दार्चुला, २५ भदौ । शैल्यशिखर नगरपालिका–९ का किडीदेवी बादीको गत वर्षसम्म बर्खायाम आउँदा जाग्राम बस्नुपर्ने बाध्यता थियो । घरभित्रै चमेलिया नदीको छाल आउँथ्यो । कति बेला भाँडाकुँडा बगाउने डर हुन्थ्यो भने कति बेला परिवार नै बगाएर लैजाने चिन्ताले पिरलिरहन्थ्यो । प्रत्येक वर्ष चमेलिया नदी वर्षायाममा उर्लेर आउँदा उनलाई त्यही समस्याले पिरोल्थ्यो । उर्लेर बहेको चमेलिया […]
समाज
सीमा पारी काम गर्न साढे तीन हजारले लिए ‘सीमा पास’
हुम्ला, २५ भदौ । छिमेकी मित्रराष्ट्र चीनमा काम गर्न जानका लागि तीन हजार ५०० हुम्लीले सीमा पास बनाएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जोड्ने हिल्सा नाका खुलेपछि कामको खोजीका लागि वैशाखदेखि उनीहरूले नयाँ सीमा पास नवीकरण गरेको जिल्ला प्रशासन हुम्लाले जनाएकोे छ । यो नाका हिमपातका कारण वर्षमा छ महीना मात्र खुल्ने गर्छ […]
कर्णाली राजमार्गको दुर्दशा
जुम्ला, २४ भदौ । पातारासी गाउँपालिका–२ तल्फीगाउँ जुम्लामा भदौ २० र २१ गते बसेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले ‘२१ बुँदे जुम्ला घोषणापत्र’ जारी गर्दै बैठक सम्पन्न ग¥यो । बैठकले त्यहीँबाट विश्वव्यापी चुनौतीका रूपमा देखिएको जलवायु परिवर्तनको असरसँग जुध्न सरोकारवालाहरुलाई ‘हिमाल बचाउ अभियान’ सञ्चालन गर्न आग्रह गर्दै केन्द्रीय समितिको टोली […]
प्रधानसेनापति थापाको सम्पत्ति सार्वजनिक
काठमाडौँ, २४ भदौ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । प्रधानसेनापति थापाले आज नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा आठ आना जग्गा र घर छ । सो जग्गा आमाबाट बकसपत्रमार्फत प्राप्त भएको हो । थापाको लमजुङ बेँसीशहर नगरपालिका–४ मा अंशबण्डाबाट प्राप्त भएको १२ रोपनी, […]
बिपी साहित्य सम्मान ‘बैरागी काइला’लाई
काठमाडौँ, २४ भदौ । वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’लाई यस वर्षको ‘बिपी साहित्य सम्मान पुरस्कार’ प्रदान गरिएको छ । जननायक बिपी कोइराला स्मृति ट्रष्टले आज यहाँ एक कार्यक्रमको आयोजनामा रु एक लाख एक हजार राशिसहितको उक्त सम्मान उनलाई प्रदान गरेको हो । यसैगरी रु ५१ हजार राशिको ‘बिपी सेनानी सम्मान पुरस्कार’ प्रजातन्त्र स्थापनाको आन्दोलन […]
विपत्जन्य फोहरमैला व्यवस्थापनमा जोड
काठमाडाँै, २४ भदौ । विपत् जोखिमको दृष्टिकोणबाट नेपाल विश्वभर ११औँ स्थानमा पर्छ । बर्सेनि हुने प्राकृतिक एवम् अन्य विपत्बाट देशभर ठूलो जनधन र भौतिक पूर्वाधारको क्षति हुने गरेको छ । प्रत्येक विपत्पश्चात् ठूलो मात्रामा विपत्जन्य फोहरमैलासमेत उत्पादन हुन्छ । मुलुक अहिले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पतर्फ अघि बढिरहेको छ । सरकारले आफ्नो नीति तथा […]
मसला उद्योगीविरुद्ध मुद्दा
काठमाडौँ, २४ भदौ । बाँकेको नेपालगञ्जस्थित नेपाल पान मसला उद्योगका सञ्चालक कुतबुद्दिन शेखविरुद्ध राजश्व अनुसन्धान विभागले करोडौँ राजश्व छलेको अभियोगमा मुद्दा दायर गरेको छ । राजश्व चुहावट गरेको अभियोगमा रु सात करोड ५२ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ । उक्त उद्योगले अन्तःशुल्क स्टिकर टाँस नगरिएको तथा २०७३ देखि २०७६ सम्मको […]
अपराध महाशाखा र काठमाडौँ प्रहरीमा कसुरअनुसारको हिरासत कक्ष
काठमाडौँ, २४ भदौ । प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ । महिला र पुरुषको कक्ष छुट्ययाइए पनि अपराधअनुसारको कक्ष भने सीमित नै छ । मुलुकको राजधानी काठमाडौँको सुरक्षा हेर्ने महानगरीय अपराध नियन्त्रण […]
कसुर अनुसार फरक फरक हिरासत कक्ष बनाउँदै प्रहरी
काठमाडौँ, २४ भदौ । प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ । महिला र पुरुषको कक्ष छुट्ययाइए पनि अपराधअनुसारको कक्ष भने सीमित नै छ । मुलुकको राजधानी काठमाडौँको सुरक्षा हेर्ने महानगरीय अपराध नियन्त्रण […]
इन्द्रजात्रा प्रारम्भ, विधिवत रुपमा य:सिं ठड्याइयो (भिडियो सहित)
काठमाडौँ, २४ भदौ । राष्ट्रिय पर्वको रुपमा मानिदै आएको इन्द्रजात्रा आजबाट प्रारम्भ भएको छ । मंगलबार बिहान ९ः१५ को शुभसाइतमा काठमाडौँ वसन्तपुरस्थित हनुमानढोका दरवार कालभैरव अगाडि विधिवत रुपमा यःसिं (इन्द्र ध्वजा) ठड्याइएसँगै यस वर्षको इन्द्रजात्रा शुभारम्भ भएको हो । इन्द्रजात्रा काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाउने गरिन्छ । वर्षा र सहकालका देवता इन्द्रको […]










