कात्तिकले ल्यायो डोम समुदायमा खुशी

महोत्तरी, ५ कात्तिक । घरआँगनमा आइपुगेका अतिथिसँग मुखको बोलीले शिष्टाचार निभाई रहे पनि प्रगाश मरिकको हात भने कप्टेरा उन्दै छिटी बनाउनमै ब्यस्त छ । मुखमा आएको दीपावली र छठ पर्वमा माग भएका बाँसको चोया र कप्टेराले बन्ने डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा, कोनियाँ र अन्य खेलौंना तयार गर्न भ्याइनभ्याई परेपछि प्रगाशसहितका महोत्तरीका सबैजसो गाउँ÷नगर बस्तीका डोम […]

व्यावसायिक गोलभेँडा खेतीले फेरियो मैनादीको जीवनशैली

पाल्पा – परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी टोलबाट किसान यतिबेला व्यावसायिक गोलभेँडा खेतीका लागि नमूना किसान बनेका छन् । गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानले गोलभेँडामा रहेको परनिर्भरता हटाएका छन् । व्यावसायिक रुपमा गोलभेँडा खेतीबाट चालू […]

मजदुरिको हिसाब माग्दा सार्की ड्याङ्ग्रा भन्दै जनप्रतिनिधिले कुटे मजदुरलाई

पाल्पा, ५ कात्तिक । पाल्पामा जनप्रतिनिधिले एक मजदुरलाई कुटपिट गरेका छन् । तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर बिष्टले स्थानीय ५१ वर्षीय मनवीर नेपालीलाई कुटपिट गरेका हुन् । उनले आइतबार विहान नेपालीलाई कुटेका थिए । नेपालीको दाहिने आँखा वरिपरी निलडाम हुनुका साथै सुनिएको पनि छ । अनुहारका विभिन्न ठाउँमा सानासाना चोट लागेको छ । वडा […]

बैतडीमा डोजर आक्रमणः आठ घाइते

बैतडी, ५ कात्तिक । सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।  दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये […]

सराङ्कोटमा एक घर एक धारा

कास्की, ५ कात्तिक । खानेपानीको अभाव झेल्दै आएकोे पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा एक घर एक धारा निर्माण कार्य अघि बढाइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको सराङकोटमा गण्डकी प्रदेश सरकारको बजेटबाट धारा निर्माण कार्यक्रम अघि बढाइएको हो । सूर्योदय, हिमशृङ्खलालगायतको दृश्यावलोकन तथा प्याराग्लाइडिङको प्रमुख गन्तव्यको रुपमा विकास भएर घनावस्तीले पिउने पानीको अभाव […]

पोरखे लेकको सीमा विवाद चर्किदैँ

मार्तडी, ५ कात्तिक । जिल्लाको पोरखे लेकको सीमा विवादको समस्या टुङ्गिएको छैन । बडीमालिका नगरपालिका–७ र उत्तरी भेगमा रहेका बूढीनन्दा नगरपालिका–९ र १० का स्थानीयवासीबीचको चर्को प्रतिपादका कारण सीमाको बारेमा विवाद बढ्दै गएको हो । दुई वटा स्थानीय तहको बीच भागमा पर्ने उक्त पोरखे लेक नगरपालिकाको आन्तरिक विवादका कारण संरक्षणविहीन बनेको हो । जिल्लाको उत्तरतिर […]

एक फलफूलको बोट: रु दशको नोट

मुग्लिन, ५ कात्तिक । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको बोट रु दशको नोट” […]

पटका सहित दुई पक्राउ

लहान, ५ कात्तिक । प्रहरीले करीब रु ५० हजार बराबरको पटाकासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारीको टोलीले पटकासहित भारतीय सिमावर्ती क्षेत्रबाट सिरहाको भगवानपुर गाउँपालिका निवासी २६ वर्षीय अनिलकुमार चौधरी र २० वर्षीय रोहित साहलाई पक्राउ गरेको हो । यस्तै प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित पुरानो बसपार्कबाट आज बिहान तीन बोरा […]

मिथिलामा एकपक्ष पहिले नै छठको तयारी शुरु

महोत्तरी, ५ कात्तिक । महोत्तरीसहितका मिथिला क्षेत्रमा छठ पर्वको तयारी शुरु भएको छ । अत्यन्त निष्ठा र श्रद्धापूर्वक मनाइने यो पर्वको तयारी करीब एकपक्ष पहिले नै देखिन थालेको हो । कात्तिक शुक्लपक्ष चौथी चतुर्थी का दिन शुरु भएर सप्तमीका दिन छठ पर्व सम्पन्न गर्ने मैथलि परम्परा छ । सूर्यको उपाशना गरिने छठ पर्वमा चढाइने प्रसाद […]

ताइवानी संस्थाबाट निःशुल्क ह्वीलचियर वितरण

काठमाडौँ, ५ कात्तिक । ताइवानका विभिन्न संस्थाले नेपाललाई अपाङ्गता भएका व्यक्तिका लागि हिँडडुलमा सहयोग पु¥याउने उद्देश्यले उच्च गुणस्तरका दुई हजार थान ह्वीलचियर प्रदान गरेका छन् । प्रतिथान करीब रु पाँच हजार ६०० पर्ने उक्त उच्च गुणस्तरका ह्वीलचियर २०० थान काठमाडौँ आइपुगेका र सोमबार नै १८० थान विभिन्न जिल्लामा निःशुल्क वितरण गरिएको हो । सो संस्थाले […]