बारा, २३ भदौ । जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ । औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन् । औषधि अभावबारे अस्पताल व्यवस्थापन समिति बेखबर छ । अस्पतालमा चिकित्सकसहित ५९ जनाको दरबन्दी रहेकामा पाँच चिकित्सकसहित ११ कर्मचारी मात्र कार्यरत छन् । जनशक्ति नहुँदा अस्पतालको कामकाज प्रभावित भएको छ । सेवा नै बन्द गर्नुपर्ने अवस्था […]
समाज
रुपन्देही अजिङ्गरको उचित बासस्थान
रुपन्देही, २३ भदौ । रुपन्देही अजिङ्गरका लागि उचित बासस्थान भएको स्थानका रुपमा पाइएको छ । जिल्लाका विभिन्न स्थानमा भेटिएका अजिङ्गरको तथ्याङ्क हेर्दा बासस्थानका लागि उपयुक्त भएको पाइएको हो । डिभिजन वन कार्यालय रुपन्देहीका अनुसार यो आर्थिक वर्षमा मात्रै नौ वटा अजिङ्गर उद्धार गरी पुनःस्थापना गरिएको छ । जिल्लाको मायादेवी, ओमसतिया गाउँपालिका, सिद्धार्थ नगरपालिका लगायतका विभिन्न […]
मुगु जिल्लाको सात दूधे ताल ओझेलमा
सिञ्जा २३ भदौ । मुगु जिल्ला कर्णाली प्रदेशअन्तर्गत सबैभन्दा बढी पर्यटकीय क्षेत्र भएको मुगु जिल्लामा रहेको दूधेतालहरु पर्यटकको पर्खाइमा छन् । छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँको उत्तर दिशामा एकै ठाउँमा सात वटा दूधेताल छन् । हिजोआज प्रचार–प्रसारको अभावमा यी दूधेतालहरु पर्यटकको पर्खाइमा रहेका छन् । सदरमुकाम गमगढी बजारबाट दुई दिन पैदल यात्राबाट ती दूधेतालहरुमा पुग्न […]
बालविवाह अपराध:‘सानै छु बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ
विराटनगर, २३ भदौ । बालविवाहलाई सामाजिक अपराध मानिए पनि अझैसम्म समाजमा यो कुप्रथा विद्यमान छ । बालविवाह गर्ने र गराउने दुवैलाई कानूनबमोजिम तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवानाका साथै त्यस्ता विवाह बदर गरिने भए पनि लुकिछिपी यस्ता विवाह हुने गरेको पाइन्छ । समाजमा बालविवाह बढ्दै गएको जिल्ला प्रहरी कार्यालय मोरङ महिला बालबालिका तथा […]
युरोपको अन्तिम विन्दुबाट सगरमाथाको गहिराइ नाप्दा
पोर्चुगल, २३ भदौ । अमेरिका पत्ता नलागेसम्म विश्वकै अन्तिम विन्दु पोर्चुगलको कावा दी रोकालाई मानिन्थ्यो । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम विन्दुका रूपमा चिनिन्छ । अहिले यही अन्तिम विन्दुको युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको गहिराइ नाप्ने काम भएको छ । सामान्यतया सगरमाथाको उचाइ नापिन्छ तर कविको मन न हो […]
कर्णेलको रगतले सुत्केरीको जोगियो ज्यान
डोटी, २३ भदौ । नेपाली सेनाको डोटी सिलगढीस्थित रुद्रध्वज गणका गणपति रत्नकेशर खड्काले दिएको रगतले जिल्लामा एक सुत्केरीको ज्यान बचेको छ । सुत्केरी हुँदा अत्यधिक रक्तश्रावका कारण जिल्ला अस्पताल सिलगढीमा भर्ना भएकि केआईसिंह गाउँपालिका ६ भूमिराजमाण्डौकी २२ वर्षीया भावना नाथ योगीलाइ प्रमुख सेनानी खड्काले दुई पिन्ट ए पोजेटिभ रगत दान गरेपछि उनको ज्यान जोगिएको जिल्ला […]
एटिएम मेसिनमा घुसेर मुसाले १२ लाख भन्दा बढी नोट टुक्रा–टुक्रा पारे
एजेन्सी। एटिएम मेसिनमा घुसेका मुसाले त्यसमा रहेका १२ लाख भारु भन्दा बढी पैसा टुक्रा टुक्रा पारेका छन् । लामो समय देखि बिग्रेर बसेको एटिएम मेसिनमा मुसाले यस्तो चर्तिकला गरेका हुन् । बिग्रिएको एटिएम मेसिन बनाउन पुगेका प्राविधिक टोलिले मेसिन खोलेर हेर्दा यस्तो देखेका थिए । अहिले सो घटना सोशल मिडियामा भाइरल बनेको छ । सार्वजनिक […]
लाखौंको सङ्ख्यामा पाइने डंगर गिद्ध २,००० मा सीमित
अर्घाखाँची, २३ भदौ । नेपालमा पाइने चराका ८८६ प्रजातिमध्ये डंगर गिद्ध अति सङ्कटापन्न लोप हुने अवस्थामा छ । हाल नेपालमा डंगर गिद्धको सङ्ख्या २ हजारको हाराहारीमा रहेको अनुमान छ । सन् १९९० को दशकमा दक्षिण एशियामा करोडौं र नेपालमा लाखौंको सङ्ख्यामा पाइने गिद्ध झण्डै ९५ प्रतिशतले घटी हिजोआज केही हजारमा सीमित हुन पुगेको छ । […]
भाइरल ज्वरोले किशोरीको मृत्यु
जाजरकोट, २३ भदौ । जाजरकोटमा भाइरल ज्वरोले एक किशोरीको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–६ टाँसीधुमा घर भई सदरमुकाम खलङ्गा थाप्लेमा बस्दै आएकी १४ वर्षिया आशा विकको आज मृत्यु भएको हो । ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्नेलगायत समस्या देखिएपछि उनी जिल्ला अस्पतालमा साताअघि उपचारका लागि भर्ना भएकी थिइन् । सातासम्म पनि उनको अवस्थामा […]
एएलडी हेलिकप्टर खराब मौसम कारण आकस्मिक अवतरण
दैलेख, २३ भदौ । सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ । आज बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ । बिहान ७ः३० बजे बारुदथानको खुला चौरमा हेलिकप्टर अवतरण गरिएको […]










