विप्वल समूहका इञ्चार्ज पक्राउ

जाजरकोट, २९ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली धमिल गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।

नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।

Loading...