तनहुँ, ८ असोज । जिल्लामा सञ्चालन हँुदै आएका १२ क्रसर उद्योग मापदण्डविपरीत रहेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तय गरेको मापदण्ड अनुरुप कुनै पनि उद्योग सञ्चालनमा छैनन् । यसरी उद्योग सञ्चालन गर्नेमा सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा छन् । खनाल गिट्टी बालुवा उद्योग, यशोशान्ति कङ्क्रिट स्टोन, थापा एग्रिगेट उद्योग, सिद्धेश्वर एग्रिगेट […]
समाज
प्रविधिसँग जोडिँदै महेन्द्र र चमेरे गुफा
चिप्लेढुङ्गा, ८ असोज । प्रविधिसँग शहरलाई जोड्ने क्रमसँगै पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा निःशुल्क वाइफाइ सेवा शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने उक्त गुफा घुम्न आउने पर्यटकको सहजताका लागि वाइफाइ सुविधा राखिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिए । विन्ध्यवासिनी माविको संरक्षण […]
आफूखुशी मूल्य बढाए कारवाही गरिने
भद्रपुर, ८ असोज । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएमा उद्योगी व्यवसायीलाई कारवाही गरिने जानकारी दिएका छन । नगरका विभिन्न उद्योगी, व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको मङ्गलबार आयोजित अन्तरक्रियामा उनले सर्वसुलभ मूल्यमा गुणस्तरीय खाद्य वस्तु नगरवासीलाई उपलब्ध गराउन व्यवसायीलाई सुझाव दिए । कालोबजारी सिर्जना गरेर कुनै उद्योगी व्यवसायीले अतिरिक्त […]
दशैँ मनाउन घर फर्किनेको लर्को
राँझा, ८ असोज । दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दशैँ मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । जाजरकोटको बारेकोटबाट रोजगारीका लागि भारतको सिमला पुगेका धनबहादुर […]
बलात्कार आरोपमा १४ वर्ष कैद
स्याङ्जा, ८ असोज । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्ष कैद सजायको फैसला गरेको छ । विरुवा गाउँपालिका–२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ पौड्यालको इजलासले १४ वर्ष कैद सजायका साथै पीडित बालिकालाई रु एक लाख क्षतिपूर्तिसमेत भराउने फैसला गरेको श्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए । रानाले २०७५ भदौ २० […]
कांग्रेसको दोस्रो चरणको जागरण अभियान, पाल्पा सहित देशभर प्रदर्शन
पाल्पा,८ असोज । नेपाली काँग्रेसको दोश्रो चरणको जागरण अभियानको अन्तिम दिन पाल्पा सहित देशभर सरकारविरुद्ध विरोध प्रदर्शन सहित सभा गरेको छ । सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको र संगठन सुदृढ र विस्तार गर्ने भन्दै काँग्रेसले देशभर जागण अभियान चलाएको थियो । वर्तमान सरकार काण्डै काण्डमा फसिरहेको भन्दै त्यसको विरोधमा अभियान चलाएको पाल्पा जिल्ला […]
आमाको हत्यापछि छोराछोरीको बिचल्ली
डोटी, ८ असोज । दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन् । मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैची प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । हत्यापछि अहिले कृष्ण जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् । हत्या अभियोगमा कारागार […]
‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाडौं’ मा ५ सय वर्षको इतिहास
काठमाण्डौ, ८ असोज । सिख धर्मका संस्थापक गुरु नानक पातशाहले पाँच सय बर्ष अघि गरेको नेपाल यात्राका विषयमा पुस्तक प्रकाशन हुने भएको छ । अमेरिकी लेखक मनजित सिंहले प्रकाशनमा ल्याउने पुस्तक “डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाडौं’ सिख धर्मका संस्थापक गुरु नानक पातशाहको नेपाल यात्रामा केन्द्रित हुनेछ । लेखक सिंह अमेरिकाको क्यालिफोर्नियामा रहेको […]
चट्याङ लागेर १५ भेडा मरे
लम्की, ७ असोज । कैलालीको जानकी गाउँपालिका–९ कटासेमा आज पानीसँगै परेको चट्याङ लागेर १५ भेडा मृत्यु भएको छ । पानी पर्न थालेपछि साजको रुखमा ओत लागेको अवस्थामा सोही रुखमा चट्याङ खस्दा भेडाको मृत्यु भएको अमरावती प्रहरी चौकीले जानकारी दिएका छन । जानकी गाउँपालिका–९ बक्लौवा शिविरका विपतराम चौधरीका भेडा जङ्गलमा चराउन लगिएको र पानी परेपछि कटासे […]
अपहरणको नाटक गर्ने पक्राउ
पोखरा,७ असोज । पोखराबाट आपूm अपहरणमा परेको भनेर नाटक गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । पोखरा–११ को फुलबारी बस्ने ४२ वर्षीय नारायणप्रसाद पौडेललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी गराएका छन । लेनदेनको विषयमा विपक्षीलाई फसाउने उद्देश्यले पौडेलले अपहरणको नाटक गरेको रहस्य खुलेपछि पक्राउ गरिएको बताइएको […]











