तिहार नजिकिँदै गर्दा माटोका भाँडा बिक्री अत्यधिक

तिहार नजिकिँदै गर्दा माटोका भाँडा बिक्री अत्यधिकविराटनगर, ४ कात्तिक । तिहार नजिकिँदै गर्दा यहाँ माटाको भाँडा बिक्री अत्यधिक मात्रामा भइरहेको छ । प्रदेश नं १ को राजधानी विराटनगर बजारमा अहिले व्यापारीलाई माटोबाट बनेका विभिन्न सामग्री बेच्न भ्याइनभ्याइ भएको छ । उज्यालोको पर्वका रुपमा चिनिएको तिहारका लागि माटोका भाँडा बनाउनमै कुमाले व्यस्त छन् । सर्वसाधारण सानो […]

फरार अठार अभियुक्त पक्राउ

राजविराज, ४ कात्तिक । सप्तरी प्रहरीले अदालतबाट निर्णय भएर सजाय भुक्तान नगरी फरार सूचीमा रहेका विभिन्न आपराधिक घटनामा संलग्न १८ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न आपराधिक घटनामा संलग्न भई अनुसन्धानको क्रममा फरार १४ अभियुक्त र अदालतबाट दोषी ठहर भई फरार चरा गरी १८ अभियुक्तलाई तीन महीनायता खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण […]

विदेशबाट फर्केर गाउँमै उद्यम

बागलुङ, ४ कात्तिक । भारतमा ३५ वर्षे जागीरे जीवन बिताउनुभएका जैमिनी नगरपालिका–१० राङखानी, दोभानका शशीधर शर्माको परिचय अहिले उद्यमीका रुपमा फेरिएको छ । शर्माको सेवा निवृत्त जीवन बेफुर्सदिलो छ । उमेरले ६१ टेकिसक्दा पनि सक्रियता उस्तै छ । तीन वर्षअघि गाउँ फर्किएका शर्माको दैनिकी पशुपक्षीको स्याहारसुसार र खेतीपातीमा बित्छ । कुनै बेला उजाड बनेको घरगोठ, […]

आधुनिक कृषि फार्ममा ढकमक्क सयपत्री

 गलेश्वर, ४ कात्तिक । हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक हरियाली गु्रपले शुरु गरेको सयपत्री फूलको व्यावसायिक खेती सफल भएको छ । जिल्लाको बेनी नगरपालिका–४ सिङ्गा र आगेबगरमा रु छ करोडको लगानीमा हरियाली गु्रपले सञ्चालन गरेको नयाँ मोडलको आधुनिक कृषि फार्ममा यतिबेला ढकमक्क फुलेका सयपत्री फूलले वातावरण नै सुन्दर बनाइदिएको छ । सो फार्ममा तरकारीखेती, माछापालन, […]

प्रसिद्ध तीर्थस्थल ग्रहौँसुर मन्दिरमा उन्नाइस लाख भेटी सङ्कलन

वालिङ, ४ कात्तिक । स्याङ्जाको प्रसिद्ध तीर्थस्थल ग्रहौँसुर मन्दिरमा बडादशैँको अवधिमा रु १९ लाख ५० हजार भेटी सङ्कलन भएको छ । वालिङ नगरपालिका–८ मा रहेको ग्रहौँसुर मन्दिर परिसरमा प्रहरी पोष्ट निर्माणका लागि रु आठ लाख २० हजार सङ्कलन भएको छ । ग्रहौँसुर धार्मिक एवम पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाणका अनुसार भेटीस्वरुप रु तीन लाख एक […]

वन क्षेत्र प्रयोग गर्ने प्रक्रिया सरल बनेपछि प्रयोग बढ्दै

काठमाडौँ, ४ कात्तिक । कुनै बेला विकास आयोजनाले आफ्नो कामको शुरुआती चरणमा हुने कामको ढिलाइमा वन तथा वातावरण मन्त्रालयमाथि दोष थोपार्ने गरेका थिए । सोही विषयलाई मध्यनजर गरी मन्त्रालयले हालै ‘राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नेसम्बन्धी मापदण्डसहितको कार्यविधि, २०७६’ स्वीकृत गरी वन क्षेत्र प्रयोगको प्रक्रियालाई सरलीकृत गरेको छ । सो कार्यविधि […]

उपमहानगरभित्रै बाँदर आतङ्क

बाँके, ४ कात्तिक । पहाडी क्षेत्रका बस्तीहरुमा बाँदरले सास्ती दिएका समाचार पढेका नेपालगञ्जवासीले केही दिनदेखि बाँदरको सास्ती भोग्दै आएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरमा बाँदरले आतङ्क मच्चाएका छन् । बाँदरले सास्ती दिन थालेपछि जयसपुरवासीले समाधानका लागि स्थानीय तहसँग गुहार मागेका छन् । बाँदरको झुण्ड स्थानीयवासीको घरमा पस्ने, बालीनाली, तरकारीमा नोक्सानी गर्ने र मान्छेमाथि नै […]

विद्युत् महसुल बुझाउनै सकस

घोराही, ४ कात्तिक । आइतबार विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा विद्युत्को महसुल बुझाउन आएका घोराही–६ का हर्कबहादुर डाँगीले गुनासो गर्दै भने, “हामीले सरकारलाई पैसा बुझाउँछौँ भन्दा पनि यति सास्ती खेप्नुपर्ने रु” विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा घण्टौँ लाइनमा बस्दा पनि पालो नआएपछि उनको आक्रोश झन् बढेको थियो । “रु ५० टेम्पुलाई तिरेर आएको जाँदा ५० […]

जताततै मापदण्ड विपरित क्रसर, न्यूनतम मापदण्ड तोक्न सिफारिश

काभ्रेपलाञ्चोक, ४ कात्तिक । जिल्लामा वर्षौँदेखि अवैधानिक (मापदण्ड विपरीत) रूपमा सञ्चालनमा रहेका क्रसर तथा रोडा–ढुङ्गा खानीको न्यूनतम मापदण्ड तोकिदिन सिफारिश गरिएको छ । जिल्ला समन्वय समितिले जिल्लामा वर्षौँदेखि मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर तथा दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडा–ढुङ्गा खानीको अनुगमन प्रतिवेदनका आधारमा न्यूनतम मापदण्ड तोकिदिन प्रदेश नं ३ स्थित वन पर्यटन तथा उद्योग मन्त्रालयलाई सिफारिश […]

२३ वर्ष लगाएर बल्ल सम्पन्न भयो खानेपानी आयोजना

पर्वत, ४ कात्तिक । दक्षिण पर्वतको बिहादी गाउँपालिकामा सञ्चालित एउटा खानेपानी योजना २३ वर्षपछि सम्पन्न भएको छ । बिहादी गाउँपालिका–२ बर्राचौर र वडा नं ३ रानीपानीका बासिन्दालाई खानेपानी सुविधा दिने उद्देश्यले निर्माण गरिएको लिसे गैह्रा खानेपानी तथा सरसफाइ योजना २३ वर्षपछि सम्पन्न भएको हो । खानेपानीको मुूलको विवादका कारण विसं २०५३ मा निर्माण शुरु भएको […]