पारिश्रमिकबाट घाइतेलाई उचार खर्च

दैलेख, १९ असोज । सडक निर्माणको काम गर्दा लडेर घाइते भएका एक जनालाई भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले २१ हजार उपचार खर्चस्वरुप सहयोग गरेका छन् । सडक निर्माणको काम गर्दै गर्दा लडेर घाइते गाउँपालिका ४ का अम्मरबहादुर सिंहलाई आफूले गाउँपालिकाबाट पाउने पारिश्रमिकबाट उपचार खर्च सहयोग गरेको अध्यक्ष थापाले बताए । यसअघि आफूले गाउँपालिकाबाट पाउने सम्पूर्ण […]

गाउँकै क्याम्पसमा विद्यार्थीको मोह बढ्दै

भोजपुर, १९ असोज । गाउँमै उच्च तहको शिक्षा पाएपछि पछिल्लो समय गाउँकै क्याम्पसमा विद्यार्थीको मोह बढ्दै गएको छ । घरपायकमा क्याम्पस तथा कलेज खुल्न थालेपछि महँगो खर्च गरेर शहरबजारमा बस्नुपर्ने अवस्था कम भएको हो । आफ्नै गाउँठाउँको क्याम्पसमा रुचिअनुसारको विषय पढ्न पाएपछि ग्रामीण भेगका विद्यार्थीमा सहजता थपिएको छ । उच्च शिक्षाका लागि धनकुटा, खाँदबारी, धरान, […]

मृत–आत्माको शान्तिका लागि ‘डसिया’ मनाउँदै थारु

गुलरिया, १९ असोज । थारु समुदायको ‘डसिया’ सँगसँगै दशैं पनि घरआँगनमा प्रवेश गरिसकेको छ । पछिल्लो समयमा प्रचारमा डसिया र दशैं एउटै हो भन्ने कुराले ठाउँ पाएको देखिन्छ । यो पर्व लगभग उही तिथि उही मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वाभाविक पनि हो । नेपालमा तराईका २२ जिल्ला र सुर्खेतमा थारुहरुको मुख्य रुपमा बसोबास रहँदै […]

आज महाअष्टमी पर्व दुर्गाको पुजा गरी मनाइदै

काठमाडौँ, १९ असोज । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका […]

बजेट अभावमा आयुर्वेद औषधालयका सेवा बन्द

बैतडी, १९ असोज । बाथरोगका बिरामीलाई मध्यनजर गरेर आयुर्वेद औषधालय मुस्याचोर र शाहीलेक सञ्चालन गरिएको पञ्चकर्म सेवाअन्तर्गत स्वदेन र स्नेहन सेवा बन्द भएको छ । कार्यक्रम ढिला आएकाले साउन १ गतेदेखि सो सेवा बन्द भएको आयुर्वेद औषधालयका वरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताए । बजेटको अभावमा सेवा बन्द भएपछि सेवाग्राही मार्कामा परेका छन् । गाउँ नजिकैको […]

दशैँ मनाउन ऋण खोज्दै बादी समुदाय तर दिने कोही भएनन्

कञ्चनपुर, १९ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाणीका बादी समुदाय दशैँ मनाउनका लागि कर्जा खोज्नमा जुटेका छन् । बादी समुदाय वर्षात्का बेला मजदुरी नपाउँदा बेखर्ची भएका छन् । महाकाली नदीले छाडेको बगरमा तीन दशकदेखि बस्दै आएका बादी समुदायले मजदुरी नगरे चुल्होमा आगो बल्दैन । महाकाली नदीको बगरमा बालुवा चाल्ने, गिट्टी सङ्कलन गर्ने र कृषि मजदुरका […]

शक्तिपीठ राजदेवीमा प्रसाद चढाउन रातिदेखि नै भीड

जनकपुरधाम, १९ असोज । बडादशैँअन्तर्गत आज महाअष्ठमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौँ श्रद्धालु लाममा रहेका छन् । सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउने क्रम शुरू भएको हो । पूजा व्यवस्थापक एवं महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहका अनुसार मध्याह्न १२ बजेसम्म प्रसाद चढाउने र महिलाले खोंइछ भर्नेछन् । […]

नगदसहित आठ जुवाडे पक्राउ, प्रहरी कार्यालय नजिकै चोरी

राँझा, १९ असोज । दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार, उनीहरुलाई जुवाखालसहित ९० […]

बँदेल धपाउन रातभर जाग्राम बस्नु पर्ने बाध्यता

डोटी, १९ असोज । जिल्लाका विभिन्न स्थानका किसान जङ्गली जनावर बँदेल धपाउन रातभर जाग्राम बस्न बाध्य भएका छन् । यहाँका किसानले लगाएको अन्नबालीमा जङ्गली जनावरले क्षति पु¥याउन थालेपछि किसान रातभरि जाग्राम बस्न बाध्य भएका हुन् । ठूलो सङ्ख्यामा आउने जङ्गली जनावर बँदेल र भालुले अन्नबालीमा नोक्सान गर्न थालेपछि किसान खेतवारीमै रात बिताउन थालेका छन् । […]

वरिष्ठ पत्रकार आचार्यको निधन

काठमाडौँ, १९ असोज । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको कलेजोमा देखिएको खराबीका कारण आज ६१ वर्षको उमेरमा निधन भएको छ । दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उनी हाल न्यूज–२४ को समाचार प्रमुख थिए । उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका आचार्यको केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल टेलिभिजनका प्रमुख समाचारदाता […]