‘गोरखापत्र राष्ट्रकै मुखपत्र’

विराटनगर, २ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र प्रेसको सम्बन्ध अनन्त रहेको बताए । ‘गोरखापत्र’ पूर्वक्षेत्र विराटनगर प्रकाशन शुभारम्भ र भवन उद्घाटन गर्दै उनले लोकतन्त्र भएको देशमा मात्रै प्रेस बाँच्न सक्ने बताए ।  ‘गोरखापत्र’ सरकारको मुखपत्र नभएर राष्ट्र र जनताको मुखपत्र भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले जनताले स्थापित गरेको लोकतन्त्र ‘गोरखापत्र’ले […]

भूमि सम्बन्धि ऐन दुबै सदनबाट पास भयो, यस्ता छन् विशेषता

काठमाडौं, २ असोज । भूमि सम्बन्धी ऐन (आठौं संशोधन) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पास भएको छ । राष्ट्रियसभाबाट भएको संशोधनसहित प्रतिनिधिसभाले विहिबार उक्त ऐन  बहुमतले स्वीकृत गरेको हो । त्यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेकी थिइन् […]

गाउँपालिका केन्द्र सार्न लागेको विरोधमा तालाबन्दी

बैतडी, २ असोज । बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरोधमा सो गाउँपालिकाको दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाका केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग गर्दै स्थानीयवासीद्वारा गठित सङ्घर्ष समितिले वडा नंं ४ र ७ का कार्यालयमा बुधबारदेखि तालाबन्दी गरिएको हो । समितिले त्यहाँस्थित स्वास्थ्य संस्थाबाहेक वडा कार्यालय, विद्यालय र […]

धनगढीको वडा कार्यालयमा आगजनी

कैलाली, २ असोज । धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ । राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । आगलागी भएको खबर तुरुन्तै थाहा पाउनासाथ समयमै आगो नियन्त्रण गरिएकाले खासै […]

ऐतिहासिक चुरे मन्दिरको जीर्णोद्वार सम्पन्न

गाईघाट, २ असोज । उदयपुरको त्रियुगा नगरपालिका– ६ स्थित चुरे क्षेत्रमा रहेको ऐतिहासिक पञ्चकन्या चुरियादेवीको मन्दिर जीर्णोद्वार तथा पुनःमर्मत गर्ने कार्य सम्पन्न भएको छ । प्रदेश नंं १ सरकार, पर्यटन मन्त्रालयको रु दश लाखको आर्थिक सहयोगमा सो मन्दिरको जीर्णोद्वार तथा पुनःमर्मत गरिएको हो । उदयपुर जिल्लाकै महत्वपूर्ण शक्तिपीठको रुपमा रहेको पञ्चकन्या चुरियादेवी मन्दिरको रङ्गरोगन गर्ने, […]

संविधान दिवसमा सरसफाइ

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज दमौलीमा बजार सरसफाइ गरिएको छ । संविधान दिवस मूल समारोह समितिको निर्णयबमोजिम तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको आयोजनामा बजार सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन […]

एउटै वडामा रु दुई करोडको आलु उत्पादन

खोटाङ, २ असोज । जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने आलु यसवर्ष रु दुई करोड २३ लाख १२ हजार ५०० बढीको उत्पादन भएको हो । लेकाली भेगमा पर्ने खिदिमाका प्रत्येक घरमा कम्तीमा पनि २५ मुरी […]

भाइरलका कारण तीन दिनदेखि विद्यालय बन्द

जाजरकोट, २ असोज । भाइरलका कारण जाजरकोटको नलगाड नगरपालिका– ८ मङ्सिरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ । तीन दिनदेखि सबै विद्यार्थी र स्थानीयवासी बिरामी भएपछि विद्यालय बन्द भएको हो । नलगाड नगरपालिकाको स्वास्थ्य संस्थादेखि पाँच घण्टाको पैदल दूरीमा रहेको सो ठाउँ हिमालमा पर्दछ । तीन दिनदेखि विद्यालय बन्द भए पनि स्वास्थ्य संस्था नजिक नभएका […]

ट्रकको डाली छोपेर गाईगोरु ओसार्न प्रतिबन्ध

भद्रपुर, २ असोज । झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट वर्षौँदेखि चलिरहेको गाईगोरुको तस्करी धन्दा रोक्न प्रहरीले विशेष योजना अघि बढाएको छ । मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रबाट गाईगोरुलाई ठूला ट्रकमा डाली छोपेर ओसारपसार गर्न र सिधैँ सीमावर्ती बजारमा लैजान झापाको प्रहरीले बन्देज लगाएको छ । सीमाका बजारमा बिक्री गर्ने बहानामा खुला सीमाको फाइदा उठाउँदै गाईगोरु […]

मौसमी रुघाखोकी र ज्वरोबाट बच्ने उपाय

पछिल्लो समय देशभर रुघाखोकी र टाइफाइडका बिरामीहरूको सङ्ख्या बढेको चिकित्सकहरूले बताएका छन्। यो समयमा मौसमी बिमारीहरू नियमित देखिने भएपनि यसपटक भने बिरामीको सङ्ख्या पहिलेभन्दा बढेको उनीहरूको भनाइ छ। स्वास्थ्य मन्त्रालयका अनुसार सहरी क्षेत्रमा यस्ता रोगका बिरामीहरु बढी देखिएका छन्। तर महामारीको रूपमा फैलिएको डेङ्गीको नियन्त्रणमा केन्द्रित रहेको कारण अन्य रोगको रोकथामका लागि धेरै काम हुन नसकेको जनाइएको छ। […]