फुस्रे खोलामा डुबेर मृत्यु

पोखरा, ७ असोज । पोखरा महानगरपालिका–२२ खाल्सेचिसापानीस्थित फुस्रेखोलामा डुबेर आज एक जना महिनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका घर भई साथीसँग पोखरा घुम्न आएकी २५ वर्षीया अनु भण्डारीको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार दुई जना महिला डुबेर बेपत्ता भएको खबरका आधारमा सो क्षेत्रमा खटिएको प्रहरीको उद्धार टोलीले पनौती नगरपालिकी घर भएकी अर्की २५ वर्षीया भावना बस्नेतको उद्धार गरेको थियो । घाइते बस्नेतको पोखरा विरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।