चीनको खासा क्षेत्रमा सडक बिग्रेपछि तातोपानी नाकाको आयत निर्यातको काम रोकिएको छ । सडक ममर्त सुरु गरेपछि दशैंको लागि लोड भएका कन्टेनरहरु खासा क्षेत्रमा नै रोकिएको छ ।
नाका सुरु भएपछि केही महिना सुनसान जस्तै देखिए पनि दशैंमा कारोबार बढ्ने यस क्षेत्रका व्यापारीहरुले विश्वास गरेपनि दशैंको मुखमानै सडक बिग्रिएपछि व्यापारीहरु मारमा परेका छन् । सडक ममर्त गर्न एक साता बढी लाग्ने चिनियाँहरुले जानकारी गराएपछि तातोपानी नाका अहिले सुनसान छ ।
तातोपानी नाकाबाट चाडबाट लक्षित गरेर स्याउ, रेडिमेड कपडा, लसुन लगायतका सामग्रीहरु नेपाल भित्रिरहेको थियो । रसुवा नाका जोड्ने सडक पनि अवरुद्ध भए पनि चिनसँग व्यापारीक कारोबार गर्ने प्रमुख दुइ नाका नै बन्द भएको छ ।
भुकम्पपछि तातोपानी नाका बन्द भए पनि अर्को नाका रसुवाबाट व्यापारीक कारोबार भइरहेको थियो । वर्षाले रसुवा नाका जाने बाटो पनि बन्द भएपछि तातोपानी नाकामा चहलपहल बढेको थियो । चिनियाँ सामग्री लिन दैनिक ४० वटा सम्म कन्टेनर खासा जाने गरेको थियो । अहिले सबै रेकियो सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक हिरा महराले जानकारी दिए ।
पहिलाको भन्दा नाका क्षेत्रमा अहिले चिनियाँहरुले कडाई गरेको व्यापारीहरुले गुनासो गरेका छन् । खासा क्षेत्रमा जान पनि नेपालीहरुलाई कडाई गरेको छ । अहिले सिन्धुपाल्चोकबासीलाई मात्रै खासा क्षेत्रमा अस्थाई पास दिएर जान दिने गरेको छ । अध्यागमन कार्यालय कोदारीले सामग्री लोड अनलोडका लागि हालसम्म २ सय ३० जनालाई मात्रै पास दिएको छ यसमा कन्टेनरका चालक र भरियाहरु रहेका छन् ।
प्रतिकृया दिनुहोस