लुम्बिनीसँग जोड्ने सैनामैना नगरपालिकाको योजना

बुटवल, ३ कात्तिक । महामानव गौतमबुद्धको जीवनसँग सम्बन्धित सैनामैनामा रहेका पुरातात्विक स्थलहरुको संरक्षण गर्न र ती स्थललाई विश्वसामु उजिल्याउन सैनामैना नगरपालिकाले विभिन्न आयोजनाहरु अघि बढाएको छ । सैनामैना क्षेत्रमा बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थलहरु छरिएर रहेका छन् । तिनको संरक्षण र प्रवद्र्धन गरेर सैनामैना नगर क्षेत्रलाई लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले चाहेको छ । बुद्ध जन्मस्थल […]

भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे

काठमाडौँ, ३ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए । कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन […]

पहिचान खोज्दै चिडिमार समुदाय

 धम्बोझी, कात्तिक ३ । चिडिमारहरुलाई सरकारले लोपोन्मुख दलितको सूचीमा सूचीकृत गरेको छ । उनीहरुले आफूलाई जनजाति भएको दाबी गर्दै आएका छन् । अहिले उनीहरु दलितको सूचीबाट हटाउन सम्बद्ध सरोकारवालासँग माग गरिरहेका छन् । साठी वर्षीय अगुवा हौसीराज चिडिमारले गैरसरकारी र अन्तरराष्ट्रिय संस्थाको आडमा आफूलाई दलितको सूचीमा राखिएको भन्दै उनले बताए । नेपालगञ्ज उपमहानगरपालिका–१२ मा चिडिमारको […]

हिमालय एयरलाइन्सले कात्तिक १० देखि बेइजिङ उडान गर्ने

काठमाडौँ, ३ कात्तिक । नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तरराष्ट्रिय उडान भर्ने निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक १० गतेदेखि चीनको राजधानी बेइजिङमा सिधा उडान गर्ने भएको छ । बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गर्ने सम्पूर्ण तयारी गरेको कम्पनीले जनाएको छ । “बेइजिङ उडानका लागि हामीले सबैखाले तयारी गरेका […]

सागका लागि बीच भलिबलको मैदान निर्माण

कास्की, ३ कात्तिक । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग अन्तर्गत बीच भलिबल खेलका लागि मैदान निर्माण गर्न थालिएको छ । आगामी मङ्सिर १५ गतेदेखि आयोजना हुने सो प्रतियोगितालाई लक्ष गरेर यहाँ बीच भलिबल खेलको पूर्वाधार निर्माण थालिएको हो । सागअन्तर्गत बीच भलिबलसहित नौ खेल पोखरामै खेलाइने भएको छ । बीच भलिबलको […]

बाँदरबाट अन्न जोगाउन धौधौ

पोखरा, ३ कात्तिक । फाँट तथा टारी भरी धान पहेलपुर छ, भटमास पनि पाक्न लागेको छ, तर पाकेको अन्न कसरी जोगाउने भन्ने चिन्ताले यतिखेर पोखरा महानगरपालिका–२९ र ३३ लगायतका किसानलाई सताएको छ । धान लगाइएका खेतका अधिकांश आलीमा भटमास लगाइएको र सोही भटमास खानका लागि बाँदर आउने गरेका छन् । बिहानदेखि बेलुकासम्म पटकपटक खेतमा बाँदर […]

रोकिराखेको बसमा आगलागी

काठमाडौँ, ३ कात्तिक । ललितपुर महानगरपालिका–१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुई वटा समा आज बिहान आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान १०ः५५ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए । आगलागीबाट पार्किङ गरिराखेको बा ३ ख १३८९ र बा ३ […]

धान नकाट्न केन्द्रको आग्रह

चितवन, ३ कात्तिक । जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला नलागेपछि किसानले बारी खाली गर्न थालेका छन् । धानपछिको हिउँदे बाली लगाउन ढिला हुने भएकाले कृषकले धान काटेर बारी खाली गर्न लागेका हुन् ।कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बाला नलागेको धानको क्षतिपूर्ति मूल्याङ्कनका लागि अप्ठ्यारो हुने भएकाले केही दिन धान नकाट्न आग्रह […]

पश्चिमी वायुको प्रभावले मौसममा बदली

काठमाडौँ, ३ कात्तिक । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्णबदली आएकाले देशका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै आज घाम लाग्ने सम्भावना भने कम रहेको […]

पर्यटकीय आकर्षण बढाउन सात उद्यान निर्माण

बागलुङ, ३ कात्तिक । पर्यावरण जोगाउन र पर्यटकीय आकर्षण बढाउन जिल्लामा सात हरियाली उद्यान निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवद्र्धन तथा उद्यान निर्माण’ योजनाअन्तर्गत बागलुङ नगरपालिका–६ स्थित विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोट, वडा नं १३ अमलाचौर, वडा नं १ स्थित कालिका भगवती मन्दिर, वडा नं १२स्थित पै्युँपाटाको डुङ्गाचौर सामुदायिक वन र वडा […]