संविधान दिवसमा सरसफाइ

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज दमौलीमा बजार सरसफाइ गरिएको छ । संविधान दिवस मूल समारोह समितिको निर्णयबमोजिम तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको आयोजनामा बजार सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सबैलाई आह्वान गरे । दिवसको अवसरमा जिल्लामा विविध कार्यक्रम आयोजना गरिएकाले यसलाई सफल पार्न सबै जिल्लावासीलाई वाग्लेले अनुरोध गरे ।

सरसफाइ कार्यक्रममा समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलगायत सहभागी हुनुभएको थियो । संविधान दिवसको अवसरमा जिल्लामा रक्तदान, वक्तृत्वकला प्रतियोगिता, फलफूल वितरण, प्रभातफेरीलगायतका कार्यक्रम आयोजना गरिएको समन्वय अधिकारी प्रेमराज गिरीले जानकारी दिए।

Loading...