महोत्तरी, ६ कात्तिक । महोत्तरीको बर्दिवास नगरपालिका–१४ हटियाकी सङ्गिता घतानेको अब घरायसी प्रयोजनका समान किन्नु पर्दा पतिलाई खोज्नु वा पर्खनुपर्ने दिन हटेको छ । पछिल्ला एक वर्षदेखि बर्दिवास नगरक्षेत्रमा सिटीसफारी ब्याट्रीबाट चल्ने हलुका सवारीसाधन चलाउन थालेयता थैलीमा आफ्नै कमाइ राख्न थालेपछि कुनै समान लिनपर्दा घताने आफैँ लिन सक्ने भएकि हुन । पछिल्लो आफ्नो जिन्दगीप्रति घताने […]
समाज
एमबिबिएस र बिडिएस तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान
काठमाडौँ, ६ कात्तिक । बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन२०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र बिडिएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेसँगै ऐनको प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको हो । मन्त्रालयको छात्रवृत्ति शाखाले आज यहाँ […]
तेस्रो किस्ता लिने क्रममा वृद्धि
पोखरा, ६ कात्तिक । विसं २०७२ सालको भूकम्पपछि कास्की जिल्लामा लाभग्राही सूचीकृत भएकामध्ये एक हजार ७०० ले तेस्रो किस्ता लगेका छन् । जिल्लामा कूल छ हजार २६ जना लाभग्राही सूचीकृत भएकामध्ये पहिलो किस्ता पाँच हजार ४९२ ले र दोस्रो किस्ता दुई हजार ७५९ ले लगेको जिल्ला कार्यान्वयन एकाइका प्रमुख इञ्जिनीयर नवराज शर्माले जानकारी दिए । […]
राजविराजको शहीद द्वार निर्माण अलपत्र
राजविराज, ६ कात्तिक । रुपनी–राजविराज सडकखण्डअन्र्तगत पर्ने राजविराज नगरपालिका–९ मलेठमा निर्माण भइरहेको शहीद द्वार निर्माण कम्पनीको लापर्वाहीका कारण अलपत्र अस्थामा छ । गत असार मसान्तमै सम्पन्न गनुपर्ने योजनाअनुसार निर्माण कार्य समयमा सम्पन्न हुन नसक्दा शहीद द्वार निर्माण कार्य अलपत्र अवस्थामा रहेको राष्ट्रिय जनता पार्टी राजपा नेपालका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिए। राजविराज नगरपालिकाबाट कूल रु […]
एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण
तम्घास ६, कात्तिक । एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो। शिला शालिग्राम तत्कालीन लुम्बिनी, धवलागिरि र गण्डकी अञ्चल तथा हालको प्रदेश नं ४ र ५ को बीचमा रहेको छ। शालिग्रामलाई कालीगण्डकी नदीले वर्षेनी कटान […]
मेलमिलाप कर्तालाई तालीम
वालिङ, ६ कात्तिक । वालिङ नगरपालिकाले ८४ जना मेलमिलापकर्तालाई आधारभूत सामुदायिक मेलमिलाप तालीम दिएको छ । ‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नाराका साथ वालिङ नगरपालिकाको आयोजना, अष्ट्रेलियन सहयोग र एशिया फाउण्डेशनको आर्थिक सहयोग तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहजीकरणमा तालीम दिइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । “नागरिकले न्याय र मानवताको अनुभूति प्राप्त […]
विभिन्न मुद्दामा फरार पाँच पक्राउ
लहान, ६ कात्तिक । विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका पाँच जनालाई मंगलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरेको छ । चोरी, लेनदेन र कुटपिट मुद्दामा फरार सिरहा नगरपालिका–२ निवासी ६२ वर्षीय धनिकलाल महरा, सोही नगरपालिका–९ निवासी ६२ वर्षीय रामचन्द्र गडेरी, सिरहा नगरपालिका–१९ निवासी २० वर्षीय ज्ञानचन्द्र मुखिया, वडा नं ७ निवासी २६ वर्षीय बालकृष्ण […]
तेहेरो कर हटाउन माग गर्दै उपभोक्ता सडकमा
राजापुर, ६ कात्तिक । सरकारले लगाएको तेहेरो करको विरोधमा बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा हजारौँ उपभोक्ता जम्मा भएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घको आह्वानमा बर्दिया जिल्लाका उपभोक्ता विरोधस्वरुप सडकमा उत्रिएका हुन् । सङ्घ, प्रदेश र स्थानीय तहले छुट्टाछुट्टै गरी वन पैदावार बिक्रीबाट हुने कूल आम्दानीको ९० प्रतिशतसम्म कर लिन सक्ने विधयेक सरकारले प्रस्तावका रुपमा अगाडि […]
कुखुरापालक किसानले मूल्य नपाउँदा चल्ला नकिन्ने घोषणा
घोराही, ६ कात्तिक । दाङका कुखुरापालक किसान आन्दोलित भएका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । कुखुरा किसानले आफूहरु पटक–पटक अन्यायमा परेको भन्दै आगामी यही कात्तिक १२ गतेदेखि अनिश्चितकालका लागि कुनै पनि किसानले ब्रोइलरको चल्ला माग नगर्ने र कुखुरा […]
गाउँपालिकालाई ८५ लाख बराबरको जग्गा दान
सोलुखुम्बु, ६ कात्तिक । थुलुङदूधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । स्थानीय समाजसेवी एकाबहादुर गुरुङले यसअघिको प्रतिबद्धताअनुसार गाउँपालिकालाई उक्त जग्गा रजिष्ट्रेशन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले जानकारी दिए । अधिकृत राईका अनुसार करीब रु ८५ लाख बराबरको जग्गा गाउँपालिकाको नाममा निःशुल्क प्राप्त भएको हो । गाउँपालिकाको भवन निर्माण गर्नेबेला […]











