रुकुमपश्चिम, २६ भदौ । मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो । विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको […]
समाज
प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित
महोत्तरी, २६ भदौ । प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित प्रभावित भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो । प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा आज बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु सङ्क्रमण […]
आधुनिकतासँगै कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा
खोटाङ, २६ भदौ । कुमाल समुदायको पुख्र्यौली पेशा माटोको भाँडा बनाउने सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय हाटबजारमा आधुनिक प्रविधिका भाँडाहरु सुपत मूल्यमा प्रशस्त पाउन थालेसँगै कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा परेकोे हो । जिल्लाको एक मात्र ठाउँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा बन्ने माटोको भाँडाहरु पहिलेको तुलनामा कम बिक्री हुने गरेको यो पेशा […]
करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते
जलेश्वर, २६ भदौ । महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार ठाकुरको घरको भुइँमा नाङ्गो तार झरेको अवस्थामा गएराति अचानक […]
भ्रष्टाचारजन्य उजुरीका आधारमा बागलुङ पाँचौँ स्थानमा
गलकोट, २६ भदौ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये भ्रष्टाचारजन्य उजुरीका आधारमा बागलुङ पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा बागलुङ पाँचाँै जिल्लाका रुपमा सूचीकृत भएको हो । आयोगमा परेको भ्रष्टाचार सम्बन्धी उजुरीका आधारमा कास्की पहिलो, छिमेकी जिल्ला पर्वत दोस्रो, तनहुँ तेस्रो र स्याङ्जा […]
तीन डोजरमा अज्ञात समूहद्वारा आगजनी
म्याग्दी, २६ भदौ । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो । बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका डोजरमा गए राति आगो लगाइदिएको बिएन कन्ट्रक्सनका सञ्चालक […]
इन्द्रजात्रा अवलोकन गर्न ६ देशका ५ नगरप्रमुखसहित ४८ विदेशी पाहुना काठमाडौँ आउँदै
काठमाडौँ, २६ भदौ । इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै छन । भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । “भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन […]
परीक्षणको एक दशकमा पनि चुनढुङ्गा खानी सञ्चालन भएन
वालिङ, २६ भदौ । परीक्षण भएको एक दशक हुन लाग्दा पनि यहाँको चुनढुङ्गा खानीको उत्खनन हुन सकेको छैन । वालिङ नगरपालिका–११ स्थित गाजने, मानडाँडा र पहरेमा खानी तथा भू–गर्भ विभागले विसं २०६६ मा तीन महीना लगाएर खानी परीक्षण गर्दा ठूलो मात्रामा चुनढुङ्गा निकाल्न सकिने सम्भावना औल्याएको थियो । तर परीक्षण गरेको एक दशक हुन लाग्दा […]
बढी अपराध आइतबारका दिन
भीमदत्तनगर, २५ भदौँ । गत वर्ष साउनमा भएको १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणले चर्चा सर्वत्र पाए पनि कञ्चनपुर सुरक्षाका दृष्टिकोणले शान्तिपूर्ण जिल्लाका रुपमा चिनिन्छ । निर्मला प्रकरणले कञ्चनपुर अपराध बढी हुने जिल्लाको रुपमा बढी प्रचारबाजी गरिए पनि र भारतसित खुला सीमा जोडिए पनि यहाँ ठूला आपराधिक घटना भने भएका छैनन् । निर्मला प्रकरणमा प्रहरीको […]
विकासको आधार विनाश हुनुहुँदैन: हुलाकी सडक पीडित
विराटनगर, २५ भदौ । विराटनगर–रङ्गेली–झापाको चार लेनको हुलाकी सडकअन्तर्गत अहिले विराटनगर–रङ्गेली–रतुवा खोलासम्म ४२ किलोमिटर सडक निर्माणको ठेक्का लागेको छ । रङ्गेली नगरपालिका वडा नं ३, ४, ६, ७ र ८ का बासिन्दाले सडकको विस्तारबाट २५० घरपरिवारको उठिवास हुने भएको उचित क्षतिपूर्तिको माग गरेका छन् । पीडितले मालपोत कार्यालय र बजारको मूल्याङ्कनअनुसार सङ्घीय सरकारले रु ५० […]








