नौमती बाजा प्रतियोगिता

पाल्पा, ७ भदौ । स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन तानसेनमा नौमती बाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा तानसेन नगरपालिका–५ सेतीपोखरीस्थित सेतीपोखरी धर्मपानी नौमती बाजा समूह प्रथम भएको छ । प्रथम हुने समूहले ५० हजारको पुरस्कार प्राप्त गरेको छ । तानसेन नगरपालिका–७ काजीपौवास्थित लालुपाते नौमती बाजा समूहले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । […]

विराटनगरमा ऐतिहासिक रथयात्रा

विराटनगर, ७ भदौ । विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिने भएको छ । सो क्रममा कुनै अप्रिया घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले विराटनगर–१ बाट निकालिने ५२औँ रथयात्राको क्रममा ड्रोनसहित प्रहरीले सुरक्षा व्यवस्था सुदृढ गरेको बताए । विराटनगरलगायत सुनसरी, झापाका ग्रामीण क्षेत्र […]

‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा ऐक्यबद्धता’

काठमाडौँ, ७ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनात्मक कार्यक्रम गर्न आह्वान गरेको छ । मन्त्रालयले नेपाल सरकार, विकास साझेदार संस्था, गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, सामाजिक अभियन्ता एवं सरोकारवालाहरू सबैमा उक्त दिवसको अवसरमा सप्ताहव्यापीरूपमा विभिन्न सचेतनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गर्दै अभियानकै […]

पतिको हत्या गराउन सुपारी दिएकी पत्नीलाई खोज्दै प्रहरी

बलिउड सिनेमाकै शैलीमा मान्छे मार्न सुपारी दिने कुराले पछिल्लो समयमा समाजलाई नराम्ररी सताएको छ । भक्तपुरमा एक छोरीले आफ्नै आमालाई यसरी नै हत्या गराएको कुरा सेलाउन नपाउदै महोत्तरीमा यस्तै एक घटना बाहिर आएको छ । महोत्तरीकी एक महिलाले आफ्नै श्रीमानको हत्या गराउन पेशेवर अपराधी लाई सुपारी दिएको अनुसन्धान बाट खुलेको हो । उनले साढे ४ […]

चट्याङ लागेर बालिकाको मृत्यु

मार्तडी, ७ भदौ । बाजुराको बूढीगङ्गा नगरपालिका–१० बधेडामा मध्यराति १ः०० बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताए । लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको सार्कीको भनाइ रहेको छ । मृतक बालिकाकी आमा […]

गैरसैनिकलाई ‘कम्ब्याट’ पोशाक निषेध

डोटी, ७ भदौ । जिल्ला प्रशासन कार्यालय डोटीले एक परिपत्र जारी गरी जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउनेखालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ । जिल्लामा अधिकांशले त्यस्तो पोशाक लगाउने गरेकाले उक्त पोशाक नलगाउन प्रशासनले सबैमा आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले गैरसैनिकलाई कम्ब्याट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न जिल्लाका […]

अर्ना र बाह्रसिङ्गेको ठाउँ विस्तार गरी सङ्ख्या थपिने

चितवन, ७ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार खोर विस्तारका लागि निकुञ्ज विभागले एक करोड बजेट विनियोजन […]

रेल सञ्चालन गर्न रेलवे कम्पनी ब्युँताइँदै

काठमाडौँ, ७ भदौ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ । कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ । हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । कम्पनीमा हाल न्यून जनशक्ति छन् । ती पनि रेलसम्बन्धी ज्ञान […]

मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिकातर्फ

काठमाडौँ, ७ भदौ । राष्ट्रिय मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिकाको मानवअधिकारको अवस्थाबारे जानकारी लिनका लागि त्यसतर्फ गएको छ । आयोगका सदस्यद्वय प्रकाश वस्ती र सुदीप पाठक तथा सचिव वेद भट्टराईसहितको पाँच सदस्यीय टोली दक्षिण अफ्रिकाको राष्ट्रिय मानवअधिकार आयोगको निमन्त्रणामा त्यहाँका मानवअधिकारको अवस्था अध्ययन तथा अनुभव आदान–प्रदानका लागि शुक्रबार गएको आयोगका निर्देशक मुरारीप्रसाद खरेलले जानकारी दिए […]

कर्णालीमा पर्यटकलाई स्वागत गर्न घरवास सञ्चालनमा ल्याइदै

वीरेन्द्रनगर, ७ भदौ । कर्णालीका १६ स्थानमा होमस्टे (घरवास) सञ्चालनमा आउने भएका छन् । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले प्रदेशका विभिन्न १६ स्थानमा होमस्टे सञ्चालन गर्ने भएको हो । कर्णाली प्रदेशका पर्यटकीयस्थललाई लक्षित गर्दै होमस्टे सञ्चालनको काम भइरहेको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले बताए । होटलको सहज पहुँच नभएकाले होमस्टे सञ्चालन गर्न […]