दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका लागि एक लाख २० हजार रुख काटे पुग्ने

निजगढ, १० कात्तिक । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका हल्लाले विमानस्थललाई अन्तरराष्ट्रियरूपमै विवादित बनाइरहेका बेला आयोजनाले यस्तो बताएको हो । न्यून सङ्ख्यामा मात्रै रुखको क्षति हुने गरी विमानस्थल निर्माण गर्न सकिने आयोजना प्रमुख ओम […]

काभ्रेमै सुरु गरियो ५३६ मेगावाट विद्युत् आयोजना

काभ्रेपलाञ्चोक, १० कात्तिक । ‘गौरवको आयोजना’को रूपमा लिइएको सुनकोशी–तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया शुरु भएको छ । आयोजना निर्माण थाल्नुअघिको प्रक्रियाअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरूपमा सुनकोशी–३ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)का लागि क्षेत्र निर्धारणका लागि प्रक्रिया शुरु गरिएको हो । प्रदेश नं ३ अन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, […]

तिहारे मेलामा परम्पराको झल्को

बागलुङ, १० कात्तिक । एकापट्टि चर्खे, आडैमा लिङ्गे पिङ थियो । कोही मच्चिरहेका थिए भने कतिपय मच्चाइरहेका थिए । बीचमा सोरठी गुञ्जिरहेको थियो । पञ्चेबाजाको उस्तै ताल थियो । तिहारे मेलामा सर्वसाधारण रमाइरहेका थिए । गलकोट नगरपालिका–७ मल्ममा आयोजित तिहारेमेलाले परम्पराको झल्को दिन्थ्यो । भाइमाला उन्ने, मौलिक नृत्य, रस्साकस्सी, भलिबल प्रतियोगिता, सांस्कृतिक झाँकीलगायत मेलाका आकर्षण […]

मनाइयो महाकवि देवकोटा जयन्ती

काठमाडौँ, १० कात्तिक । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९६६ कात्तिक औँसीका दिन काठमाडौँको डिल्लीबजारमा उनको जन्म भएको थियो । लक्ष्मीपूजाका दिन जन्मिएकाले उनको नाम लक्ष्मीप्रसाद राखिए पनि उनी सरस्वतीको प्रसाद बन्न पुगे । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, […]

वाङमय शताब्दी पुरुष जोशी सम्मानित

काठमाडौँ, १० कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । नयाँबस्ती युवा क्लबले जोरपाटीस्थित महाकवि देवकोटा उद्यानमा आज आयोजित कार्यक्रममा साहित्यकार कञ्चन पुडासैनीले जोशीलाई रु पाँच हजार ५५५ सहित अभिनन्दनपत्र र दोसल्ला ओढाइ सम्मान गरेका हुन् । संस्कृतिविद् जोशीले सांस्कृतिक अन्वेषणमा पु¥याएको योगदानको कदर गर्दै सांस्कृतिक […]

हुम्ला सदरमुकाम लक्ष्मी पुजाकै दिन किन भयो अन्धकार

सिमकोट, १० कात्तिक । नेपालीहरूको महान् पर्व तिहारको मुखमा सिमकोट बजार आज बिहान ५ बजेदेखि अन्धकार भएको छ । तिहारको तेस्रो दिन आज राति ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पुजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीको पूजा गरी मनाउने भए पनि सिमकोट सदरमुकाम बजारसहित यहाँका दुई गाउँपालिका अन्धकार भएका छन् । भदौ २० गतेबाट बन्द […]

सङ्घीय सांसद कोषको छ करोड विनियोजन

बाजुरा, १० कात्तिक । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको छ करोड बजेट सडक, शिक्षा र सिँचाइमा खर्च गरिने भएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्यको नेतृत्वमा खर्च हुने बजेटमध्ये दुई करोड ३० लाख सडक निर्माणमै छुट्याइएको छ । रु ५० लाख बराबरका ठूला छ योजनामध्ये चार योजना सडक नै परेका छन् । जसमा गौमुल गाउँपालिकाअन्तर्गत घटमुना […]

जनगायक जीवन शर्माका छोराको उपचारमा नेकपाले सहयोग गर्ने

गलकोट, १० कात्तिक । जनगायक जीवन शर्माको छोराको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले सहयोगको घोषणा गरेको छ । जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृतको उपचारमा सहयोग गर्न रु एक लाख एक हजार सहयोग गर्ने निर्णय गरिएकोे नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए । “जनताको मुक्तिका लागि गीत […]

यसरी मनाइन्छ आज सम्पन्नताकी देवी लक्ष्मीको पूजा

काठमाडौँ, १० कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । […]

महाकवि देवकोटाको १११ औँ जन्मजयन्ती र लक्ष्मी पुजा मनाइदै

काठमाडौँ, १० कार्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, […]