काठमाडौँ, १२ असोज । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले तीन समूहका सौंन्दर्य प्रशाधन कस्मेटिक्स को लागि मापदण्ड तोकेको छ । वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवको अध्यक्षतामा हालै बसेको नेपाल गुणस्तर परिषदको १०१ औँ बैठकले नेपालमा आयात, उत्पादन, बिक्री वितरण एवं प्रयोग हुँदै आएका विभिन्न सौन्दर्य प्रशाधनहरुको मापदण्डलाई पारित […]
समाज
सहकार्य र साझेदारीमा जोड
पोखरा, १२ असोज । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनको लक्ष्यका साथ अन्तरप्रदेश भ्रमणमा निस्किएको टोलीले आफ्नो भ्रमणका क्रममा आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि सहकार्य र साझेदारीमा जोड दिएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल नेतृत्वको टोलीले विभिन्न प्रदेशमा पुगी त्यहाँका पर्यटन सम्बद्ध सङ्घ संस्था एवं सरोेकारवाला प्रतिनिधिसँगको भेट एवं अन्तरक्रियामा पर्यटकीय विकासका लागि […]
नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल गरिने
काठमाडौँ, १२ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकभरको ट्राफिक व्यवस्थापनमा सरकार सचेत रहेको बताएका छन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज यहाँ आयोजना गरेको ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रममा उनले मुलुकको यातायात क्षेत्रको सुधारमा सबैको समान दायित्व र जिम्मेवारी रहेको बताए । “वर्तमान सरकार ट्राफिक सुधारका लागि सचेत छ तर […]
मिथिलाञ्चलमा झिझिया नृत्य शुरु
धनुषा, १२ असोज । मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया नृत्य आज घटस्थापनादेखि शुरु भएको छ । घटस्थापनाका दिनदेखि दशैँसम्म प्रदर्शन गरिने यो अनुष्ठान महिलाद्वारा नै सञ्चालन, संयोजन र नृत्य प्रस्तुत गरिन्छ । लोक विश्वास र व्यवहारबाट उत्प्रेरित भएर गाउँका ठूलाबडा, धामी–झाँक्रीको विचार र मन्थनबाट बोक्सीको जादुटुनाको प्रतिकारस्वरूप मैथिली समाजको यो लोकनृत्य विकसित गरी बनाइएको […]
किसानलाई पिरल्यो अलैँची टिप्ने चटारोले
इलाम, १२ असोज । यहाँका लेकाली क्षेत्रका किसान यतिबेला अलैँची टिप्ने र सुकाउने काममा व्यस्त छन् । अलैँचीको काम सकेर दशैँ मनाउने सुरसारमा रहेका किसानलाई अलैँचीको चटारो परेको हो । त्यसमा पनि केही दिनयता परेको वर्षाका कारण दशैँमा पनि अलैँचीको धमाधमले नछाड्ने देखिएको छ । यहाँको सुलुबुङ, सुम्बेक, माईमझुवा लगायतका क्षेत्रमा यति बेलै अलैँचीको धमाधम […]
गोरखा दरबारको दशैँ घरमा विधिपूर्वक जमरा राखियो
गोरखा, १२ असोज । गोरखाको गोरखकाली मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर ३५ मिनेट अर्थात् १२ घडी २७ पलामा जौको जमरा राखिएको मन्दिरका मूल पुजारी लीलाबहादुर बोहोराले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौँ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र […]
मदिरा नियन्त्रणले स्थानीयवासी खुशी
सप्तरी, १२ असोज । एकाबिहानै गाउँमा प्रहरीको टोली पुग्यो । गाडीलाई सडक किनारमा राखेर छ÷सात जनाको टोली सुरुङ्गा नगरपालिका–५ स्थित कुशहा गाउँ पस्यो । उनीहरुको हातमा लाठी र बन्दूकको साटो डायरी, कलम र वाकीटकी थियो । गाउँका सबैजना उठिसकेका पनि थिएनन् । केही घरमा भने उज्यालो हुन नपाउँदै चुल्हो बलिसकेको थियो । ती घरहरुबाट झिसमिसे […]
नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन
चितवन, १२ असोज । त्रिभुवन राजपथअन्तर्गत नौविसे–नागढुङ्गा सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाइ हुँदै आएको छ । सो सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौँले हेर्ने गर्दछ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी सो सडक खण्ड मर्मतसम्भार गर्न निकै कठिन […]
दलित पत्रकार र मन्त्री सुनारबीच भेटवार्ता
काठमाडौँ, १२ असोज । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल न्याडजोन को प्रतिनिधिमण्डलले युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारसँग आज भेटघाट गरी सङ्घ स्थापनाको आवश्यता र औचित्यबारे जानकारी गराएको छ । न्याडजोनका अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडी, उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्का सदस्य गोपाल बराइली, महासचिव लक्ष्मण दर्नाल, कोषाध्यक्ष सुष्मा बराइली, सदस्य भीम मिघिरे विश्वकर्मा, बुद्धि […]
पाँच हजार खसीबोका काठमाडौँ पठाइँदै
बाँके, १२ असोज । बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन् । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक […]











