सरोकार समितिले माग्यो उपकुलपतिको राजीनामा

घोराही, ८ भदौ । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऊ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा संगीता भण्डारीको राजीनामा माग गरेको छ । विभिन्न पेशा, व्यवसायी, अधिकारको क्षेत्रमा काम गरिरहेका व्यक्तिले स्वस्फूर्तरुपमा गठन गरेका अभियानले प्रष्तिठानको वास्तविक अवस्था अध्ययन गरी उपकुलपतिको राजीनामा नै उपयुक्त उपाय भएको ठहर गर्दै राजीनामासमेत मागेको हो । […]

तेमालबाट शुरु भयो विद्युतीय चुल्होको यात्रा

काठमाडौँ, ८ भदौ । चालु आवको अन्त्यसम्म नेपालको केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने प्रक्षेपण सरकारले गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा प्रणालीमा कूल एक हजार ३२५ मेगावाट विद्युत् थप भएको जनाएको सरकारले चालु आवको अन्तयसम्म करीब सोही क्षमतामा विद्युत् थप हुने भएपछि विद्युत् उपभोग बढाउन नयाँ […]

नगरले गरेको ढलान वडाले फुटाउन खोज्यो

मध्यपुरथिमि, ८ भदौ । मध्यपुरथिमि नगरपालिका र वडा कार्यालयको विवादका कारण वडा नं २ मा गरिएको रू १९ लाखको लगानी खेर जाने स्थितिमा पुगेको छ । पाञ्चायन नगर सुधार समितिले यहाँ आज आयोजना गरेको विकास निर्माण सम्बन्धी छलफलमा स्थानीयवासीले यस्तो आरोप लगाएका हुन् । तीन महीना अघि मात्रै नगरपालिकाले बुढाथोकी गाउँको उकालो ढलान गरेकामा एक […]

वनको जमीन वितरण गरिने छैन: मन्त्री अर्याल

काठमाडौँ, ८ भदौ । राष्ट्रियसभाको बैठकले “भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, २०७५ ” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा सभाका अध्यक्षले सो विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । यसअघि सहकारी तथा गरीबी निवारणमन्त्री पद्याकुमारी अर्यालले बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक प्रस्तुत गरेकि हुन् । विधेयकमाथिको छलफलमा उठेका जिज्ञासामा […]

प्लाष्टिकको विकल्प निगालो

बलेवा, ८ भदौ । आफैंले उत्सर्जन गरेको फोहरको व्यवस्थापन गर्न नसक्दा उत्पन्न हुने समस्याको विषयमा जानकारी पाएपछि ताराखोला गाउँपालिका–५ करिमेलाका स्थानीयवासीले सरसफाइका लागि नयाँ विधि प्रयोगमा ल्याएका छन् । गाउँमा प्रयोग हुँदै आएको प्लाष्टिकका सामानको विस्थापन गर्दै स्थानीय उत्पादनको प्रयोगमा करिमेलावासीले चासो देखाएका हुन् । करिमेलाका ८२ घरपरिवारले फोहर व्यवस्थापनका लागि प्रयोग गर्दैआएको फोहर फाल्ने […]

पहिरोले सम्पर्क टुट्यो

धादिङ, ८ भदौ । विकट उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–५ नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र बाटोमा पहिरो आएर थुनिएपछि सम्पर्क विच्छेद भएको छ ।केही दिनदेखि निरन्तर परेको पानीले पहाड खसेर गणेश हिमाल खोलामा थुनिएको र खोलो उक्त स्थान पार गर्ने नसकिनेगरी पहिरो झरेकाले गाउँबाट अन्य गाउँसँग सम्पर्क विच्छेद भएको गाउँपालिका– ५ का वडाध्यक्ष धीरज […]

हराउँदै तीजको मौलिकता

बाँके, ८ भदौ । नेपाली नारीको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले तीज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको स्वयं महिलाले नै गुनासो गरेका छन् ।नेपालगञ्ज उपमहानगरपालिका–५ की मनकुमारी शाहीले विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली […]

क्षत्रीलाई समानुपातिक समावेशी आरक्षण माग

काठमाडौँ, ८ भदौ । क्षत्री समाज राष्ट्रिय महासङ्घले नेपालमा सबैभन्दा धेरै सङ्ख्यामा रहेको क्षत्रीलाई पनि जनसङ्ख्याको आधारमा राज्यको सबै क्षेत्रमा समानुपातिक समावेशी आरक्षण माग गरेको छ ।महासङ्घको १८औँ साधरणसभाका अवसरमा आयोजित कार्यक्रमका वक्ताले जातीयभन्दा वर्गीय आधारमा आरक्षणको व्यवस्था हुनुपर्ने विचार राखे । उनले जातीय आधारमै आरक्षणको प्रावधान राखिरहने हो भने पिछडिएका क्षत्रीलाई पनि सो अवसरबाट […]

प्राकृतिक चिकित्सालय ‘तातोपानी कुण्ड’ जोखिममा

गलेश्वर, ८ भदौ । प्राकृतिक चिकित्सालयको नामले विश्वभरि नै चर्चामा रहेको म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानी कुण्ड म्याग्दी नदीको कटानका कारण जोखिममा परेको छ । हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भेलबाढी र नदी कटानको जोखिममा तातोपानी कुण्ड पर्दैै गएको हो । म्याग्दी सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिम बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी बजारमा […]

‘बेटी बचाऔँ बेटी पढाऔँ’तर्फ आकर्षण

वीरगञ्ज, ८ भदौ । सात वर्षीया चन्द्रज्योतिकुमारी रामको दैनिक जीवन बाख्रा चराउन, घाँस दाउरा तथा मेलापात गर्नेमा बित्थ्यो तर प्रदेश नं २ सरकारले ‘बेटी बचाऔँ बेटी पढाऔँ’ कार्यक्रम ल्याएपछि उनको आकर्षण पढाइतर्फ बढेको छ । अन्य विद्यार्थीजस्तै उनीपनि छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित श्रीदेवीस्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना भइन् । प्रदेश नं २ […]