दशैँमा मासुको अभाव नहुने विभागको दाबी

काठमाडौँ, ७ असोज । यस वर्षको दशैँमा उपत्यकाभित्र मासुको अभाव हुन्छ भन्ने समाचारमा कुनै सत्यता नरहेको पशुपक्षी विभागले जनाएको छ । केही दिनदेखि केही सञ्चार संस्थाले दशैमा मासुको अभाव हुन्छ भन्ने समाचार प्रकाशन तथा प्रसारण गरेपछि पछिल्लोपटक विभागले सो प्रतिक्रिया दिएको हो । उपत्यकामा झण्डै ३५ देखि ४० लाख मानिसको बसोबास रहेको अनुमान छ । […]

डिभी लोटरी भर्न यसपटक पासपोर्ट अनिवार्य चाहिने

काठमाडौँ, ७ आश्विन । आगामी आर्थिक बर्षका लागि अक्टोबर २ देखि डिभी लोटरी खुल्ने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयका अनुसार आगामी अक्टोबर २ तारिख बुधबार न्युयोर्क समय अनुसार दिउसो १२ बजेदेखि डिभी लोटरी भर्न सकिनेछ । न्युयोर्क समय अनुसार नोभेम्बर ५ मंगलबार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ । यसपटक डिभी लोटरी […]

तीन वर्षमा चौतीस कानून

जाजरकोट, ७ असोज । नगर क्षेत्रको दैनिक काम व्यवस्थित गर्न यहाँको भेरी नगरपालिकाले ३४ वटा कानून निर्माण गरेको छ । विसं २०७४ देखि २०७६ साउनसम्म नगरपालिका कार्यविभाजन नियमावलीदेखि नगरप्रहरी सञ्चालन तथा व्यवस्थापनलगायत ३४ कानून निर्माण भइसकेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । त्यस्तै कार्यसम्पादन नियमावली, प्रशासकीय कार्यविधि ऐन, स्थानीय शिक्षा ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, न्यायिक […]

प्रभावकारी बन्दै पशु बीमा कार्यक्रम

पाँचथर, ७ असोज । किसानका लागि पशुधनको सुरक्षाको दृष्टीले राम्रो मानिने पशु बीमा कार्यक्रम पछिल्लो समय पाँचथर तथा ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लामा प्रभावकारी बन्दै गएको छ । कतिपय बीमा कम्पनीले पशु बीमा गर्दा त्यसमा रु एक सय थप्दा पशु धनीकोसमेत बीमा हुने भएपछि पछिल्लो समय पाँचथरमा पशु बीमातर्फ किसानमा आकर्षण बढ्दै गएको छ । पशुका […]

डेङ्गुका कारण पर्यटक आएनन्

चितवन, ७ असोज । साउन महीनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ । भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा यस वर्ष भने न्यून सङ्ख्यामा आएका छन् । चितवनस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक […]

लोकसेवाले २० हजार पदमा विज्ञापन गर्दै, खरिदारदेखि सहसचिवसम्म

काठमाडौँ । लोकसेवा आयोगले २० हजार कर्मचारीका लागि विज्ञापन गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सेवा र समूहमा करिब २० हजार कर्मचारी रिक्त रहेको जानकारी पठाएपछि ती पदहरु पूर्ती गर्न आयोगले विज्ञापन गर्ने तयारी गरेको हो । संघीय मामला तथा संघीय मामला मन्त्रालयका प्रवक्ता सहसचिव भूपाल बरालका अनुसार रिक्त […]

पुनःनिर्माण कार्यक्रम वडालाई हस्तान्तरण

बनेपा, ७ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिरकणसँगको समन्वयमा कारितास नेपालले भूकम्पपछि काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकामा सञ्चालित ‘नेपाल भूकम्प पुनःनिर्माण कार्यक्रम’ सम्पन्नपछि वडालाई हस्तान्तरण गरिएको छ । भूकम्पपछि पुनःनिर्माणको काममा कारितासले सहयोग गर्दै आएकोमा काभ्रेको दुर्गम कोशीपारि क्षेत्रको चौरीदेउराली गाउँपालिकास्थित वडा नं १ को सानोवाङथली, २ को नाग्रेगगर्चे र ३ को माझीफेदामा निजी आवास पुनःनिर्माण, खानेपानी सरसफाइ […]

कावासोती दुर्घटना अपडेट: मृतक सबैको पहिचान

कावासोती, ७ असोज । नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टामा दुर्घटनामा परी मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेँगामगर, देवचुली नगरपालिका–१० का दिपेश राना, सोही स्थान घर भएका हीरा राना र कैलाली धनगढी–११ का सुरज रानामगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी […]

वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील: उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ७ असोज । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आज यहाँ आयोजित २७ औँ वार्षिक साधारणसभामा बोल्दै उनले यस क्षेत्रका समस्या समाधानका उपायसहित आउन व्यवसायीलाई आग्रह गरे । उनले भने, “स्पष्ट अवधारणासहित सरकारसँग आउनुहोस् सरकारले समस्याको समाधान गर्नेछ […]

नेपालीको महान् पर्व नजिकिए संगै दुई दिनमा २० हजारले लिए अग्रिम टिकट

काठमाडौँ, ७ असोज । नेपालीको महान् पर्व दशैँ, तिहार तथा छठका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका हुन् । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय […]