डेङ्गुको बिरामी बढ्दै

मकवानपुर, २ असोज । प्रदेश नं ३ मा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको प्रकोप बढ्दै गएको छ । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयका अनुसार यस प्रदेशमा आजसम्म चार हजार ८०० जनालाई डेङ्गु लागेको जनाइएको छ । डेङ्गुगबाट चितवनमा एक हजार ८६०, काठमाडौँमा एक हजार ३७०, मकवानपुरमा एक हजार ११०, ललितपुरमा १७, भक्तपुरमा १४५, […]

सुस्त गतिमा ‘उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान’

जुम्ला, २ असोज । ‘उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान’ (मारी) को केन्द्रीय कार्यालय जुम्लाको प्रसिद्ध पर्यटकीयस्थल गुठीचौरमा स्थापित छ । उच्च पर्वतीय क्षेत्रको कृषि अनुसन्धानका लागि स्थापित विश्वविद्यालयस्तरको संस्थाले भने अपेक्षित काम गर्न सकेको छैन । विसं २०७२ मा स्थापित अनुसन्धान प्रतिष्ठानका गतिविधिहरुको राम्रो प्रयोग हुन नसक्दा पर्वतीय क्षेत्रका नागरिकले अहिलेसम्म आशातीत लाभ लिन सकेका […]

जहाज होल्डबारे पर्यटनमन्त्रीको चासो : तत्काल सुधार गर्न निर्देशन

काठमाडौँ, २ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकासमै फन्को लगाउने )होल्डमा बसेको) सन्दर्भमा तालुकदार मन्त्रालयले नियामक निकायको ध्यानाकर्षण गराएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड हुनुका कारणबारे सत्यतथ्य पत्ता लगाई आवश्यक सुधार गर्न निर्देशन दिएका छन । अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा सेवा सुविधा […]

पुल निर्माणको माग गर्दै १२ दिनदेखि अनशन

बैतडी, २ असोज । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुलको माग गर्दै शुरु भएको रिले अनशन १२ दिनसम्म पनि जारी रहेको छ । पुल निर्माणका लागि सरकारी पक्षबाट कुनै पहल नभएकाले अनशन जारी राख्न बाध्य भएका पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिए । झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सबै […]

परिवार योजनामा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको जानकारी

काठमाडौँ, २ असोज । परिवार नियोजनका सेवा, यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा क्रियाशील नेपाल परिवार नियोजन सङ्घले आगामी दिनमा आफ्ना सेवालाई थप विस्तार गर्ने जनाएको छ । हाल सङ्घले देशका ३३ जिल्लाका ३०१ गाउँपालिकाका एक हजार २३२ सेवा केन्द्र, २२ चिकित्सकसहितको क्लिनिक, ५६ सामुदायिक क्लिनिक, पाँच प्रसूति सेवा केन्द्र, ८८ युवा सूचना केन्द्र र […]

वाणिज्यको छापामा व्यापारीको विरोध

काठमाडौँ, २ असोज । चाडवाडका समयमा उपभोक्तामाथि हुने ठगी बढ्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई व्यापक बनाएको छ । खाद्य पदार्थको अनुगमनलाई तीव्र बनाउँदै आएको विभागले केही दिनयता कपडा व्यापारीमाथि पनि निगरानी बढाउन थालेको हो । यसैक्रममा आज विभागको टोलीले तयारी पोशाकको ‘होलसेल’ मुख्य केन्द्र रहेको न्यूरोडको रञ्जना क्षेत्रमा छापा मारेको […]

संविधान दिवसमा चिडियाखाना प्रवेश शुल्कमा छुट

काठमाडौँ, २ असोज । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले अवलोकनका लागि आउनेलाई आजदेखि शनिबारसम्म प्रवेश शुल्कमा छुटको व्यवस्था गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा चिडियाखाना व्यवस्थापन समितिले प्रवेश शुल्कमा छुट दिने निर्णय गरेको हो । चिडियाखानाका सूचना अधिकारी लिना चालिसेका अनुसार १२ वर्ष उमेरसम्मका बालबालिकालाई यस समयमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको […]

बीस हजार मेट्रिक टन चिनी आयात गरिने

काठमाडाै, २ असोज । सरकारले चाडबाडको समयमा उपभोक्ताको मागलाई हेरेर चिनीको अभाव हुन नदिन सरकारी कम्पनीमार्फत २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । भदौ अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई १०÷१० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी अयात […]

प्रहरी नायब निरीक्षक घुससहित नियन्त्रणमा

काठमाडौँ, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिएबापत पन्तले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो । उनलाई घुसबापतको रु पाँच हजारसहित कागेश्वरी […]

यात्रु अभावमा सुकेटार विमानस्थलमा उडान भएन

ताप्लेजुङ, २ असोज । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन । वर्षात्मा मौसम खराबीका कारण उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो । मौसम खुलेसँगै उडान गर्न सकिने भए पनि पछिल्लो पटक यात्रु नभएकाले उडान नभएको नेपाल वायुसेवा निगमका स्टेशन प्रमुख राजु कार्कीले बताए । ‘असार, साउनमा मौसम […]