पर्वत, १९ असोज । गर्मी मौसम सकिएर विस्तारै जाडो मौसम शुरु हुनै लाग्दा पर्वत जिल्लामा मौसम परिवर्तनका कारण हुने सिजनल भाइरलफ्लूबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या उच्च बनेको छ । जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाका अनुसार सामान्य अवस्थामा अस्पतालको ओपिडी कक्षमा दैनिक २० सम्म बिरामी आउने गरेको भए पनि पछिल्ला केही दिनयता एक सयभन्दा […]
समाज
पहिरोपीडितलाई दशैंको उपहार : घर
म्याग्दी, १९ असोज । प्रवासीहरुको सहयोगमा जलजला गाउँपालिकाका पहिरोपीडितहरुको घर पुनःनिर्माण भएको छ । अन्तरराष्ट्रिय पर्वत समाजको सहयोगमा पुनःनिर्माण भएका तीन वटा घर शनिबार एक समारोहका बीच पीडितलाई हस्तान्तरण गरिएको छ । वडा नं ८ नाग्लीवाङका टेकबहादुर परियार, रुपा परियार र वडा नं ७ धाइरिङका भीमलाल आचार्यको घर निर्माणमा समाजले सहयोग गरेको हो । समाजका […]
यी रुटमा आजदेखि प्रहरीको प्रहरीको निःशुल्क बस
काठमाडौं, १९ असोज । नेपाल प्रहरीले महाअष्टमी (आज)देखि विजयादशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको छ । प्रहरी प्रधान कार्र्यालयले दशैँमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सञ्चालन गर्न लागेको हो । बिहान ११ः०० देखि साँझ ४ः०० बजेसम्म सञ्चालन गर्ने बस सेवामा रुट नं १ मा नक्साल, जय नेपाल, दरबारमार्ग, रत्नापार्क, नागस्थान, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, […]
दशैलाई मध्येनजर गर्दै सवारी चेकजाँच तथा अनुगमन तीव्र
रुपन्देही, १९ असोज । प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुहरुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै शनिबार बुटवलको बसपार्क क्षेत्रमा अनुगमन गरेको छ । चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको अगुवाइमा प्रहरी र सरोकारवालाहरुको समन्वयमा बसपार्क क्षेत्रमा सवारी जाँच र अनुगमन गरिएको […]
को हुन महाकवि देवकोटाको विश्वचर्चित निबन्ध के नेपाल सानो छ मा प्रयुक्त पात्रहरु ?
१. विषयप्रवेश महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्ध त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको स्नातक तहमा पढाइ हुन्छ । लक्ष्मी निबन्ध संग्रहमा संकलित यो निबन्धमा देवकोटाले विश्वप्रसिद्ध लेखक, कलाकार, दार्शनिक, संगीतकार, खेलाडी आदि व्यक्तिहरुको नाम प्रयोग गरेका छन् । निबन्धगत सौन्दर्य र भावलाई सघन बनाउन यस्ता नामहरुले निकै सहयोग पु¥याएको पाइन्छ । यो देवकोटाको […]
त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउन शिक्षामन्त्रीको आग्रह
गौशाला, १८ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले धार्मिक, भूगोल एवं सांस्कृतिक कारणले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा टिकाउनका लागि त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउनका लागि शिक्षासँग सरोकारवाला निकायसमक्ष आग्रह गरेका छन् । शनिबार महोत्तरीको गौशालामा आयोजित पढाइका निरन्तरताका लागि शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले बालबालिकालाई विद्यालयमा भर्ना गरेर […]
छ आधारभूत विद्यालय बालविकास केन्द्रमा रुपान्तरित
फिदिम, १८ असोज । विद्यार्थीको अभाव भएपछि पाँचथरको याङवरक गाउँपालिकाका छ वटा आधारभूत विद्यालयलाई बालविकास केन्द्रमा रुपान्तरण गरिएको छ । यहाँका तीन आधारभूत विद्यालयमा आधारभूत तह उमेरका विद्यार्थीको सङ्ख्या शून्य भएको छ भने तीन विद्यालयमा आधारभूत तहका विद्यार्थी आवासीय विद्यालयमा रहने भएपछि विद्यालयलाई बालविकास केन्द्रमा रुपान्तरण गरिएको हो । शिक्षण सिकाइ क्रियाकलापलाई व्यवस्थित गर्दै शैक्षिक […]
सफलताको कथा : ‘ट्राउट’ माछाबाट भण्डारी दाजुभाइ मालामाल
मेलम्ची, १८ असोज । हेलम्बु गाउँपालिकास्थित किउलका भण्डारी दाजुभाइलाई ‘ट्राउट’ माछापालनमा जुटेको हिजोजस्तै लाग्छ । विसं २०७० फागुनमा ‘ट्राउट रेन्बो’ प्रजातिको माछापालन थाल्दा उनीहरुले धेरै समस्या र असफलता भोग्नुप¥यो । ढुसीका कारण उत्पादित भुरा मर्ने, स्वच्छ पानीको व्यवस्थापन नजान्दा झण्डै एक वर्ष उनीहरुको व्यवसाय सिकाइमा बित्यो । विस्तारै माछापालनमा ‘सिक्दै, गर्दै’ को पाँच वर्षको अनुभवपछि […]
सवारी साधनको जाँच तथा अनुगमन सवारी साधनको जाँच तथा अनुगमन
रुपन्देही, १८ असोज । प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै सवारी जाँच तथा अनुगमन शुरु गरेको छ । चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको अगुवाइमा प्रहरी र सरोकारवालाको समन्वयमा शुक्रबारदेखि सार्वजनिक सवारी साधनको जाँच र अनुगमन […]
रोटेपिङ संरक्षण गर्दै व्यास नगरपालिका
दमौली, १८ असोज । लोपोन्मुख अवस्थामा रहेको रोटेपिङ संरक्षणका लागि जिल्लाको व्यास नगरपालिकाले पहल थालेको छ । जिल्लाका ग्रामीण भेगमा फाट्टफुट्ट देखिने तर शहरी भेगमा लोप भइसकेको रोटे पिङको संरक्षणका लागि नगरपालिकाले पहल थालेको हो । सदरमुकाम दमौलीमा आजभन्दा ३१ वर्ष पहिले रोटेपिङ बनाइएको थियो । त्यसयता दमौलीवासीले कहिल्यै पनि रोटेपिङ देख्न पाएनन् । तर […]










