टरनेटको सेवा विस्तार गरिएको हो । यसअघि अनशनलाइनमा मात्र रहेको निःशुल्क इन्टरनेटको सुविधा आजदेखि पराशरटोल, निमचोक र सिर्जनाटोलमा सुविधा विस्तार गरिएको वडासदस्य रविन पौडेलले जानकारी दिए । पौडेलका अनुसार वल्र्डलिङ्क कम्युनिकेशन प्रालिले सामाजिक उत्तरदायित्वअन्तर्गत […]
कोहलपुरमा दुई करोडमा हाइमास्ट जडान गरिँदै
बाँके, ८ भदौ । बाँकेको कोहलपुर नगर क्षेत्रलाई उज्यालो शहरका रूपमा विकसित गर्न कोहलपुर नगरपालिकाले १५ हाइमास्ट लाइट (उच्च क्षमतायुक्त) जडान गर्दैछ । विभिन्न दातृ निकायको दुई करोड सहयोगमा हाइमास्ट जडान गर्न लागिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावत बताए । उनका अनुसार शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र नगरपालिकाबीच भएको छलफलमा मन्त्री राईले नगरपालिकाको उज्यालो अभियानलाई […]
शवगृहलाई व्यवस्थित गर्न अस्पताललाई मर्करी चेम्बर
कञ्चनपुर, ८ भदौ । भीमदत्त नगरपालिकाले महाकाली अञ्चल अस्पतालको शवगृहलाई व्यवस्थित बनाउन मर्करी चेम्बर उपलब्ध गराएको छ ।नगरपालिका कार्यालय र नगरपालिकाको वडा नं ८ ले रु पाँच–पाँच लाखका दरले रकम विनियोजन गरी दुई मर्करी चेम्बर उपलब्ध गराएको हो । शवगृहमा मर्करी चेम्बरको व्यवस्था भएपछि शवलाई सहज रूपमा राख्न सजिलो भएको छ । मर्करी चेम्बरको व्यवस्था […]
स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा शुरु
म्याग्दी, ८ भदौ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सञ्चालन भएको छ । मालिका, धवलागिरि, मङ्गला र तमानखोला गाउँपालिकाका बासिन्दालाई अल्ट्रासाउण्ड सेवाका लागि सदरमुकाम बेनी, बागलुङ, पोखरा पुग्नुपर्ने बाध्यता अब हटेको छ । गाउँमै सेवा पाएपछि गर्भको बच्चाको अवस्था पहिचानका लागि अल्ट्रासाउण्ड गर्न सदरमुकाम पुग्दा हुने समय र पैसाको […]
ऐतिहासिक रणउजिरेश्वरी भगवती रथयात्रा सम्पन्न
पाल्पा, ८ भदौ । पाल्पाको तानसेनमा शनिबार ऐतिहासिक रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालिएको छ । नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजले विजयी हासिल गरेको सम्झनामा प्रत्येक वर्ष रथयात्रा गर्ने चलनअनुसार भगवतीको जात्रा निकालिएको हो । श्री ७ रणउजिरेश्वरी भगवतीको २०१ औँ विजयोत्सवका रुपमा पाल्पामा रथयात्रा गरी तानसेन बजार परिक्रममा गरिएको हो । विसं १८७६ मा बुटवलको जितगढी किल्लामा […]
एकाबिहानै घरको आँगनमै आएको पाटेबाघको आक्रमणमा एकको मृत्यु
राजापुर, ८ भदौ । बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ ः३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ […]
कुकुरलाई सार्वजनिक स्थलमा शौच गराइए कारवाही गरिने
के तपाईं, आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस्। अन्यथा काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरुद्ध कारवाही गर्ने गरी तयारी गरेको छ। मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन […]
अब कक्षाकोठामा नै पूरा संसार अटाउँने
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकाश केन्द्रका महानिर्देशक बाबुराम पौडेलले पुरानो सिकाउने शैली बदल्नुपर्ने बताएका छन् । कक्षाकोठामा शिक्षकले हिजो मात्रै पढाउँदा शैक्षिक गुणस्तर सुधार हुन नसकेको भन्दै पौडेलले अब आज र भोलि पढाउनुपर्ने बताए । शनिवार शिक्षा मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको ३ दिने ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’को […]











