काठमाडौँ, ६ कात्तिक । स्थानीय प्रशासनसँगको सहकार्यमा ललितपुरको विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले आज नष्ट गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकामा पर्ने लाकुरीभञ्याङ र चापाखर्कको झण्डै ५०० रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उनका अनुसार २०० भन्दा बढी प्रहरी […]
समाज
पशुपतिघाट सेवाका कामदारको शुल्क समायोजन
काठमाडौँ, ६ कात्तिक । पशुपति क्षेत्र विकास कोष र घाट सेवा केन्द्रका कामदारबीच शुल्क समायोजन गर्ने सहमति भएको छ । पशुपतिस्थित घाट सेवामा कार्यरत कामदारले शव जलाउँदा लिइने सेवा शुल्कमा वृद्धि हुनुपर्ने माग गर्दै आजदेखि शव दाह रोक्ने घोषणा गरेका थिए । कामदारको मागपछि आजै वार्ता गरी शुल्कमा समायोजन गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले […]
सामुदायिक विद्यालय प्रविधिमैत्री हुँदै
खलङ्गा, ६ कात्तिक । जुम्लाका सिंजा गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो । सिंजा गाउँपालिका–६ मा रहेको माध्यमिक विद्यालयहरुले डिजिटल हाजिरीको शुरुआत गरेका छन् । गत वर्षको ज्येष्ठ महीनाबाट आरम्भ गरिएको डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका […]
करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल
जाजरकोट, ६ कात्तिक । जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ । अस्पतालमा अहिले दरबन्दीका चिकित्सकको सङ्ख्या शून्य छ । दरबन्दीमा कार्यरत अघिकांश चिकित्सक समायोजनमा अन्यत्र सरुवा भएपछि करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपरेको हो । अस्पताल सञ्चालनका लागि अहिले तीन जना चिकित्सक करारका छन् । […]
सामुहिकरुपमा व्यावसायिक मेवा खेती
राजविराज, ६ कात्तिक । सप्तरीको कञ्चनरुप नगरपालिकाका तीन कृषकले संयुक्तरुपमा व्यावसायिक मेवा खेती शुरु गरेका छन् । रोपेको आठ महीनामै मेवा बिक्रीका लागि तयार हुने भएपछि यहाँ सामूहिकरुपमा मेवा खेती गरिएको हो । एउटा मेवाको बोटले कम्तीमा ५० र बढीमा १०० किलोसम्म फल दिने र एउटै बोटलाई दुई वर्षसम्म प्रयोगमा ल्याउन सकिने भएकाले व्यावसायिकरुपमा यो […]
छात्राहरु अहिले कक्षा टुटाउँदैनन्
बेझाड, पाल्पा, ६ कात्तिक । रामपुर नगरपालिका वडा नं ५ स्थित रामतुलसी माविमा पाँच/सात वर्ष पहिले महिनावारीका बेला धेरै छात्रा विद्यालय नै जाँदैनथे । कतिपय बीचमै कक्षा छाडेर घर फर्कन्थे । आफ्नो समस्याबारे खुल्न लाज मान्ने उनीहरू घर फर्कन विभिन्न बहाना बनाउँथे । यसको कारण हो – विद्यालयमा छात्रामैत्री शौचालयको अभाव । सिधै शिक्षकसामु आफ्ना […]
अब भोकै बस्नु पर्दैन
काठमाडौँ, ६ कात्तिक । सर्लाही लालबन्दीकी एकल महिला ६५ वर्षीया दिलमाया मगर उपचारको आशमा छोरासँगै काठमाडौँ आईन । निको भएर हँसीखुशी फर्कने उनको धोको थियो । ढाडमा नशा च्यापिएकाले उपचारमा झण्डै रु एक लाख लाग्यो । निको नहुँदै खर्च धेरै भएको निहुँमा छोरा बुहारीले हेलाँ गर्न थाले । उनीहरु काठमाडौँको एक स्वीटर कारखानामा काम गर्थे […]
काठमाडौँ र ललितपुरमा रगतको अभाव
काठमाडौँ, ६ कात्तिक । काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो । वर्षेनी चाडबाड र चाडबाडपछिको समयमा उपत्यकामा रगतको अभाव देखिने गर्छ । यसलाई सम्बोधन गर्न खासै ध्यान दिएको देखिँदैन । रक्त सञ्चार […]
करेन्ट लागेर एकको मृत्यु
कात्तिक, ६ मेलम्ची । भोटेकोशी गाउँपालिका–४ हिन्दीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । आज बिहान करेन्ट लागेका हिन्दीका ६० वर्षीय गोरे श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार छिमेकी रुक्मिणी कार्कीको भूकम्पले भत्काएको दुई तले घरको छतमा रहेको पानी ट्याङ्कीकोे स्ट्याण्ड लिन जाँदा करेन्ट लागेको थियो । स्ट्याण्डलाई फलामको भ¥याङबाट तल झार्ने […]
प्रदेश नं ५ दूध र मासुमा आत्मनिर्भर बन्दै
खस्यौली, ६ कात्तिक । प्रदेश नं ५ लाई दूध र मासुमा आत्मनिर्भर बनाउन विभिन्न प्रयास थालिएको छ । बुटवलस्थित नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग एकाइमार्फत पशुपालन व्यवसायको व्यवसायीकरण दूध तथा मासु उत्पादन वृद्धि र बजारीकरणका लागि विभिन्न कार्यक्रम संचालन गरेर स्वच्छ मासु र गुणस्तरीय दूध उपभोक्तासमक्ष पु¥याउने लक्ष्य लिइएको छ । हावापानी […]











