चितवन, १३ कात्तिक । पर्यटकीय नगरी सौराहामा भ्रमण वर्ष शुरुवातीसँगै रोटरी घण्टाघर बन्ने भएको छ । रोटरी क्लब अफ रत्ननगरले निर्माण गर्न लागेको घण्टाघरको आज शिलान्यास गरिएको हो । रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर किरणलाल श्रेष्ठले घण्टाघरको शिलान्यास गरेका हुन । सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, […]
समाज
पाँचौ तलाबाट खसेर चौधरीको मृत्यु भएपछि चार जना प्रहरी नियन्त्रणमा
कञ्चनपुर, १३ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । गत सोमबार साँझ महेन्द्रनगर बजारको भानुक चोकनजिकै रहेको पुष्पाञ्जलि गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको मृत्यु भएको थियो । अनुसन्धानका लागि चौधरीसँगै गेष्ट हाउसमा रहेका विनोद खत्री, रमेश भट्ट, गेष्ट हाउसका सञ्चालकसहित एक जना […]
एसिड पीडित ९ कक्षाकी छात्रा मुस्कानले लेखिन प्रधानमन्त्री ओलीलाई भावुक पत्र
काठमाडौं । विरगञ्जकी मुस्कान खातुन कक्षा ९ मा पढ्छिन । गत भदाै २० गते एसिड प्रहारबाट सख्त घाइते बनेकी मुस्कान अहिले कीर्तिपुर अस्पतालमा उपचाररत छिन । उनले लेखेकाे एक हस्तलिखित पत्र सबैतिर चर्चामा छ । यहाँ मुस्कान खातुनले लेखेकाे पत्र जस्ताकाे तस्तै राखेका छाै । माननीय प्रधानमन्त्रीज्यू म मुस्कान खातुन अन्सारी मेरो तर्फबाट नमस्ते । […]
नेपाल सम्बत् ११४० यसरी मनाए (फोटो फिचर)
काठमाडौं, १२ । राट्रिय तथा नेपालको मौलिक सम्बत नेपाल सम्वत् ११४० न्हूदँ प्रारम्भ भएकाे छ । यस सम्वतलाई बिशेष गरी नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ईसं ८८० मा काठमाडौं उपत्यकाका गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए । […]
तिहारमा झिलिमिली जोड्न लागेका युवकको विद्युत्को झट्का लागेर मृत्यु
महोत्तरी, ११ कार्तिक । दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ । लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा रामगोपालपुर नगरपालिका–८ टिकुलिया बजारमा प्रवाह भएको विद्युतको झट्काले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२१ निवासी १५ वर्षीय किशोर खगेन्द्र साहको मृत्यु भएको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टिकुलिया बजारस्थित जयमहाराजा […]
हाइब्रिडले दियो धोका, धानमा कालोपोके लागेपछि किसानहरु चिन्तित
पर्वत, ११ कात्तिक । कुस्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक हरि अधिकारीलाई अहिले हाइब्रिड जातको धान लगाएकोमा पछुतो भएको छ । थोरै जमीनमा पनि धेरै उत्पादन हुने आशामा वर्णशङ्कर जातको धान लगाएका उनको धानका बालामा कालो पोके नामक ढुसीको प्रकोप फैलिएको छ । उनले भने, “धेरै फल्छ भनेर छिमेकीका अरूले झै मैले पनि अघिल्लो वर्षदेखि नै हाइब्रिड […]
सयपत्री आयात रोक्न माग गर्दै युवा किसान
चिप्लेढुङ्गा, १० कात्तिक । सधैँ सामाजिक सञ्जालबाट सरकारलाई गाली गरिरहनुभन्दा देशभित्रै केही गरौँ न भन्ने सोचले प्रेरित दुई युवा यतिबेला तनहुँको फिरफिरेमा सयपत्री फूलको व्यवसायमा व्यस्त छन् । समृद्धि कृषि क्रान्तिबाट सम्भव छ भन्ने सोचेर उनीहरू रु ४० लाखको लागतमा ६० रोपनी जग्गा भाडामा लिएर फूल उत्पादनमा लागेका हुन् । पोखरा सिम्पानीका मानव कल्याण पराजुली […]
खलङ्गा बजार भरिभराउ भयो प्लाष्टिक फूलले
जुम्ला, ११ कात्तिक । नेपालीको महान् दोस्रो चाडपर्व तिहारका बेला जुम्लाका साना ठूला बजार कृतिम फूलले भरिभराउ छ । यहाँ उत्पादन हुने सयपत्री फूल कतै पनि देख्न पाइँदैन, स्थानीयबासी पनि कृतिम फूलकै भर पर्ने गरेका छन् । यहाँका बासिन्दा पहिले आफँै घरका खेतबारीको फूल तिहारमा घरायसी प्रयोगका लागि सयपत्री फूल रोप्ने गर्दथे तर कर्णाली राजमार्गले […]
भारतमा तीन नेपाली मजदूरको रहस्यमय हत्या
बैतडी, ११ कात्तिक । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर […]
पुष्प माला र गुच्छा काठमाडौँमा अत्यधिक खपत
हेटौँडा, ११ कात्तिक । मकवानपुर जिल्लाको उत्तरी भेगस्थित इन्द्र सरोवर, भीमफेदी गाउँपालिका र थाहा नगरपालिकाको विभिन्न वडाका कृषकले लगाएका सयपत्री, गोदावरी र मखमली फूलको माला र गुच्छा काठमाडौँ र ललितपुरको स्थानीय बजारमा खपत भइरहेको छ । ती फूलका माला र गुच्छा क्रमशः रु ८० देखि रु १३५ सम्म बिक्री वितरण भइरहेको इन्द्र सरोवर गाउँपालिका–७ सल्लेरी […]











