काभ्रेपलाञ्चोक, ९ भदौ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको रकमले दुई वटा एम्बुलेन्स खरीद गर्न लागेकि छिन । उनको यस प्रस्ताव कार्यपालिका बैठकलेसमेत पारित गरिसकेको छ । “यो हप्ता दुई वटा एम्बुलेन्स गाउँपालिकामा आइपुग्ने प्रक्रियामा छ”, उपाध्यक्ष बर्तौलाले भनिने । उनलाई गाडी खरीदका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा रु […]
समाज
गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगीहरु आकर्षित हुन सकेनन्
वीरगञ्ज, ९ भदौ । जीतपुर सिमरा उपमहानगरपालिका–४ औराहामा दुई वर्षअघि शिलान्यास गरिएको गार्मेन्ट प्रोसेसिङ जोनजीपिजेड मा हालसम्म उद्योगीहरु आकर्षित हुन सकेका छैनन् । विशेष आर्थिक क्षेत्र सेज अन्तर्गत सञ्चालनका लागि तयार भइरहेको सो जोनमा सेज प्राधिकरणले तोकेको भाडादर उच्च रहेको तथा संरचनात्मक प्रशासनिक र पूर्वाधारको अभावका कारण आकर्षित हुन नसकेको वीरगञ्जका उद्योगीहरुको भनाइ छ । […]
प्रेरक जीवन : वैदेशिक रोजगारीले बनायो यस्तो, महान वैज्ञानिक स्टेफेन हकिङको जस्तै कृष्णको प्रेरक जीवन (भिडियो)
काठमाडौं । पाल्पाका कृष्ण खड्का मिठो गीत गाउँछन् । पहिले त नाच्थे पनि । तर अहिले उनी मुन्टो भन्दा मुनिको भाग चलाउन सक्दैनन् । एसएलसी सकेर पढ्नका लागि काठमाण्डौं आएका कृष्णले बुवा बितेपछि पढाई थाँति राखेर मलेशियाको बाटो रोजे । वैदेशीक रोजगारका लागि मलेशीयामा रहँदा उनी बिरामी परे । उनको शरिर चल्न छाड्यो । कारण […]
मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती
भीमदत्तनगर, ९ भदौ । हरेक महीना सेवाग्राहीहरुको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको प्रावधान रहे पनि यहाँस्थित विद्युत् कार्यालयका कर्मचारीको बेवास्ताका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका कर्मचारीहरु मिटर रिडिङका लागि नआउँदा भीमदत्तनगरपालिका–१८ का स्थानीयबासीहरुलाई विद्युत् महसुल बुझाउन सकस भइरहेको बताउँछन । रिडिङ फाँटमा […]
एक मेगावाट विद्युत् निकाल्दै पुथा उत्तरगङ्गा
रुकुमपूर्व, ९ भदौ । पुथा उत्तरगङ्गा गाउँपालिकामा एक मेगावाट क्षेमताको जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गाउँपालिका–११ सेरामा एक मेगावाट क्षेमताको विद्युत् आयोजना निर्माण गरिने गाउँपालिकाले जनाएको छ । एशियाली विकास बैंकको लगानीमा विद्युत् उत्पादन गरिने यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र तत्कालै बोलपत्र आह्वान गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले […]
एयर होस्टेज हुँ भनी ठगी गर्ने महिला पक्राउ
भद्रपुर, ९ भदौ । आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू जेट […]
स्वास्थकर्मी सहितको एम्बुलेन्स सञ्चालन
मुग्लिन, ९ भदौ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालीम शिक्षालय कुरिनटार चितवनले स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नेपाल एम्बुलेन्स सर्भिस एनएसको को सहकार्यमा आकस्मिक सेवा तथा उद्धार प्रयोजनका लागि आइतबारदेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । उक्त एम्बुलेन्समा एक जना स्वास्थ्यकर्मी साथमा रहने नेपाल एम्बुलेन्स सर्भिसका महासचिव शारदाभक्त रञ्जितले बताए। एम्बुलेन्सभित्रै अत्यावश्यक […]
दुर्घटनामा एकको मृत्यु
भरतपुर, ९ भदौ । चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घाइते मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२३ का ४० वर्षीय सूर्यबन्दु खनाल क्षेत्रीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु […]
छुरा प्रहार गरी हत्या
इनरुवा, ९ भदौ । सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको छ । स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले बताए । घरायसी झगडाका कारण मुर्ताज मियाँले छुरा प्रहार गर्दा वहाव गम्भीर घाइते भएका थिए । […]
काठमाडौंको न्यूरोडमा दिउसै एक सांसदमाथि लुटपाट, सीसीटीभीबाट पत्ता लागे लुटेरा
काठमाडौं, ८ भदौ । काठमाडौंको न्यूरोड महङ्गो व्यापारिक केन्द्र मानिन्छ । अत्यन्तै व्यस्त र मानिसहरुको अत्यन्तै धेरै चाप रहने न्यूरोडमै मान्छे दिउसै लुटपाट भएको कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । त्यो पनि जनप्रतिनिधि नै लुटिएको कुरा अझै आश्चर्यजनक हो । तर, यस्तै भएको छ । न्यूरोडमा सांसद भावना सुवेदी लुटपाटमा परेकी हुन् । उनलाई लुटपाट […]









