पर्यटन वर्षलाई सघाउन पालिकामा उपसमिति

बागलुङ, ८ असोज । गण्डकी प्रदेशले घोषणा गरेको पर्यटन वर्ष सन् २०१९–२०२२० सफल पार्न जिल्लाका स्थानीय तहमा उपसमिति गठन गरिएको छ । जिल्लास्तरीय समन्वय उपसमितिका अनुसार बागलुङ, गलकोट, ढोरपाटन, जैमिनी नगरपालिका, बरेङ, काठेखोला र बडिगाड गाउँपालिकामा उपसमिति गठन भइसकेको छ । तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकामा आजभोलिमै उपसमिति गठन गर्ने तयारी छ । पालिकास्तरीय उपसमिति […]

करेन्ट लागेर तीनको मृत्यु

धनुषा, ८ असोज । धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा होटेल सञ्चालक ५५ वर्षीय शिवकुमार महतो, उहाँकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदार रहेको इलाका […]

घरेलु हिंसामा तीन महीना कैदको फैसला

दार्चुला, ८ असोज । महाकाली नगरपालिका–७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासु पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालत दार्चुलाले जनही तीन महीना कैदको फैसला सुनाएको छ । न्यायाधीश गिरीराज गौतमको इजलासले आरोपितत्रयलाई दोषी ठहर गर्दै तीन/तीन महीना कैद र […]

जङ्गली जनावर धपाउन खेतमै डेरा

कञ्चनपुर, ८ असोज । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान जङ्गली जनावर धपाउनका लागि खेतमै डेरा जमाएर बस्ने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतमा छिर्ने बदेल, चित्तललगायतका जनावरले धानबाली खाइदिने भएपछि स्थानीय किसानले खेतमै डेरा हालेर बसेका हुन् । “जङ्गली जनावरका बथानका बथान खेतमा छिर्ने भएकाले रातभर सुत्न पाउँदैनौँ”, स्थानीय आशाराम चौधरीले भने, “जनावर भगाउनमै अनिदोमै […]

तीन दिनमा ४४ घरमा चोरी

गुल्मी, ८ असोज । तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिए । यसरी चोरी भएका स्थानमा गुल्मीदरबार–१ अन्तर्गत बलीथुममा आठ र वडा नं २ अन्तर्गत […]

रोकियो दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणकार्य

काठमाडौँ, ८ असोज . शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण शुरु गरेको दीर्घकालीन फोहर सङ्कलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ । बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ । लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको […]

रतन्छामा घरैपिच्छे माछापोखरी

खोटाङ, ८ असोज । सफा र चिटिक्क परेको घर । घरैपिच्छे माछापोखरी । घर नजिकै निर्माण गरिएका पोखरीमा खेलिरहेका हुन्छन् ग्रासकार्प र कमनकार्प प्रजातिका माछा । साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासीका प्रत्येक घरमा माछापालन व्यवसाय गरिएको छ । जताततै पर्याप्त पानीको स्रोत रहेको रतन्छामा विसं २०५४ मा काठमाडौँस्थित गोदावरीबाट तीन हजार माछाका भुरा ल्याएर वितरण गरिएको […]

महिला तथा बालबालिका हराउने क्रम बढ्दै

तुलसीपुर, ८ असोज । दाङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका अनुसार चालू आर्थिक वर्ष २०७६/७७ का दुई महीनामा ३४ महिला तथा २९ बालबालिका हराएका छन् । जसमा १६ बालिका र १३ बालक हराएका छन् । तीमध्ये छ महिला, पाँच बालिका र पाँच बालक फेला परेका छन् […]

रोकियो दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणकार्य

काठमाडौँ, ८ असोज । शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण शुरु गरेको दीर्घकालीन फोहर सङ्कलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ । बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ । लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको […]

‘सुनको पहाड’ मा बेपत्ता परिवारको पीडा

काठमाडौंँ, ८ असोज । आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ । पूर्वमन्त्री राम कार्की, लेखक डा अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले मङ्गलबार संयुक्त रूपमा कृति सार्वजनिक गरे । सो अवसरमा नेकपा नेता कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नुपरेको पीडालाई प्रस्तुत गरेको तथा घटनाको […]