चन्दननाथ भैरवनाथ मन्दिरमा दर्शनार्थी बढे

सिञ्जा, ९ भदौ । पछिल्लो समय कर्णालीकै प्रसिद्ध जुम्लास्थित चन्दननाथ भैरवनाथ मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेकोे छ । कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरेसँगै राराताल घुमेर चन्दननाथ मन्दिरमा पूजा गरेर फर्कने पर्यटक बढ्दै गएका हुन् । चन्दननाथ गुठी समितिकका अनुासार सो घोषणा पछि अहिलेसम्म आन्तरिक तथा बाह्य गरेर […]

भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढ्दो

राँझा, ९ भदौ । नेपालगञ्ज नाका हुँदै अवैधरुपमा भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढेको पाइएको छ । भारतबाट तस्करी गरी ल्याइएका बोइलर चल्ला र कुखुरा दैनिकजसो सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेको छ । चालू आर्थिक वर्षको दुई महीना नपुग्दै ठूलो सङ्ख्यामा पक्षीजन्य वस्तु नियन्त्रणमा लिइ नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशुचिकित्सक रामलोचन शाहले जानकारी दिए […]

हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, ९ भदौ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले अवको तीन दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो […]

निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनका लागि कानून निर्माणमा जोड

काठमाडौँ, ९ भदौ । आवश्यक कानून समयमै बन्न नसक्दा संविधानले व्यवस्था गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको सरोकारवाला निकायका जानकारहरुले बताए । प्रजनन स्वास्थ्य अधिकार विषयमा कार्यरत संस्था ‘महिला, कानून र विकास मञ्च’ एफडब्लुएलडी र ‘आइपास नेपाल’ले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तक्र्रियामा उनिहरुले कानूनी अभावमा महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको भन्दै […]

स्याङ्जामा डेङ्गुका एक बिरामी

वालिङ, ९ भदौ । स्याङ्जामा पनि डेङ्गुका एक बिरामी फेला परेका छन् । पोखरामा डेङ्गुका बिरामी फेला परिरहेका बेला नजिकैको बजार स्याङ्जामा पनि एक जनामा डेङ्गुको लक्षण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।उक्त कार्यालयका सूचना अधिकारी मित्रलाल अर्यालका अनुसार पुतलीबजार नगरपालिका– २ का ३२ वर्षीय एक पुरुषमा डेङ्गु फेला परेको थियोे । गत बिहीबार […]

हुम्लाका स्थानीय तहका कर्मचारीले हाजिर नगरी तलब

हुम्ला, ९ भदौ । हुम्लाका स्थानीय तहका कर्मचारीले हाजिर नगरी तलब खाँदै आएका छन् । हरेक दिन अर्काको काम गरेर आफ्नो ज्याला बुझने कामदारले पनि आफूले काम गरेको हाजिरी नगरी घर फर्किँदैनन् । साहुले समेत कामदारलाई भनेकै समयभन्दा बढी काममा लगाउँछन् । तर हुम्लाका स्थानीय तहमा खटिएका कर्मचारी भने स्वयं हाजिर नै नगरी वर्षभरिको तलबभत्ता […]

उमेरै नपुगी बच्चा जन्माउनेको सङ्ख्या बढ्दो

अछाम, ९ भदौ । चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ । आर्थिक वर्ष २०७५र०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३।४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो । एक वर्षको अवधिमा वडा नं १ मा रहेको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा १६७ गर्भवती मध्ये ४१ जना उमेर नपुग्दै […]

कृषि र पर्यटनले स्याङ्वासीको विदेशीनेक्रम रोकिँदै

स्याङ गाउँ मुस्ताङ, ९ भदौ । आँखै अगाडि निलगिरि र धवलागिरि हिमाल, प्रकृतिले कुँदिएका विभिन्न मनोरम छटा । यो देख्दा कसको पो मन प्रफुल्ल हुँदैन होला । हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित स्याङ गाउँ प्रकृति र संस्कृतिमा निकै धनी छ । हेरौँहेरौँ लाग्ने हिमाली दृश्यका साथै कालीगण्डकी किनारमा उब्जाइएका खेतीबाली र स्याउका बगैँचा हेर्दै […]

भोटेकोशी जलविद्युत् आयोजना सुरुङ निर्माण ७५ प्रतिशत

चौतारा ९ भदौ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ ।भोटेकोशी गाउँपालिका– ५ मार्मिङस्थित भोटेकोशी र चाकु खोला दोभानदेखि बाह्रबिसे नगरपालिका– १ जम्बुस्थित विद्युत् गृहसम्मको सात हजार १२४ मिटर सुरुङ मार्गमध्ये हालसम्म पाँच हजार ३०० मिटर सम्पन्न भएको आयोजना प्रमुख डा सुनिलकुमार लामाले जानकारी दिए । […]

सेनाको रु छ अर्ब बेरुजु फछ्र्योट

काठमाडौँ, ९ भदौ । नेपाली सेनाले आर्थिक वर्ष २०७५र७६ मा बेरुजु फछ्र्योटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । नेपाली सेनाको नाममा कायम भएको कूल रु नौ अर्ब ३३ करोड ४४ लाख पाँच हजारमध्ये उक्त आर्थिक वर्षमा रु छ अर्ब २८ करोड ७६ लाख ६८ हजार बेरुजु फछ्र्योट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए […]