बनेपा, ६ कात्तिक । जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–१ धापसम्म यात्रुबाहक बस पुगेपछि वर्षौँदेखि आफ्नै घरआँगनबाट बस चढेर शहर जाने यहाँका जनताको रहर बल्ल पूरा भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा मोटरबाटोको ट्र्याक खोलेसँगै स्तरोन्नति गरेपछि काभ्रे बस प्रालिको यात्रुबाहक बसले सेवा दिन थालेको छ । त्यससँगै अब विकट क्षेत्र गोकुलेलगायत आसपासका बासिन्दाले आफ्नै घरआँगनबाट […]
समाज
कालीगण्डकीको स्टिमर सेवा सञ्चालनमा
पर्वत, ६ कात्तिक । वर्षायाममा बन्द भएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जलयातायात स्टिमर सेवा पुनः शुरु भएको छ । बन्द भएको स्टिम सेवा आइतबारदेखि शुरु भएको हो । सहजरूपमा सञ्चालन गर्न सकिने भएपछि मङ्गलबारदेखि नियमितरूपमा सञ्चालनमा ल्याइएको शालिग्राम–कालीगण्डकी जलयातायात प्रालिका सचिव चन्द्रबहादुर रानाले जानकारी दिए । गत असार दोस्रो सातादेखि कालीगण्डकी नदीमा […]
डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता
बैतडी, ६ कात्तिक । डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो । महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक किसन चन्दले […]
संरक्षणको पर्खाइमा कमल पोखरी ताल
दाङ, ५ कात्तिक । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको तुलसीपुर उपमहानगरपालिका–६ रजौराको कमल पोखरी ताल अहिले संरक्षणको पर्खाइमा रहेको छ । कुनै समयमा कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने गथ्र्यो यो तालले । सो तालको अहिले उचित संरक्षण नहुँदा संरक्षणको पर्खाइमा रहेको हो । ताल क्षेत्रमा घुम्नका लागि तुलसीपुर बजारसहित टाढाटाढाबाट पनि मानिस आउने गर्दछन् । […]
कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र
खोटाङ, ५ कात्तिक । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् । छ महीनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पु¥याइएका आफूहरुलाई सो कम्पनीले तोकिएको काम र तलब […]
अदालतको झल्को दिने गरी नलगाडमा न्यायिक कक्ष
जाजरकोट, ५ कात्तिक । अदालतको झल्को दिने गरी नलगाड नगरपालिकाको न्यायिक समितिले यसवर्षदेखि न्यायिक कक्ष स्थापना गरेरै न्याय सम्पादन गर्न थालेको छ । न्यायिक समितिले प्रभावकारी न्याय सम्पादन गर्न नसकेको गुनासो बढेका कारण कानूनको अनविज्ञता, स्रोत साधनको अभावलगायत कारण देखाएर प्रभावकारी न्याय सम्पादन हुन नसकिएको सम्बद्ध पदाधिकारीले जनाउँदै आएका थिए तर उक्त नगरपालिकाको न्यायिक समितिले […]
तिहार आउनै लाग्दा पाल्पाली ढाकाको कारोबारमा वृद्धि
पाल्पा । ५ कार्तिक यति बेला तानसेनका ढाका पसलहरुमा उपहारको लागि टोपी, आस्कोट, दौरा सुरुवाल,टाई, व्याग र दिदी बहिनीको लागि पछ्यौरा साडी, कुर्ता सुरुवाल, ब्याग, पर्स, लगायतका उपहारका सरसमान किन्नेको भिड बड्दै गइरहेको छ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिंदै गर्दा तानसेनमा पाल्पाली ढाकाको कारोबार बढ्दै गएको हो । तिहारमा दिदी बहिनीहरुले दाजुभाइलाई ढाकाका […]
तिहार तथा छठ पर्वका लागि फुटपाथ व्यवस्थित गरिने
हेटौँडा, ५ कात्तिक । हेटौँडा उपमहानगरपालिकाले तिहार तथा छठ पर्वका लागि बजार क्षेत्रमा लाग्ने फुटपाथ बजारलाई व्यवस्थित गर्ने भएको छ । फुटपाथ व्यवस्थित गर्न उपमहानगरले पाँच स्थानमा मात्रै फुटपाथ पसल सञ्चालन गर्न पाउने निर्णय गरेको छ । मुख्य बजार क्षेत्रमा बजार लाग्दा सवारी आगमनमा समस्या भई दुर्घटनाको सम्भावना बढ्ने भएपछि यस्तो निर्णय गर्नुपरेको नगरपालिका कार्यालयले […]
झिनियाँ बनाउन व्यस्त महिला उद्यमी
गलकोट, ५ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै झिनियाँको माग बढ्न थालेको छ । तिहार रङहरुको पर्व भएका कारण त्यसका लागि सप्तरङ्गी झिनियाँको मागसमेत अत्याधिक हुनेगरेको छ । तिहारलाई आवश्यक झिनियाँका परिकार निर्माण गर्न बागलुङका उद्यमी यतिबेला निकै व्यस्त छन् । बागलुङ, पर्वत तथा म्याग्दीलगायत जिल्लाबाट झिनियाँ रोटीको माग हुन थालेकाले बनाउन भ्याइनभ्याई […]
कुम्भकार समुदायलाई माटोको भाडा बनाउन भ्याइनभ्याई
इनरुवा, ५ कात्तिक । तिहार आउनैलाग्दा सुनसरी सदरमुकाम इनरुवा–२ स्थित कुम्भकार समुदायलाई माटोका भाँडा बनाउन र बिक्री गर्न भ्याइनभ्याई भएको छ । एक बिहानैदेखि अबेर रातीसम्म माटोको भाडा बनाउने काममा व्यस्त छन्, उनीहरु । उनीहरु सबैको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहजरुपमा पु¥याउने । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायतका स्थानका कुम्भकार समुदायले चाडपर्वलाई सहज […]











