काभ्रेपलाञ्चोक, २ असोज । जिल्लाको दुग्ध व्यवसायमा सरकारको कार्यक्रम प्रभावकारीरूपमा लागू भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले जिल्लामा सञ्चालित दुग्ध डेरी तथा पानी उद्योगको अनुगमनपछि प्राप्त तथ्याङ्कका आधारमा डेरी र पानी उद्योग सञ्चालकबीच प्रतवेदन सार्वजनिक गरेको हो । “अधिकांश डेरीमा सरकारका कार्यक्रम लागू भएको पाइयो, विशेषगरी […]
समाज
कुलेखानी–फाखेल सडकको यातायात सञ्चालन
हेटौँडा, २ असोज । हेटौँडा–कुलेखानी सडकअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा खसेको ठूला–ठूला ढुङ्गा हटाई आज बिहान ७ः३० बजेदेखि हेटौँडा–काठमाडाँैको यातायात सेवा सञ्चालनमा ल्याइएको फाखेल प्रहरी चौकीले जनाएको छ । उक्त सडकमा हिजो करीब ९ः०० बजे राति पनि सुक्खा पहिरो गई यातायात सेवा अवरुद्ध भएको थियो । स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा फाखेलका प्रहरी टोलीले त्यसतर्फ […]
लगातार परेको पानीका कारण बाढी पहिरो सहित ठूलो क्षति
पोखरा, २ भदौ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनयता लगातार परेको पानीका कारण ठूलो क्षति पुगेको छ । गाउँपालिकाअन्तर्गत वडा नं १ को भारतीथर, २ को डाँडागाउँ, ३ कोे पाउँदुर, ६ को लुम्लेका साथै वडा नं १०, ११ लगायतका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति बनाएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिए । लगातारको बाढीका […]
वर्षाले खजुराका सयौँ घर डुबानमा
राँझा, २ असोज । बुधबार दिनभरको अविरल वर्षाले बाँकेको खजुरा गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन् । अविरल वर्षाले स्थानीय जेठी नालामा पानीको सतह बढेपछि खजुरा गाउँपालिका वडा नं ६ र ७ का सयौँ घर डुबानमा परेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, बाढीले खजुरा क्षेत्रका मात्र १७२ घर डुबाएको अहिलेसम्म […]
ग्रामीण क्षेत्रको स्वास्थ्य उपचारमा सहयोग पु¥याउन एम्बुलेन्स खरीद
कावासोती, २ असोज । ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले यहाँ रहेको क्लबले एम्बुलेन्स खरीद गरेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–६ मा रहेको मातृभूमि युवा क्लबले एम्बुलेन्स खरीद गरेको हो । एम्बुलेन्स खरीदपश्चात ग्रामीण क्षेत्रमा कोही बिरामी परे उपचारका लागि अस्पताल लैजान सहज हुने क्लबका सचिव तीर्थ डुमे्रले बताए । कावासोती नगरपालिका–६ […]
इच्छाकामना मन्दिर पुनःनिर्माणका लागि आर्थिक अभाव
मुग्लिन, २ असोज । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिरको पुनःनिर्माणका लागि आर्थिक अभाव भएको छ । धेरै वर्ष पुरानो ढुङ्गा–माटोको गारोले निर्माण गरिएको इच्छाकामना मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण शुरु गरिएको छ । मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार मन्दिरको पुनःनिर्माणका लागि रु तीन करोड २५ लाख लाग्नेछ । […]
डोल्पो महोत्सव मोरिम्ला नाका खोल्न जोड
डोल्पा, २ असोज । उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाअन्तर्गत धोगाउँमा आयोजना गरिएको डोल्पो महोत्सवमा मोरिम्ला नाका खोल्न जोड दिइएको छ । महोत्सवमा सहभागी हुनुभएका प्रमुख अथिति, विशेष अथिति तथा अतिथिहरुले नेपाल–चीन सिमानामा पर्ने मोरिम्ला नाका छिटो खुलाउनुपर्नेमा जोड दिएका हुन । चीन–नेपाल हुँदै भारतसम्म जोड्ने भेरी करिडोरलाई पूर्णता दिँदै व्यापारिकमार्गको रूपमा विकास गर्नसमेत नाका खुलाउनुपर्ने उनिहरूले […]
राजश्व छली गरेको आरोपमा तीन कम्पनी सञ्चालकविरुद्ध मुद्दा
काठमाडौँ, २ असोज । राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले ती कम्पनीबाट झण्डै रु ३६ करोड २४ लाख बिगो कायम हुने गरी सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ । झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छली गर्ने काठमाडाँैको एएस हार्डवेयरका […]
स्वास्थ्य सस्थाको ओपिडीतर्फको टिकट आज निःशुल्क हुने
काठमाडौँ, २ असोज । संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग ९ओपिडी० तर्फको टिकट निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको छ । स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले थप सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । संविधानअनुसार तीन […]
जङ्गली च्याउ खाएर परिवारै अस्पताल भर्ना
भद्रपुर, २ असोज । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उहाँका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी हुनुभएको थियो । सोही […]











