५० हजारको पटाका बरामद, ८ सय बोट गाँजा फडानी

राजविराज, ४ कात्तिक । सप्तरीको राजविराजस्थित नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट पटकाहरू बरामद गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । बेवारिसे अवस्थामा लुकाइएको पटाकाहरू विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले जाँच गर्दा […]

हातहतियार तथा डाँका मुद्दामा फरार दुई पक्राउ

लहान, ४ कात्तिक । हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहा अदालतको फैसला कार्यान्वयन टोलीले हातहतियार खरखजाना मुद्दामा सिरहाको बरियारपट्टी गाउँपालिका–३ निवासी ४० वर्षीय कामेश्वर यादव र डाँका मुद्दामा फरार सिरहा नगरपालिका–६ निवासी २८ वर्षीय चन्देश्वर भनिने चन्दे महरालाई […]

१८ जुवाडे पक्राउ

कावासोती, ४ कात्तिक । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको प्रहरी टोलीले गएराति जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ ।प्रहरीले राति १ः३० बजेको समयमा देवचुली नगरपालिका–६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ती जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए । जुवा खेलिरहेका उनीहरुको साथबाट प्रहरीले रु एक लाख […]

नेपालमा एशियाभरिका बाख्रा विज्ञहरुको सम्मेलन सुरु

भरतपुर, ४ कात्तिक । चितवनमा आइतबारदेखि एशियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको आयोजनामा शुरु भएको सम्मेलनमा विभिन्न १७ देशका बाख्रासम्बन्धी विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनको एक कार्यक्रमका बीच राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिकी सभापति दिलकुमारी रावलले उद्घाटन गरे । कात्तिक ६ गतेसम्म […]

सुन चोरी गर्ने भारतीय नागरिक पक्राउ

अर्घाखाँची, ४ कात्तिक । अर्घाखाँचीको सन्धिखर्कमा रहेको सुन पसलबाट रु चार लाख बढीको सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सन्धिखर्क–१ हललाइनमा रहेको महालक्ष्मी गहना पसलमा गएराति सुन चोरी गर्ने भारतको मुस्ताफुर पश्चिम बङ्गाल घर भई हाल सन्धिखर्कमा बस्ने २९ वर्षीय श्रीमन्त्र मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । विगत […]

अघिल्लो वर्षभन्दा चाँडै बढ्यो चिसो

काठमाडौं, ४ कात्तिक । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको मापन गरिएको छ । दशैलगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा छिट्टै चिसो बढेको हो । मौसमविद् मीनकुमार अर्यालले वायुमण्डलको प्रभावका कारण चिसो बढेको बताए । ‘धुवाँधुलोका कारण पनि वायुमण्डल प्रदूषित भएकाले […]

बाबुराम र उपेन्द्रको प्रवासी संगठनमा विवाद, एकता घोषणा कार्यक्रमबाट बने दुई छुट्टै संगठन

टोकियो । नेपाली संघीय समाज जापान र अन्तराष्ट्रीय नेपाली समाजको औपचारिक एकता घोषणा कार्यक्रम बिवादमा परेको छ । आज अक्टूबर २० तारीखमा जापानको राजधानी टोक्योको रोधीमा एक पक्षले एकता घोषणा कार्यक्रम गरि नयाँ कमिटी घोषणा गरेको छ भने अर्को पक्षले उक्त नेपाली संघीय समाज मात्र भएको जनाएको छ । नेपालमा संघीय समाजवादी फोरम र नयाँ […]

अष्ट्रियाका एक पर्यटकको मृत्यु

धादिङ, ३ कात्तिक । धादिङको उत्तरी क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिका–१ सोदाङमा एक पर्यटकको मृत्यु भएको छ । हिजो टेन्टमा सुतेका अष्ट्रियाका ७० वर्षिया विल्हियम विहिण्डरको टेन्टमा सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । पदयात्राका लागि आएका पर्यटकको अत्यधिक चिसाको कारण बास बसेकै स्थानमा मृत्यु […]

घरमै पुगेर वृद्धभत्ता दिँदै जनप्रतिनिधि

डोटी, ३ कात्तिक । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाध्यक्ष वीरेन्द्रबहादुर चन्दसहितको वडा कार्यालयको टोलीले आफनो वडामा भएका सम्पूर्ण वृद्ध तथा एकल महिलालाई घरमै पुगेर वृद्ध तथा एकल महिला भत्ता वितरण गर्न थालेका छन । वडामा रहेका वृद्धवृद्धा तथा एकल महिलालाई वडा कार्यालयसम्म आएर वृद्ध तथा एकल महिला भत्ता लिन गाह्रो भएको भन्ने […]

लुम्बिनीसँग जोड्ने सैनामैना नगरपालिकाको योजना

बुटवल, ३ कात्तिक । महामानव गौतमबुद्धको जीवनसँग सम्बन्धित सैनामैनामा रहेका पुरातात्विक स्थलहरुको संरक्षण गर्न र ती स्थललाई विश्वसामु उजिल्याउन सैनामैना नगरपालिकाले विभिन्न आयोजनाहरु अघि बढाएको छ । सैनामैना क्षेत्रमा बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थलहरु छरिएर रहेका छन् । तिनको संरक्षण र प्रवद्र्धन गरेर सैनामैना नगर क्षेत्रलाई लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले चाहेको छ । बुद्ध जन्मस्थल […]