रुपन्देही, १८ असोज । प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै सवारी जाँच तथा अनुगमन शुरु गरेको छ । चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको अगुवाइमा प्रहरी र सरोकारवालाको समन्वयमा शुक्रबारदेखि सार्वजनिक सवारी साधनको जाँच र अनुगमन […]
समाज
रोटेपिङ संरक्षण गर्दै व्यास नगरपालिका
दमौली, १८ असोज । लोपोन्मुख अवस्थामा रहेको रोटेपिङ संरक्षणका लागि जिल्लाको व्यास नगरपालिकाले पहल थालेको छ । जिल्लाका ग्रामीण भेगमा फाट्टफुट्ट देखिने तर शहरी भेगमा लोप भइसकेको रोटे पिङको संरक्षणका लागि नगरपालिकाले पहल थालेको हो । सदरमुकाम दमौलीमा आजभन्दा ३१ वर्ष पहिले रोटेपिङ बनाइएको थियो । त्यसयता दमौलीवासीले कहिल्यै पनि रोटेपिङ देख्न पाएनन् । तर […]
तिब्बती भेडा च्याङ्ग्रा आउनै छाडे
दार्चुला, १८ असोज । मासुका लागि राम्रो मानिने तिब्बती भेडा च्याङ्ग्रा तीन वर्षदेखि यहाँ आउनै छाडेका छन् । चीनको तिब्बतबाट हरेक वर्ष दशैँका लागि आयात हुँदै आएका भेडा च्याङ्ग्रामा प्रतिबन्ध लागेपछि बजारमा आउनै छोडेका हुन् । विगतमा नेपालकै बाटो भएर भेडा च्याङ्ग्रा तिब्बतबाट खलङ्गा आउँथे भने केही वर्षदेखि नेपालको भूमि भएर आउन बाटोघाटो छैन । […]
नौबिसे–नागढुङ्गा सडक अष्टमीका दिन मर्मत गरिने
चितवन, १८ असोज । उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतबार अष्टमीका दिन मर्मतसम्भार गरिने भएको छ । असोजको पहिलो साता तीन दिन दैनिक एक घण्टा एकतर्फी सवारी रोकेर मर्मतसम्भार गर्दा पाँच दिनसम्म सडक प्रभावित बनेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार […]
गोरखा दरबारबाट हनुमानढोकाका लागि फूलपाती पठाइयो
गोरखा, १८ असोज । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहानको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २० च ४३९४ नम्बरको निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिनुभयो । […]
दुई दिनमा चार लाख ५० हजारले राजधानी छाडे
काठमाडौँ, १७ असोज । दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि आज बिहानसम्म […]
बालबालिकाले विवाह गर्ने प्रवृत्ति बढ्दै
काठमाडौँ, १७ असोज । सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै स्वयम् बालबालिकाले विवाह गर्ने प्रवृत्ति बढ्दै गएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले आर्थिक वर्ष २०७५÷७६ मा बाल विवाहसम्बन्धी विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषण भएका सामग्री अध्ययन प्रतिवेदन हेर्दा बाल विवाह बढ्दै गएको देखाएको छ । सामान्यतया बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानूनमा विवाह […]
बस दुर्घटनामा ३० घाइते
पोखरा, १७ असोज । पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा आज बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो । इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घटनाबाट बसमा सवार करीब ३० जना यात्रु घाइते भएका छन् । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका […]
पर्यटक बढाउन बाल उद्यान सञ्चालनमा
कैलाली, १७ असोज । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सारमा करीब रु तीन करोडको लागतमा निर्माण गरिएको बाल उद्यान आजबाट सञ्चालनमा आएको छ । नेपाल भारत सिमानाका नजीकै दुई वर्षपहिले १५ करोडको लागतमा सञ्चालनमा आएको धनगढी फन पार्क परिसरभित्रै उक्त बाल उद्यान सञ्चालनमा ल्याइएको हो । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक यति ठूलो लगानीमा सञ्चालित फन पार्कभित्रै बाल […]
दुई लाख ६५ हजारसहित जुवा खेल्दै गरेका ११ पक्राउ
काठमडौँ, १७ असोज । ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले उनीहरुलाई खालबाटै पक्राउ गरी दुई लाख ६५ हजार नगद बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख […]











