ठेकेदारको लापरवाहीले रंगुनमा पुल बनेन

परशुरामधाम, २३ भदौ । डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने रंगुन नदीमा पुल बन्ने भएपछि खुशी भएका यहाँ बासिन्दाको खशी लामो समय रहेन । पाँच वर्ष अगाडि २०७१ असार १८ गते पुल निर्माणको ठेक्का सम्झौता हुँदा उनीहरु निकै खुशी थिए । नदीले दिएको दुःख पुल बनेपछि हट्ने आशा बोकेका उनीहरु पाँच वर्ष बितिसक्दा पनि पुल नबन्दा अहिले […]

अब रक्सी खान पनि लाइसेन्स लिनुपर्ने, सरकारले ल्यायो यस्तो कडा नीति

जुम्ला, २३ भदौ । कर्णाली प्रदेशमा रक्सी खान लाइसेन्स लिनुपर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले अब प्रदेशमा रक्सी खान अनुमतिपत्र लिनुपर्ने अनिवार्य व्यवस्था कर्णाली सरकारले गर्न लागेको बताए। ‘कर्णालीमा अब मदिरासेवन गर्न पनि प्रमाणपत्र लिनु पर्नेछ, त्यसको लागि कर्णाली प्रदेश सरकारले तयारी थालेको छ,’ उनले भने, ‘समाजमा मदिरासेवनकै […]

विदेश छाडेर गाउँमै प्राङ्गारिक तरकारी खेती

बेनी, २३ भदौ । पछिल्लो समय तरकारीबारीदेखि भान्सा र मुखसम्मनै विषादीयुक्त तरकारी र फलफूल पुग्ने गरेको सन्दर्भमा म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रबाङका चार युवाले सामूहिक प्राङ्गारिक तरकारी खेती शुरु गरे । लामो समय वैदेशिक रोजगारीमा समय व्यतीत गर्नुभएका तेजेन्द्र आचार्य, ओमबहादुर दर्जी, दलबहादुर नेपाली र भविलाल सुवेदीले सात रोपनी जग्गा भाडामा लिएर तरकारीखेती शुरु गरे । […]

डेङ्गुबाट कञ्चनपुरमा पाँच प्रभावित

कञ्चनपुर, २३ भदौ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरसबाट कञ्चनपुरमा पाँच जना प्रभावित भएका छन ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार डेङ्गुको भाइरसबाट वेदकोटमा तीन, कृष्णपुर नगरपालिकामा एक र महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका एक गरी पाँच जना प्रभावित भएको पाइएको छ । वेदकोटका तीन जनाको […]

व्यास नगरपालिकाको पाश्र्वचित्र तयार

दमौली, २३ भदौ । तनहुँको व्यास नगरपालिकाको विकासको विद्यमान अवस्था, सम्भावना र स्रोतका सम्बन्धमा आवश्यक सूचना व्यवस्थापन गर्न पाश्र्वचित्र तयार पारिएको छ । नगरपालिकाको भौगोलिक, सामाजिक, आर्थिक, पूर्वाधारलगायत क्षेत्रको विद्यमान स्थिति झल्काउन पाश्र्वचित्र तयार गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको जनसाङ्ख्यिक, भू–जैविक, भौतिक, मानवीय, आर्थिक, सामाजिक, वातावरण र संस्थागत क्षेत्रको विषयगत र वस्तुगत स्थिति चित्रण […]

संविधान दिवस भव्य रुपमा मनाइने

चितवन, २३ भदौ । विभिन्न सङ्घसंस्था र कार्यालयहरुलाई कामको बाँडफाँट गरी जिल्लामा संविधान दिवस विशेष रुपमा मनाइने भएको छ । विगत वर्षको भन्दा उच्च प्राथमिकतामा राखेर संविधान दिवस मनाउन लागिएको हो । संविधान दिवस २०७६ भव्यरुपमा मनाउन गठित जिल्लास्तरीय मूल समारोह समिति चितवनका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार दिवस मनाउन ५५१ […]

अस्पतालमा ज्वरोका बिरामी थामिनसक्नु

चितवन, २३ भदौ । यहाँको भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए । तीमध्ये धेरैलाई डेङ्गु र केहीलाई इन्फ्लुएन्जा […]

‘सटर स्रोत’को भरमा धार्मिक संस्था

बाँके, २३ भदौ । नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर सटर विवादका कारण चर्चामा छ । मन्दिर क्षेत्रमा व्यापारिक प्रयोजनका सटरहरु निर्माण गर्ने वा नगर्ने भन्नेमा विवाद चुलिएको छ । अधिकांशको सुझाव र दबाब मन्दिर परिसरमा सटर नबनाऊँ भन्ने छ । ‘अनि मन्दिर व्यवस्थापन खर्च कसरी चलाउने रु’, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अहिलेको तनाव यति […]

सर्पले डस्दा महिलाको मृत्यु

राजविराज, २३ भदौ । सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेकी छिन् । घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको हो । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको हो ।

आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुङ्गा, २३ भदौ । आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट […]