दशैँको पहिलो दिन आज घर घरमा जमरा राखिँदै

काठमाडौँ, १२ असोज । बडादशैं आजबाट सुरु भएको छ । दशैँको पहिलो दिन आज घर घरमा जमरा राखेर घटस्थापना गरिँदैछ । आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्ने प्रचलन छ । घटस्थापनाको साइत आज बिहान १०ः३५ मा शुभ रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा।डा। […]

आपसी झगडा हुँदा एकको मृत्यु

गुल्मी, १२ असोज । कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच झगडा हुँदा शनिबार साँझ दुर्गादत्तको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीन घलेलेका अनुसार झगडा हुँदा दुर्गादत्त घाइते हुनुभएकाले उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भएको हो । टोपबहादुरलाई राति १ बजे रुरु […]

शोक मनाउन हेटौँडा उपमहानगर मातहतको कार्यालय बन्द

हेटौँडा, १२ असोज । हेटौँडा उपमहानगरपालिकाले आज शोक मनाउन आफू मातहतको कार्यालयमा बिदा दिने भएको छ । शनिबार कार्यपालिका सदस्यको निधन भएपछि शोक मनाउँदै आज हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाले बिदा दिने निर्णय गरेको हो । सदस्य रूपा खुलाल गोलेको मृत्यु भएपछि असोज १२ गते उपमहानगरपालिकामा बिदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । […]

सप्तरीका दुई शक्तिपीठमा दर्शनार्थीको भीड शुरु

राजविराज, १२ असोज । नेपालीको महान चाड बडादशैँका अवसरमा जिल्लामा रहेको दुई शक्तिपीठसहित धार्मिकस्थलहरुमा आज बिहानदेखि श्रद्धालु भक्तजनको चहलपहल शुरु भएको छ । विजयादशमीको शुरु भएसँगै आज घटस्थापनाको दिन प्रदेश नं २ मा रहेको प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ र भारदहमा रहेको श्री कङ्कालनी भगवती मन्दिरमा भक्तजनको भीड लाग्न शुरु भएको छ । प्रदेश नं २ मा […]

जलेश्वरको त्रिशूली देवी मन्दिर सर्वसाधारणका लागि खोलियो

जलेश्वर, १२ असोज । बडा दशैँको घटस्थापनासँगै महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रसिद्ध त्रिशूली देवीको मन्दिर आज बिहानैदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ । प्रत्येक वर्ष केवल दशैँको दश दिन मात्रै खुला रहने यो मन्दिरमा घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन तथा पूजा अर्चनाका लागि यो मन्दिर खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए। […]

५५ लाख मूल्यको कपडा बरामद

काठमाडौँ, १२ असोज । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले रु ५५ लाख मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ ।सोमबार साँझ बुठानीलकण्ठ नगरपालिका–५ स्थित विष्णुमतीमा पार्किङ गरिराखेको बा५ख ६९३९ नंको पर्यटीय बसमा शङ्काका आधारमा खोजतलास गर्दा उक्त कपडा भेटिएको हो । बसको छतमुनि फल्स बटम बनाएर ४१ वटा सेतो बोरामा भन्सार छली गरी ल्याइएका […]

सानो पाथिभरामा प्रसादको भण्डारा लगाइने

भद्रपुर, १२ असोज । सानो पाथिभरादेवीको नामले प्रसिद्ध इलामको कुटीडाँडास्थित पाथिभरा मन्दिरमा आउँदो बडादशैँको फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको छ । झापाको विर्तामोडका व्यवसायीको आयोजनामा यही असोज १८ गते फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको हो । यस वर्ष आयोजना गर्न लागिएको भण्डारा दशौँ पटकको हुने पाथिभरा भण्डारा समितिका सदस्य सन्तोष अग्रवालले जानकारी दिए […]

भक्तपुरका शक्तिपीठमा नवरात्रि मेला शुरु

भक्तपुर, १२ असोज । घटस्थापनाको दिन आज बिहानैदेखि भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड लागेको छ । आजैबाट भक्तपुरमा नवरात्रि मेलासमेत शुरु भएको छ । यहाँका विभिन्न नौ शक्तिपीठमा आजदेखि बिहान र साँझ गरी दिनमा दुईपटक मेला लाग्छ । विशेषगरी रातको समयमा भव्य मेला लाग्ने भएकाले नवरात्रि मेला पनि भन्ने गरिन्छ । नवरात्रि मेलामा यहाँका शक्तिपीठमध्ये पहिलो […]

४९६ को निःशुल्क स्वास्थ्य उपचार

गोरखा, १२ असोज । गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४९६ ले स्वास्थ्य उपचार गराएका छन् । वडा कार्यालय र बरदान हस्पिटल गोरखाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा महिलाको पाठेघर, अन्य बिरामीको फोक्सो, कलेजो, आँखा जाँच, उच्च रक्तचाप जाँचलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । नागरिकमा […]

मैथिली साहित्य परिषद्मा दत्त निर्वाचित

सप्तरी, १२ असोज । मैथिली साहित्य परिषद्को दुईवर्षे कार्यकालका लागि बहुमत पदसहित सतिशकुमार दत्त विजयी भएका छन ।राजविराजमा आज बिहान प्रकाशित मत परिणामअनुसार २९७ मत प्राप्त गरी अध्यक्ष पदमा दत्त निर्वाचित भएका हुन । उनको प्रतिद्वन्द्वी रामखेलावन यादवले १६७ मत ल्याएको निर्वाचन समितिका संयोजक नथुनी दासले बताए । परिषद् उपाध्यक्षमा श्यामसुन्दर यादव, सचिवमा अजयकुमार झा, […]