‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाडौं’ मा ५ सय वर्षको इतिहास

काठमाण्डौ, ८ असोज । सिख धर्मका संस्थापक गुरु नानक पातशाहले पाँच सय बर्ष अघि गरेको नेपाल यात्राका विषयमा पुस्तक प्रकाशन हुने भएको छ । अमेरिकी लेखक मनजित सिंहले प्रकाशनमा ल्याउने पुस्तक “डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाडौं’ सिख धर्मका संस्थापक गुरु नानक पातशाहको नेपाल यात्रामा केन्द्रित हुनेछ ।

लेखक सिंह अमेरिकाको क्यालिफोर्नियामा रहेको गुरु नानक देव सेवा सोसाइटी इन्टरनेसनलमा कार्यरत छन । करिब पाँच सय बर्ष अघि इस्वी संवत १५१५ देखि १५१६ सम्म सिख गुरु नानक पातशाहले गरेको नेपाल यात्राका बारेमा पुस्तकमा स-बिस्तार बर्णन गरिने लेखक मनजित सिंहले बताए ।

\गुरु नानक पातशाहको नेपाल भ्रमणका विषयमा लेखिने “डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाडौं’ पहिलो ए]तिहासिक पुस्तक हुने लेखकले दाबी गरेका छन । लेखक सिंहका अनुसार तत्कालिन समयमा नेपालमा मल्ल वंशको शासन रहेका बेला गुरु नानक पातशाह तेश्रो यात्राका क्रममा पहिलो पल्ट नेपाल आएका थिए । उनले करिब ११ महिना काठमाण्डौ लगायतका स्थानमा भ्रमण गरेका थिए ।

मल्ल शासन काल यता करिब पाँच सय बर्ष देखि सिख धर्मावलम्बि र गुरु नानक मठ काठमाण्डौसंग स्थापीत रहेको नेपाली जनताको सम्बन्धका बिषयमा पनि पुस्तकमा बर्णन गरिने लेखकले बताएका छन । लेखकले पुस्तक “डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाडौं’ को अन्तराष्ट्रिय प्रतिलिपी अधिकार संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेका छन ।