दशैँको मुखमा चामल अभाव

 सिमकोट, ७ असोज । गत आर्थिक वर्षमा आइपुग्नुपर्ने खाद्यान्न काठमाडाँै हँुदै सदरमुकाम सिमकोटमा सोमबार मात्र पुगेको छ । हुम्लाको दक्षिणी भेगका लागि भने खाद्यान्न ढुवानीको सम्झौता भर्खर भएको छ । चालू आवमा नेपाल खाद्य संस्थानले बोलपत्र आह्वान ढिलो गरेका कारण यस वर्षको दशैँमा जिल्लाको तल्लो भेगमा खाद्यान्न ढुवानी गर्न ढिलाइ हुने भएको छ । असार […]

फुस्रे खोलामा डुबेर मृत्यु

पोखरा, ७ असोज । पोखरा महानगरपालिका–२२ खाल्सेचिसापानीस्थित फुस्रेखोलामा डुबेर आज एक जना महिनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका घर भई साथीसँग पोखरा घुम्न आएकी २५ वर्षीया अनु भण्डारीको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार दुई जना महिला डुबेर बेपत्ता भएको खबरका आधारमा […]

अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ, ७ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गङ्गा तिमल्सिनालगायत १० जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठमाडौँ उपत्यकामा दूध वितरणका लागि गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेस प्रालिलाई ठेक्का दिइएकामा ठेकेदार कम्पनीसँग मिलेमतो गरी बोलपत्र नै प्रकाशन नगरेर सम्झौता गरेको पाइएको आयोगले जनाएको छ । […]

गाँजा तस्करलाई गोली हानेर पक्राउ

मकवानपुर,७ असोज । प्रहरीले एक गाँजा तस्करलाई गोली हानी पक्राउ गरेको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहा नेतृत्वको टोलीले चालक अफ्रिका चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउन्ड गोली प्रहार गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज यहाँ पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउँदै पर्सा जिल्ला वीरगञ्ज […]

नौ सय किमी सडक कालोपत्र

दाङ, ७ असोज । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुक सङ्घीयतामा गएसँगै विकास निर्माणका कामले तीव्र गति पाएको बताएका छन । आज तुलसीपुरमा भएको नेपाल हेभिइक्युपमेन्ट अपरेटर सङ्घ प्रदेश नं ५ स्तरीय भेलामा मुख्यमन्त्री पोखरेलले विकासका कामले तीव्रता पाएपछि सङ्घीयतालाई असफल बनाउन केही तत्वबाट सङ्घीयताको विरुद्धमा अफवाह फैलाएर जनतामा निराशा थप्ने कार्य भइरहेको […]

म्हपूजा कात्तिक १२ मा गर्ने मंका खलको निर्णय

काठमाडौँ, ७ असोज । नेपाल भाषा मंका खलले नेपाल संवत् अनुसारको नयाँ वर्षको प्रथम दिन कछलाथ्व प्रतिपदाका दिन नै म्हपूजा मनाउने निर्णय गरेको छ । खलका सचिव नरेशवीर शाक्यले जारी गरेको विज्ञप्तिमा आगामी कात्तिक १२ गते कछलाथ्व प्रतिपदाका दिन नेपाल संवत् ११४० तथा म्हपूजा मनाउने निर्णय गरेको जनाएको छ । त्यस्तै कात्तिक ११ गते कौलागा […]

इञ्जिनीयर हत्या आरोपितलाई कैद सजाय

सप्तरी, ७ असोज । सप्तरीको राजविराज–६ का इञ्जिनीयर हरिनारायण देवको हत्या आरोपमा सप्तरी महादेवा गाउँपालिका–१ का ४२ वर्षीय हरेराम यादवलाई कैद सजायको फैसला भएको छ । जिल्ला अदालत सप्तरीका न्यायाधीश उमेश कोइरालाको इजलाशले यादवलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको हो । यसैगरी अन्य आरोपित छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका ३१ वर्षीय अजित सिंह भनिने अजय यादव, […]

परोपकारी संस्थालाई नगदसहित सम्मान

मध्यपुरथिमि, ७ असोज । मध्यपुरथिमिको राधेराधेस्थित भक्ति मन्दिर श्यामा श्याम धामको ११ आँै वाािर्षकोत्सवको अवसरमा नगदसहित एक सामाजिक संस्थालाई सम्मान गरेको छ । राधा माधव समिति नेपालले आयोजना गरेको कार्यक्रममा असहाय मनोरोगी महिला तथा उनीहरुका बालबालिकालाई संरक्षण प्रदान गर्दै आएको ‘स्नेही काख नेपाल’ नामक परोपकारी संस्थालाई राधा माधव समिति नेपालका कार्यवाहक अध्यक्ष गोपाल सापकोटाले आज […]

रातो मच्छिन्द्रनाथको पुनःनिर्माण हुँदै

ललितपुर, ७ असोज । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु भएको छ । भूकम्प गएको चार वर्ष वितिसक्दा पेरा र तुलसी कन्सट्रक्सन जेभीले मन्दिरको पुनःनिर्माण अघि बढाएको हो । श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको यस मन्दिर २०७५ साल फागुन अघि तीन ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिएका थिए । गतवर्ष फागुनको पहिलो हप्तासम्म […]

विद्युत् चुहावट साढे आठ प्रतिशतमा झार्ने रणनीतिक लक्ष्य

काठमाडौँ, ७ असोज । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षमा प्राधिकरणले तय गरेको योजना शतप्रतिशत कार्यान्वयन भएको खण्डमा चालू आवमा वितरण तर्फको चुहावट आठ दशमलव ५० प्रतिशतमा सीमित हुनेछ । हाल वितरणतर्फको चुहावट ११ दशमलव २८ प्रतिशतमा रहेको प्राधिकरणले जनाएको छ । सो चुहावटलाई […]